Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

मनै लोभ्याउने सुन्दर ‘भेडेटार’


मनै लोभ्याउने सुन्दर ‘भेडेटार’

धनकुटा – सडक सञ्जालले छोएको ४० वर्षपछि धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार पूर्वी नेपालकै एक महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ।

विसं २०४० मा धरान–धनकुटा कोशी राजमार्ग निर्माणसँगै बेलायतका राजकुमार चार्ल्स यहाँ घुम्न आएपछि भेडेटार पहिलो पटक चर्चामा आएको थियो। विसं २०६८ मा भारतका धनाढ्य राजीव गोयलको विशेष पहलमा अमेरिकी समाचार संस्था सिएनएनले भेडेटार नजिक रहेको नाम्जेको मगर गाउँलाई विश्वका घुम्नैपर्ने १२औँ गन्तव्यको सूचीमा राखेको थियो।

छिन–छिनमा मौसम परिवर्तन हुने अनौठो यस क्षेत्रलाई विसं २०७५ मा नेपाल सरकारले पनि एक सय नयाँ गन्तव्यमा धनकुटाका तर्फबाट भेडेटार र नमस्ते झरना समावेश गरिसकेको छ। यस्तै, चर्चा र प्रचारले देश तथा विदेशमा परिचित भेडेटार पछिल्लो समय पालिका, जिल्ला र अन्य जिल्ला जाने पर्यटकीय केन्द्रका रुपमा समेत विकास हुँदै गएको गाउँपालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राई बताउँछन्। गर्मीमा तराईको गर्मी छल्न र जाडोमा घाम ताप्न मिल्ने वातावरण रहेको चुरे पहाडमा अवस्थित भेडेटार आसपासबाट हिमाल, पहाड र तराईको दृश्य एकैसाथ हेर्न पाइन्छ।

पूर्वी तराईबाट धनकुटा जाने गौँडाका रुपमा रहेको भेडेटार भोजपुर, सङ्खुवासभा र ताप्लेजुङ जाने केन्द्रका रुपमा समेत रहेको छ। साथै रानी भन्सार विराटनगरबाट चीनको किमाथाङ्कासम्म जोड्ने तमोर करिडोर पनि यसै पालिकाको आहाले र भेडेटार भएर जाने गर्दछ। इलाम र मोरङको पहुँच मार्गका रुपमा रहेको चौबिसे गाउँपालिका हुँदै पाँचथर जोड्न निर्माणाधीन एक सय किलोमिटर लामो भेडेटार, रवी, राँके राजमार्गसमेत भेडेटारबाट सुरु हुन्छ।

सडक सञ्जालको पहुँचसँगै यहाँ करोडौँको लगानीमा साहसिक खेलका पूर्वाधार, जनजाति पार्क, बौद्ध मन्दिर निर्माणका क्रममा रहेका छन् भने यहाँ प्रशस्त मात्रामा साना ठूला होटल बनेका छन्। महत्वपूर्ण सडक सञ्जाल, पर्यटकीयस्थल र अन्य पूर्वाधारका कारण भेडेटार तराई र पहाडका मानिसको जमघट हुने थलो बन्दै गएको अध्यक्ष राईले जानकारी दिए।

समुद्री सतहबाट १ हजार ४२० मिटरको उचाइ रहेको भेडेटार आएर यसै वडामा रहेका ऐतिहासिक साँगुरीगढी, पाथीभरा मन्दिर, चर्चित नमस्ते झरना र नाम्जे गाउँ जान सकिन्छ। सडक सञ्जालको चौतर्फी पहुँचसँगै यहाँ रहेका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक पर्यटकीय गन्तव्यका कारण भेडेटार क्षेत्रमा तरुण, ज्येष्ठ र केटाकेटीको घुइँचो लाग्ने गरेको छ। यस क्षेत्रको थप पर्यटन विकासका लागि पालिकाले नयाँ गन्तव्यका रुपमा खुवालुङ– भेडेटार–ध्वजे डाँडासम्मको ६० किमी लामो पदमार्ग (ट्रेकिङ ट्रेल) निर्माणको काम सुरु गर्न लागेको अध्यक्ष राईले जानकारी दिए।

पालिकाले एतिहासिकस्थल साँगुरीगढी, पाथिभरा र शङ्खेश्वर मन्दिर निर्माण गरेर धार्मिक पर्यटनलाई प्रवर्द्धन गरेको छ। नमस्ते झरना क्षेत्रको थप पर्यटन प्रवर्द्धन गर्न नमस्ते झरना–थुम्कीसम्म करिब तीन किलोमिटर लामो पैदल मार्ग निर्माण गरेको छ। यहाँको होमस्टे प्रवर्द्धनमा सहयोग गरिरहेको पालिकाले भेडेटार घुम्न आउने पर्यटकलाई लक्षित गरेर कोसेली घर निर्माणको काम पूरा गरेको छ। बजेट अभावका कारण पालिकामा भएका अन्य सबै पर्यटकीय गन्तव्यलाई आगामी दिनमा क्रमशः संरक्षण र प्रवर्द्धन गर्दै लगिने अध्यक्ष राईले जानकारी दिए। जिल्लाको दक्षिण सुनसरीको सिमानासँगै चुरे क्षेत्रमा अवस्थित पालिकाको केन्द्रका रुपमा रहेको भेडेटारमा पूर्वी तराई र भारतको बिहारबाट आउने पर्यटकको पहिलो आकर्षण रहेको छ।

सुनसरीको धरान बजारबाट १६ किलोमिटरको दूरीमा रहेको भेडेटारमा प्रदेश राजधानी विराटनगर र इटहरी, इनरुवा लगायतका पूर्वी तराईका ठूला सहरबाट दैनिक सयौं पर्यटक ओइरिने गरेका छन्। भारतको उत्तरप्रदेश, विहारलगायत स्थानबाट समेत यहाँ निजी सवारी लिएर आउन सहज भएकाले भेडेटार र आसपासका क्षेत्र सधैं पर्यटकको चहलपहल देखिने स्थलका रुपमा विकसित भएको छ।

भेडेटार क्षेत्रमा सञ्चालनमा रहेको दुई सयभन्दा बढी सानाठूला होटलले विभिन्न कार्यक्रम, गोष्ठी, बैठक, सेमिनार गर्न सहज बनाएको छ। यहाँका होमस्टेले सुलभ खाना र बास सेवा दिने गरेका छन्। घुमफिर गरेर थाकेपछि यहाँ आराम र खानपान गर्न होटल तथा होमस्टे सञ्चालनमा रहेकाले पनि पर्यटकको आकर्षण बढेको होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले जानकारी दिए। यहाँ पूर्वी तराई र भारतबाट जाडोमा दैनिक दुई हजारभन्दा बढी र गर्मीमा सात हजारसम्म पर्यटक आउने गरेको उनले बताए। तराईमा गर्मी हुँदा चिसो वातावरणका लागि यहाँ आउने र जाडोमा तराई क्षेत्रमा हुस्सु लागेर घाम नलाग्दा भेडेटारमा घाम ताप्न पर्यटक आउने उनले सुनाए।

भेडेटारमा हाल साहासिक खेलतर्फ पर्यटकले जिपलाइन, प्याराग्लाइडिङ र तमोर नदीमा जलयात्रा (र्याफ्टिङ) को आनन्द लिन सक्नेछन् भने निकट महिनामा स्काई वाक, बञ्जी जम्प लगायतको आनन्द लिन पाउनेछन्। भेडेटार स्काई वाक परियोजनाअन्तर्गत रु २० करोडको लगानीमा भेडेटार बजार नजिक चाल्र्स प्वाइन्टमा विभिन्न साहसिक खेल पर्यटनको सुरुआत हुन लागेको छ।

कोशी प्रदेश प्राधिकरणको अगुवाइ तथा धरान उपमहानगरपालिका र गाउँपालिकाको समन्वयनमा स्काई वाकसहित विभिन्न साहसिक खेलका लागि उक्त आयोजना सम्पन्न हुने चरणमा छ। १५ रोपनी क्षेत्रफलमा निर्माणाधीन उक्त परियोजना पूरा भएपछि भेडेटार आउने पर्यटकको सङ्ख्या बढ्ने विश्वास गरिएको छ। यसले वार्षिक रु ६ लाख यहाँको आय थपिने लक्ष्य रहेको परियोजनाका निर्देशक इञ्जिनीयर सञ्जीव रोकाहाले जानकारी दिए।

पाँच रोपनी निजी र ११ रोपनी सरकारी जमिनमा सञ्चालन हुन लागेको यो आयोजना २५ वर्षका लागि भाडामा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए। निर्माण पूरा हुने चरणमा रहेको उक्त परियोजनाअन्तर्गत स्काई वाक, बञ्जी जम्प, मेगा ट्रोल, एज वाक, चिल्ड्रेन एक्टिभिटी, जिप लाइन र स्काई साइक्लिङ खेल रहनेछन्।

पाँचवटा तलामा रेष्टुराँ रहने स्काई टावरको सबैभन्दा माथिल्लो तलामा पर्यटकले स्काई स्विङ (पिङ) को रोमाञ्चक अनुभव पनि लिन सक्नेछन्। परियोजना सञ्चालनमा आएपछि ५० जनाले प्रत्यक्ष र करिब दुई सय जनाले अप्रत्यक्ष रोजगारी पाउने निर्देशक रोकाहाले जानकारी दिए। भेडेटारमा हाल प्याराग्लाइडिङ र जिपलाइन सञ्चालनमा रहेका छन् भने थप लगानीको जिप लाइन निर्माणको चरणमा रहेको छ।

सेन शासनकालमा विजयपुरका लिम्बू राजा सन्यक हाङले आफ्नो राज्य सुरक्षाका लागि विसं १४२१ मा यस साँगुरीगढीको निर्माण गरेको इतिहास रहिआएको छ। जसका कारण यस गढीलाई संन्यक यक (गढी) को नामले पनि चिनिन्छ। हाङले मोरङमा शासन गर्दा आफ्नो राज्यको उत्तरी सीमा सुरक्षाका लागि साँगुरीगढी बनाएको इतिहासमा उल्लेख छ। यस स्थानबाट हिमाल, पहाड र तराइका समथर भूभाग र नागबेली सप्तकोशी नदी बगेको दृश्य देख्न पाइन्छ।

यस स्थानको अवलोकन गर्न दैनिक ५ सयभन्दा बढी पर्यटक पुग्ने गरेको वडाध्यक्ष दीपक मगरले जानकारी दिए। बजारको नजिक धनकुटा जाने कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा पर्ने सिम्सुवा गाउँमा नमस्ते झरना रहेको छ। सदाबहार हरियाली जङ्गलको बीचमा करिब ८० मिटर उचाइ रहेको यो झरनामा दैनिक पूर्वी नेपाल र पश्चिम भारतका पर्यटकको ओइरो लाग्ने गर्दछ। यहाँ दैनिक दुई हजारदेखि दुई हजार पाँच सयको हाराहारीमा पर्यटकहरु आउने गरेको स्थानीय दिलीप लिम्बूले जानकारी दिनुभयो। भेडेटारबाट पाँच किलोमिटर भेडेटार–धनकुटा सडक खण्डमा रहेको यो झरनामा साहसिक खेल क्यानोइङ गर्नेहरुको आकर्षणका रुपमा रहेको छ।

विशेष गरेर ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्षमा यहाँ साना सवारी लिएर आउने भारतीय पर्यटकको अधिक भीडले लाग्ने गरेको छ। विसं २०६४ सम्म सुनसान रहेको यो स्थान अहिले पर्यटकले भरिभराउ हुने गरेको छ। झरना भएको यस स्थानबाट नाम्जे गाउँसम्म करिब तीन किलोमिटर लामो पदमार्गले यहाँको पर्यटन प्रवर्द्धनलाई थप सहयोग पुगेको छ। भेडेटार बजारबाट उत्तर–पश्चिम करिब तीन किलोमिटर चुरे पहाडमा पाथीभरा मन्दिर रहेको छ। यो मन्दिर भेडेटार आउने धार्मिक पर्यटकको आकर्षणका रुपमा रहेको छ।

ताप्लेजुङ जिल्लाको ठूलो पाथीभराको शाखाका रुपमा रहेको यो मन्दिरमा आफूले भाकल गरेर मनोकाङ्क्षा पूरा भएपछि कुखुराको भाले तथा बोकाको बलि दिने गरिन्छ। आधा बाटो सवारीसाधन र आधा बाटो पैदल हिँड्नुपर्ने यस मन्दिरमा दैनिक १५० भन्दा बढी धार्मिक पर्यटक पुग्ने वडा अध्यक्ष मगरले जानकारी दिए।

त्यस्तै भेडेटारबाट एक किलोमिटर दक्षिण–पूर्वमा निर्माणाधीन भेडेटार–रवी–राँके सडक खण्डमा मगर संस्कृति र रहनसहनले प्रख्यात रहेको नाम्जे गाउँ छ। गाउँको सडक क्षेत्रमा सहरीकरण बढ्दै गए पनि नाम्जे गाउँका मगर आज पनि खेतीपाती, गोठालो, घाँस दाउरा लगायतका दैनिकीमा व्यस्त देखिन्छन्।

दुईसय भन्दा बढी सघन मगरबस्ती भएको नाम्जे गाउँले यही दिनचर्यालाई यस क्षेत्रको पर्यटन आकर्षणको आधार बनाएको छ। नाम्जेमा अहिले दैनिक १५० जनालाई सेवा दिने क्षमताको ३५ वटा मगर जातिको घरबास (होमस्टे) सेवा सञ्चालनमा रहेको छ। जसमा २५ वटा होमस्टेले सक्रिय रुपमा सेवा दिइरहेको नाम्जे थुम्की सामुदायिक होमस्टेका अध्यक्ष अनिल मगरले जानकारी दिए। होमस्टेमा बसेर यहाँको जीवनशैली हेर्न, गाउँमा उत्पादित अग्र्यानिक सब्जी, खानपान, पेयपदार्थ र हुर्रा नाचका लागि नाम्जेमा पर्यटकको आकर्षण रहेको छ। “गर्मी मौसममा नाम्जेका होटल र होमस्टे खचाखच भरिन्छन्,” मगरले भने, “बस्ने ठाउँ नपुगेर पर्यटक फर्केर जाने गरेका छन्।”

नाम्जे आउने पर्यटक यहाँ निर्मित आधुनिक होटलभन्दा होमस्टेमा बसेर जान मन पराउने मगरले जानकारी दिए। जाडोका कारण पर्यटकको कमी आएर होमस्टेमा दैनिक १५/२० जना आए पनि शुक्रबार र शनिबार भरिभराउ हुने उनले जानकारी दिए। यस गाउँमा बनाइएको मगर जातिका ११३ जनाको सामूहिक समाधिस्थल (आत्मा घर) यस क्षेत्रको अर्को आकर्षण रहेको छ।

जर्मन आर्किटेक्ट डिजाइनरले यहाँ बस्ती बस्न थालेदेखि विसं २०६५ सम्ममा देहान्त भएका मगर जातिको समाधिलाई एकत्रित गरेर ढुङ्गाबाट संयुक्त समाधि बनाएका छन्। यसका साथै कोशी प्रदेश सरकारको रु एक करोड ४४ लाखमा निर्माणाधीन बृहत् जनजाति पार्क तथा बौद्ध गुम्बाका कारण पनि नाम्जेमा पर्यटकको आकर्षण रहेको स्थानीयवासी टङ्क भुजेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In