Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

तिहारमा गुञ्जिने यी सदाबहार गीत


तिहारमा गुञ्जिने यी सदाबहार गीत

उज्यालोको पर्व तिहार सुरु भ छ । घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीतमा अधिकांश नेपाली चलचित्रका हुने गर्दछन् । कालजयी ती गीत अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन् । तिहारको प्रसङ्ग नेपाली चलचित्रमा राखिनुका साथै गीतसङ्गीतमा पनि समेटिएका छन् ।

बर्सेनि तिहार लक्षित थुप्रै गीत सार्वजनिक हुन्छन् तर ती सबै गीतले अर्को वर्षदेखि खासै चर्चा पाउँदैन्।

केही यस्ता गीत छन् जुन कालजयी बनेर पुस्तौँपुस्ता हस्तान्तरण हुँदै आएका छन्। यिनै गीत सुनेर हुर्केका नेपालीलाई बालापनको तिहारमा पुर्‍याइदिन्छ। नयाँ पुस्तालाई विगतको गीतसंगीतबारे जानकारी दिन्छ। भड्किलो बन्दै गएको समाजमा यस्ता गीतले नेपाली संस्कृतिको मौलिकता के हो भन्नेबारे परिचय दिन्छन्।

पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, झ्याली बजाएर खेलिने देउसी-भैलो लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै साउन्ड बक्स र डीजेमा गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरुले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।

तिहारै आयो लौ झिलिमिली…

चलचित्र ‘स्वर्ग’मा समावेश गीत हो यो । शम्भु प्रधानको निर्देशन रहेको यो चलचित्र २०५० सालमा प्रदर्शनमा आएको हो । यो गीत यादव खरेलले लेखेका हुन् भने शम्भूजीत बाँस्कोटाको संगीत रहेको गीतमा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । सार्वजनिक भएको २८ वर्षसम्म पनि यो गीत उत्तिकै ताजा लाग्छ । हरेक वर्ष तिहारमा सर्वाधिक घन्किनेमा पर्छ यो गीत । एक हिसाबले यो गीत तिहारको पर्याय नै बनेको छ ।

दियो बाली साँझको…

तिहारको अर्को सदाबहार गीत हो, दियो बाली साँझको । तुलसी घिमिरेद्वारा निर्देशित चलचित्र ‘चिनो’मा समावेश गरिएको यो गीतमा कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर छ । गीतमा स्वर्गीय कलाकार शुभद्रा अधिकारी, केशव भट्टराईको शीर्ष भूमिका छ । यो चलचित्र पनि प्रदर्शनमा आएको तीन दशक भइसकेको छ, तर आजसम्म पनि ‘दियो बाली साँझको’ गीत उत्तिकै लोकप्रिय छ । हरेक वर्षको तिहारमा घन्किने गीतमध्ये यो पनि शीर्षस्थानमा पर्छ ।

निधारमा लर्काएर सप्तरंगी टीको…

यो गीत चलचित्र ‘विजय पराजय’मा समावेश छ । राजेन्द्र शलभले निर्देशन गरेको यो चलचित्रको यस गीतमा दिनेश अधिकारीको शब्द, शम्भूजीत बास्कोटाको संगीत र बलिउड गायिका हेम लताको स्वर छ । यस गीतमा तिहारको सांस्कृतिक पक्षलाई जोडिएको छ । दाजु र बहिनीबीचको मायालाई गीतमा प्रस्तुत गरिएको छ । २०४७ सालमा प्रदर्शनमा आएको चलचित्रको यो गीत आजसम्म पनि उत्तिकै लोकप्रिय छ । हरेक वर्ष तिहारमा यो गीत घन्किने गर्छ ।

हाँसेर बोल बैनी…

फिल्म ‘माइती’मा रहेको यो गीत तिहारमा अत्याधिक बज्ने गर्छ । गीतमा दाजुले बहिनीलाई फकाउँदै गरेको प्रसङ्ग छ । फिल्ममा श्रीकृष्ण श्रेष्ठ, इन्द्र श्री र निरुता सिंहको अभिनय यो गीतमा देखाइएको छ ।

राजु शाहको नृत्य निर्देशन रहेको यस गीतले दाजुभाइ र दिदीबहिनी बिचको महत्व झल्काउँछ । फिल्मका निर्देशक अनिल संग्रौला हुन् ।

यसपालिको तिहारै रमाइलो…

आकाश अधिकारीको निर्देशनमा बनेको चलचित्र ‘कोहिनूर’मा समावेश गरिएको यो गीत पनि तिहारको बेला घन्किने गीतमध्येमा पर्छ । गीतमा सुन्दर श्रेष्ठको शब्द, शम्भूजीत बास्कोटाको संगीत, प्रमोद खरेल र अञ्जु पन्तको स्वर रहेको छ । पछिल्लो समय चलचित्रमा समावेश तिहार गीतमध्ये यो गीत रुचाइनेमा पर्छ ।

अधरमा आज उनकै छ गीत…

तीन दशकभन्दा अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित चलचित्र चलचित्र ‘अन्याय’मा पनि तिहारसम्बन्धी गीत समावेश गरिएको छ । ‘अधरमा आज उनकै छ गीत’ गीतमा रत्नशमशेर थापाको शब्द, रञ्जित गजमेरको संगीत र मनिला सोताङको स्वर छ।

वर्षमा दिनैमा लै लै…

सुगम पोखरेलको स्वरमा रहेको ‘वर्षमा दिनैमा लै लै…’ पछिल्लो समयमा रुचाइएको दशैं तिहार गीत हो । रवि श्रेष्ठले लेखेको यो गीतमा दशैं र तिहारलाई समेटिएको छ । गीतमा सुगम स्वयंले संगीत भरेका छन् । तीन वर्षअघि युट्युबमा अपलोड भएको यो गीतको भिडियोले १ करोड ८८ लाख बढी भ्यूज पाइसकेको छ।

 

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In