नेपाली कांग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा एमाले नेताहरु पुगेका छन् ।
शनिबार दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरु कांग्रेस पार्टी कार्यालय सानेपा पुगेका थिए ।
एमाले नेताहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ लगायतका नेताहरुले स्वागत गरेका थिए ।














