Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

बदलिँदो जीवनशैली : बढ्दो उच्च रक्तचाप


बदलिँदो जीवनशैली : बढ्दो उच्च रक्तचाप

आधुनिकतासँगै आएको जीवनशैलीको परिवर्तनले उच्च रक्तचाप जस्तो समस्या पनि बढेको छ । हामीमा व्याप्त उच्च रक्तचापसम्बन्धी चेतनाको कमीले अझै यसलाई बढी प्राणघातक बनाएको छ ।

१२० – माथिको अंकले सिस्टोलिक रक्तचाप अर्थात् मुटु खुम्चिएको बेला मुटुबाट निस्किएको रगतले रक्तनलीहरूमा पर्ने चापलाई जनाउँछ ।

८० – तलको अंकले डायस्टोलिक रक्तचाप अर्थात् मुटु फुक्दा मुटुमा फर्कने रगतले रक्तनलीहरूमा पार्ने चापलाई जनाउँछ ।

एक सामान्य व्यक्तिमा १२०/८० एमएमएचजी अंकको रक्तचापलाई स्वस्थ मानिन्छ तर मधुमेह तथा मिर्गौला रोगीमा चाहिँ १३०/८० एमएमएचजी अंकको रक्तचापलाई नै राम्रो मान्न सकिन्छ ।

सामान्यतः १४०/९० एमएमएचजी वा सो भन्दा बढी रक्तचाप भएको स्थितिलाई उच्च रक्तचाप भएको भनिन्छ ।

उच्च रक्तचापको जोखिम –

– उमेर ५० वर्षभन्दा माथि भएको अवस्था

– उचाइको अनुपातमा शरीरको तौल बढी भएको अवस्था

– धूमपान तथा मद्यपान गर्नुहुन्छ ।

– के तपाईं मधुमेहको बिरामी हुनुहुन्छ ?

– मिर्गौलासम्बन्धी बिरामी हुनुहुन्छ ?

– तपाईंका परिवारका अरू सदस्यलाई पनि उच्च रक्तचाप छ ?

– गर्भवती हुनुहुन्छ अथवा परिवार नियोजनका चक्की सेवन गर्नु हुन्छ ?

माथिका बुँदाहरूमध्ये जति बढी बुँदाहरू तपाईंसँग मेल खान्छन्, त्यति नै बढी उच्च रक्तचापको जोखिममा तपाईं हुनुहुन्छ ।

उच्च रक्तचाप नियन्त्रण किन ?

समयमै उपयुक्त र पर्याप्त उपचार नभएमा उच्च रक्तचापले विभिन्न अंगलाई स्थायी रूपमा नोक्सान पुर्‌याउन सक्छ । अधिकांश हृदयाघात, मस्तिष्कघात एवम् पक्षघातमा उच्च रक्तचाप प्रमुख कारणका रूपमा पाइने गरेको छ । तिनका अलावा मिर्गौलाले कहिल्यै पनि काम गर्न नसक्ने गरी मिर्गौला असफल हुने कारणमा पनि उच्च रक्तचाप पर्दछ ।

उच्च रक्तचापका लक्षणहरू

प्रायःजसो अवस्थामा उच्च रक्तचापको कुनै लक्षणहरू देखा पर्दैन । जबसम्म जटिल समस्या देखिँदैन उच्च रक्तचापको बिरामीलाई राम्रै भइराखेको महसुस हुन्छ । तर केही बिरामीहरूमा भने तल उल्लेखित लक्षणहरू प्रारम्भिक चरणमा नै देखिन सक्छ ।

अत्यन्तै टाउको दुख्ने, रिंगटा लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने र दृष्टि धमिलो देखिने, आदिजस्ता लक्षणहरू समेत देखिन्छन् ।

जोखिम कम कसरी गर्ने?

१. स्वास्थ्यवर्धक एवम् चिल्लोरहित खाना खाने बानी बसाल्ने, खाना थोरैथोरै गरेर पटकपटक खाने गर्ने, खानामा नुनको मात्रा कम गर्ने आदि कार्य उच्च रक्तचापका बिरामीहरूका लागि महत्त्वपूर्ण हुन सक्छ । आफ्नो दैनिक खानामा नुनको मात्रा ६ ग्रामभन्दा बढी नगर्ने, नुनको मात्रा घटाउन आफ्नो खानामा फलफूलको मात्रा बढाउने आदि गर्नु पनि ज्यादै महत्त्वपूर्ण हुन सक्छ । यदि यसो गर्न सकिएमा आफ्नो रक्तचाप २–८ एमएमएचजी घटाउन सकिन्छ ।

खान नहुने कुराः धेरै चिल्लो र नुनिलो खाना नखाने, छाला र बोसोयुक्त÷पोलेको चिल्लो मासु नखाने, प्रशोधन गरिएको खानेकुरा जस्तैः सेतो चामल, मैदा यसबाट बनेका खानेकुरा जस्तैः बिस्कुट, चाउचाउ, सिसीका अचार, क्यान फुड, भुटे तारेका खाद्य पदार्थहरू र बजारमा पाइने तयारी खाद्य पदार्थहरूको प्रयोगलाई बन्देज गर्नु उपर्युक्त हुन्छ । साथै मद्यपान धूमपान तत्कालै बन्द गर्नु अत्यन्तै आवश्यक हुन्छ ।

खान हुने कुराः स्वच्छ एवम् ताजा शाकाहारी खाना, मासु खानु परेमा छाला र बोसो हटाएर राम्रोसँग पकाएर सीमित मात्रामा खान सकिन्छ । उच्च रेसायुक्त खाद्य पदार्थहरू जस्तैः प्रशोधन नगरिएको चोकरसहितको गहुँको पीठो, खस्रो चामल, हरिया ताजा तरकारीहरू, फलफूल आदि, बोक्रासहितको चना, भटमास, स्याउ, आदिको सेवनले उच्च रक्तचापमा मनग्गे फाइदा पुर्‌याएको पाइन्छ ।

२. स्वस्थ तौल कायम गर्ने । आफ्नो बीएमआई १८ दशमलव ५–२४ मा कायम गर्ने । प्रत्येक १० के.जी. तौल घटाउँदा ५–२० एमएमएचजी रक्तचाप घटाउन सकिन्छ ।

३. दैनिक ४५ मिनेट जति व्यायाम गर्ने । नियमित यसो गर्नाले २–८ एमएमएचजी जति रक्तचाप घटाउन सकिन्छ ।

४. रक्तचापको नियमित परीक्षण गराउने ।

५. चिकित्सकको सल्लाहअनुसार नियमित औषधिको सेवन गर्ने ।

औषधिको नियमित सेवनबाट पनि उच्च रक्तचाप नियन्त्रणमा नआउनुका कारणहरू-

– औषधिको मात्रा नपुगेमा, रक्तचाप मापन गरेको तरिका नमिलेमा, बढी मात्रामा नुनको सेवन गरेमा, अरू औषधि जस्तैः दुखाइ कम गर्ने औषधि (एनएकएआईडी), गर्भनिरोधक चक्की आदिको सेवन गरेमा, आदि ।

रक्तचाप नाप्नु अघि ध्यान दिनुपर्ने कुराहरू-

– रक्तचाप नाप्नुअघि आधा घन्टासम्म चुरोट तथा चिया/कफीको सेवन गर्नुहुँदैन । आरामसँग कुर्सीमा बस्नु पर्दछ । हिँडडुल वा कसरत गर्नेबित्तिकै रक्तचापमापन गर्नुहुँदैन । कसिलो लुगा लगाउनु हुँदैन । लुगाको माथिबाट वा लुगाको बाहुला माथि सारेर रक्तचाप मापन गर्दा राम्रो हुनेछ । रक्तचाप मापन गर्दा आफ्नो पाखुरा मुटुको स्तरमा राख्ने गर्दा राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In