श्रीलंकाका विदेश मन्त्री बुधबार नेपाल भ्रमणमा आउँदैछन्।
विदेश मन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउन लागेका हुन्।
तीन दिने नेपाल भ्रमण आउन लागेका उनी शुक्रबार स्वदेश फर्कने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेश मन्त्री साब्री नेपाल आउन लागेका हुन्।














