Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

विकराल समस्या बन्दै मधुमेह, बच्न यस्ता कुराहरुमा दिनुस् ध्यान


विकराल समस्या बन्दै मधुमेह, बच्न यस्ता कुराहरुमा दिनुस् ध्यान

मधुमेहका कारण विश्वभर हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु भइरहेको छ र यो रोग जुनसुकै बेला कसैलाई पनि लाग्न सक्छ। यो एक यस्तो रोगको रूपमा देखा परेको छ जसले बालबालिका र युवाहरूलाई द्रुत रूपमा असर गरिरहेको छ।

वास्तवमा यो रोग तब हुन्छ जब शरीर भित्र रगतमा ग्लुकोज वा चिनीको मात्रा जम्मा हुन थाल्छ। यसबाट पीडित व्यक्तिहरूलाई हृदयघात हुन सक्छ। यसका साथै मधुमेहका कारण अन्धोपन, मृगौला फेल हुने र खुट्टाको निष्क्रियता जस्ता समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वभर ४२ करोड २० लाख मानिस मधुमेहबाट पीडित छन्। पछिल्लो ४० वर्षमा मधुमेहबाट पीडितको संख्या चार गुणाले बढेको छ।

यस रोगको लक्षण, रोकथाम र कारणबारे सर्वसाधारणमा कम चेतना छ। यसबाट प्रभावित आधाभन्दा बढीलाई यो रोगबारे थाहा नै छैन। तर, जीवनशैली नियन्त्रण गरेर यसलाई नियन्त्रण गर्न सकिन्छ।

मधुमेह भनेको के हो त ?

जब हामी खाना खान्छौं, हाम्रो शरीरले कार्बोहाइड्रेटलाई तोडेर ग्लुकोजमा परिणत गर्छ। प्यान्क्रियाजबाट इन्सुलिन नामक हर्मोन निस्कन्छ, जसको मद्दतले हाम्रो शरीरका कोशिकाहरूले चिनी सोस्छन् र ऊर्जा उत्पादन गर्छन्।

जब हाम्रो शरीरमा इन्सुलिनको उत्पादन घट्छ वा यसले राम्रोसँग काम गर्दैन, तब कोशिकाहरूले रगतमा रहेको चिनीको मात्रालाई अवशोषित गर्न असमर्थ हुन्छन्। यो अवस्थाले मधुमेहलाई जन्म दिन्छ।

मधुमेह कति प्रकारका हुन्छन्?

मधुमेहहरू धेरै प्रकारका छन् तर टाइप १ र टाइप २ अनि गर्भावस्था मधुमेहसँग सम्बन्धित केसहरू धेरै छन्।

टाइप १ मधुमेहमा, तपाईंको प्यान्क्रियाजले हर्मोन इन्सुलिन उत्पादन गर्न रोक्छ। जसका कारण हाम्रो रगतमा ग्लुकोजको मात्रा बढ्न थाल्छ। अहिले सम्म वैज्ञानिकहरु यस्तो किन हुन्छ भन्ने पत्ता लगाउन सफल भएका छैनन्। तर यसलाई वंशाणुगत र भाइरल संक्रमणसँग जोडिएर हेरिन्छ।

प्रभावित व्यक्तिहरु मध्ये, प्रत्येक १० जना मध्ये एक जना टाइप १ मधुमेहबाट पीडित छन्। टाइप २ मधुमेहमा, प्यान्क्रियाजमा आवश्यकता अनुसार इन्सुलिन उत्पादन हुँदैन वा हर्मोनले राम्रोसँग काम गर्दैन।

टाइप २ मधुमेह यी मानिसहरूलाई हुन सक्छ –

-मध्यम उमेरका र वृद्ध व्यक्तिहरू
-मोटो र शारीरिक रूपमा निष्क्रिय युवा
-दक्षिण एसियाली देशहरूमा बस्ने मानिसहरू

केही गर्भवती महिलाहरू गर्भावस्था मधुमेहबाट पीडित हुन सक्छन्। यस्तो अवस्थामा महिलाको शरीरले उनीहरु र उनीहरुको बच्चाको लागि पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न बन्द गर्छ।

विभिन्न मापदण्डका आधारमा गरिएको अध्ययनले ६ देखि १६ प्रतिशत महिलालाई गर्भावस्थाको मधुमेह हुने सम्भावना देखाएको छ। यसबाट बच्न गर्भवती महिलाले आफ्नो खानपानलाई नियन्त्रणमा राखेर चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ। यसका साथै इन्सुलिनको प्रयोगले यसलाई टाइप २ मधुमेहमा परिणत हुनबाट जोगाउन सक्छ।

कतिपय मानिसलाई प्रि-डायवेटिज पनि हुन सक्छ। रगतमा ग्लुकोजको मात्रा बढी भए पछि मधुमेहमा परिणत हुन सक्छ।

मधुमेहका लक्षणहरू के-के हुन्?

-अत्यधिक तिर्खा
-सामान्य भन्दा बढी पिसाब गर्नु, विशेष गरी राति
-थकित महसुस हुनु
-प्रयासबिना नै तौल घट्नु
-बारम्बार मुखमा अल्सर हुनु
-कमजोर दृष्टि
-घाउ निको हुन समय लाग्नु

ब्रिटिश नेसनल हेल्थ सर्भिसका अनुसार टाइप १ मधुमेहका लक्षणहरू सानै उमेरमा देखिन थाल्छन्। टाइप २ मधुमेह मध्यम उमेरका मानिसहरू (दक्षिण एसियाली मानिसहरूको लागि २५ वर्षको उमेरमा), यदि परिवारको कुनै सदस्य मधुमेहबाट पीडित छ भने र दक्षिण एसियाली देशहरू, चीन, अफ्रो-क्यारिबियन, अफ्रिकाबाट आएका काला मानिसहरूमा हुने जोखिम बढी हुन्छ।

के मधुमेहबाट बच्न सकिन्छ?

मधुमेह आनुवंशिक र वातावरणीय कारकहरूमा आधारित हुन्छ। तर तपाईंले आफ्नो रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गरेर मधुमेहबाट बच्न सक्नुहुन्छ। यो सन्तुलित आहार र व्यायाम गरेर गर्न सकिन्छ। प्रशोधित खानेकुरा र पेय पदार्थहरू खान बन्द गर्नुपर्छ।

तपाईं आफ्नो दैनिक आहारमा तरकारी, फलफूल र स्वस्थकर अन्न समावेश गर्न सक्नुहुन्छ। यसको साथमा, तपाईंले आफ्नो आहारमा बदाम, स्वस्थ तेलहरू साथै सार्डिन, साल्मन र म्याकरेल जस्ता माछाहरू समावेश गर्न सक्नुहुन्छ किनभने तिनीहरूमा ओमेगा ३ तेल उच्च मात्रामा हुन्छ।

नियमित अन्तरालमा खाना खानु आवश्यक छ, यदि पेट भरिएको छ भने केही नखानु नै उचित हुन्छ।

शारीरिक व्यायाम गरेर पनि रगतमा चिनीको मात्रा घटाउन सकिन्छ। ब्रिटिस नेशनल हेल्थ सिस्टमका अनुसार मानिसहरूले हप्तामा करिब साढे दुई घण्टा एरोबिक एक्सरसाइज गर्नुपर्छ, जसमा छिटो हिँड्ने र सिँढी चढ्ने समावेश छ।

यदि तपाईंको शरीरको तौल नियन्त्रणमा छ भने तपाईंले रगतमा चिनीको मात्रा सजिलै घटाउन सक्नुहुन्छ। यदि तौल घटाउन चाहनुहुन्छ भने हप्तामा ०.५ किलोदेखि १ किलोसम्म घटाउनुहोस्।

साथै, धुम्रपान नगर्नुहोस् र हृदय रोगबाट बच्न आफ्नो कोलेस्ट्रोल स्तर जाँच गरिरहनुहोस्।

मधुमेहबाट के हुन सक्छ?

यदि तपाईंको शरीरमा ब्लड सुगरको मात्रा उच्च छ भने यसले तपाईंको रक्त नसालाई नोक्सान पुर्‍याउन सक्छ। यदि तपाईंको शरीरमा रगत राम्रोसँग बग्दैन भने यो शरीरको आवश्यक भागहरूमा पुग्न सक्दैन। यस्तो अवस्थामा, रक्तनलीहरू क्षतिग्रस्त हुन सक्छ।

यसका साथसाथै आँखाको ज्योति पनि कम हुन सक्छ र खुट्टामा इन्फेक्सन हुन सक्छ। विश्व स्वास्थ्य संगठनका अनुसार अन्धोपन, मृगौला फेल, हृदयाघात र खुट्टाले काम नगर्नु वा कमजोर हुनुको प्रमुख कारण मधुमेह हो।

सन् २०१६ मा मधुमेहका कारण करिब १६ लाख मानिसको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In