Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

रामजानकी विवाहको मङ्गल धुनले गुञ्जियो मिथिला


‘सीताराम स्वयंवरले त्रेतायुग सम्झाइरहेको छ’

मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ। मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ। सोही क्रममा यतिबेला मिथिला रामजानकी विवाह महोत्सवमा झमेको छ। सांस्कृतिक तथा पारम्परिक पर्वले सिङ्गो मिथिला मङ्गलधुनबीच गाइने विवाह विधिका गीतले गुञ्जायमान बनेको छ।

मिथिला क्षेत्रमा जता पुग्यो श्रीराम र जानकीको महिमा गाइएका गीत गुञ्जिएका छन्। मङ्लधुन बजिरहेका छन्। लाग्छ, घरघरमै छोरी विवाहको तयारी हुँदैछ। त्रेतायुगमा अवध (अयोध्या) का राजकुमार श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आएर विदेह (मिथिला) राज शिरध्वज जनककी पुत्री सीता (मिथिला, वैदेही, जानकी) सँग विवाह भएको सम्झना अहिले जनकपुर (मिथिला) क्षेत्रले गराइरहेको छ।

महोत्तरीसहितका मिथिला क्षेत्रका मठमन्दिर रङरोगनले सजाइएका छन्। केही दिनअघि नै सुरु हुने विवाहका पारम्परिक मैथिल विधि एकपछि अर्को आयोजन हुँदैछन्। साताव्यापी यो विवाह महोत्सवको केन्द्रमा जनकपुरधाम छ। सप्ताहव्यापी महोत्सवको पाँचौँ दिन आज ‘मटकोर’ विधि सम्पन्न गरिँदैछ। यस विधिअन्तर्गत आज जानकी मन्दिर परिसरमा विवाह सम्पन्न गरिने वेदी तयार गरिएको छ। विवाहको पूर्वाङ्ग विधि (इष्टदेवता पूजन, पितृस्मरण, ग्रहशान्तिलगायतका विधि) मटकोरकै दिन सम्पन्न गरिने मैथिल परम्परा छ।

मिथिलामा बर्सेनि साताव्यापी रामजानकी विवाह महोत्सव विभिन्न विधि पूरा गरी मनाइने गरिएको छ। यस क्रममा अघि त्रेतायुगमा श्रीराम जनकपुर आइ भएर सीतासँग विवाह भएर जन्ती बिदाइ गरिएको दिनसम्मका एक सातामा सम्पन्न भएका विधि महोत्सवमा आयोजना हुँदै आएका छन्। सोहीस् तालिकाअनुसार आज पाँचौँ दिन ‘मटकोर’ विधि आयोजन गरिएको हो।

यस महोत्सवमा श्रीराम जनकपुर आइपुग्नु भएर राजा जनकको दर्शन गर्नुभएको दिनलाई ‘जनकपुर नगर दर्शन’ भोलिपल्ट डुल्दै बाटिका पुग्दा अचानक वैदेही र श्रीराम देखादेख हुनुभएको दिनलाई ‘पूmलबारी लीला’ मनाइएको छ। त्यसको भोलिपल्ट अर्थात् तेस्रो दिन सीता वरणका लागि राजा जनकले राखेका शिवधनुष ताँदो चढाउने सर्तका लागि इच्छित वर सहभागी भएका दिनलाई ‘धनुष यज्ञ’ भनिने गरिएको छ। यी विधि क्रमशः गत मङ्गलबार, बुधबार र बिहीबार सम्पन्न भइसकेका छन्।

त्यसैगरी चौथो दिनको ‘तिलकोत्सव’ पनि हिजो शुक्रबार नै सम्पन्न भएको छ। प्राचीन मिथिलाको राजधानी जनकपुरमा त्रेतायुगमा श्रीरामले शिवधनुष ताँदो चढाउने क्रममा भाँचिएको पौराणिक मान्यताको प्रतिकात्मक मञ्चन गरिन्छ। धनुषभङ्ग भएसँगै श्रीरामसँग सीताको विवाहको टुङ्गो लागेको कथा सम्झँदै आज पाँचौँ दिन विवाहको पूर्वाङ्ग विधि ‘मटकोर’ आयोजन गरिएको जनकपुरस्थित श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन्।

महोत्सवको चौथो दिन कन्यापक्षका अभिभावकबाट वरवरणको परम्परा छ। यसलाई ‘तिलकोत्सव’ भनिन्छ। महोत्सवमा यो विधि श्री जानकी मन्दिरका महन्थले राजा जनकको भूमिकामा सम्पन्न गर्ने परम्परा छ। यसअनुसार जानकी मन्दिरका महन्थ वस्त्रआभूषण र मिष्ठान्न परिकारका डाला (सोली) लिएर नजिकैको श्री राम मन्दिर जाने चलन छ। महोत्सवमा श्रीरामका पिता दशरथको भूमिका श्री राम मन्दिरका महन्थले निभाउने परम्परा छ। यो विधि शुक्रबार सम्पन्न गरिएको छ।

यसैगरी महोत्सवको छैटौँ दिन सीताराम स्वयम्वर र राति वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छन्। यसलाई ‘सीता स्वयम्वर तथा विवाह’ भन्ने गरिएको छ। यो मुख्य समारोह भोलि आइतबार मङ्सिर शुक्ल पञ्चमीका दिन सम्पन्न गरिनेछ। अघि त्रेता युगमा यसैदिन राम सीताको विवाह भएको विश्वास गरिन्छ। महोत्सवको अन्तिम दिन विवाह सम्पन्न गरिएको भोलिपल्ट जन्तीलाई भोजन गराइ दक्षिणा दिएर बिदा गरिन्छ। यो विधिलाई ‘रामकलेवा’ भनिन्छ। यसरी आइतबार विवाह र आउने सोमबार ‘रामकलेवा’ गरिएसँगै यसपालिको श्रीराम जानकी विवाह महोत्सव सम्पन्न हुने श्री जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउँछन्।

जनकपुरमा धनुषयज्ञ र विवाहविधि जानकी मन्दिर परिसरमै सम्पन्न भएपनि स्वयम्वर भने विशाल मैदान रङ्गभूमिमा आयोजन गरिने परम्परा छ। अहिले क्रमशः महोत्सवका दैनिक कार्यक्रम सम्पन्न हुँदै छन्। विवाहका लागि आवश्यक सरसामानको चाँजो मिलाउने र सोको तयारीमा दिनरात साधुसन्त लागिरहेका महन्थ वैष्णवले जानकारी दिए। मिथिलामा छोरी विवाहको वैदिक मैथिल परम्पराअनुसार सम्पन्न हुने राम जानकी विवाह महोत्सव यहाँ (मिथिला) को मुख्य सांस्कृतिक तथा धार्मिक चाड रहँदै आएको श्री राम मन्दिरका महन्थ श्रीराम गिरी बताउँछन्।

सप्ताहव्यापीरुपमा सम्पन्न हुने यस महोत्सवका प्रत्येक विधिमा मिथिलानी (मिथिलाका नारी)ले गीत गाउँछन्। श्रीराम जनकपुर पुग्दा उनको स्वागतमा र भोलिपल्ट बाटिका (फूलबारी)मा सीताजी र श्रीरामको आमनेसामने भेट भएको प्रसङ्ग जोडिएका गीतका भावले जोसुकैलाई श्रीसीतारामप्रति श्रद्धा जगाउँछ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In