दुईवर्ष पछि टोलीमा फर्किएका अलराउन्डर आन्द्रे रसेलको सानदार अलराउन्ड प्रदर्शनमा वेस्टइन्डिजले पहिलो टि२० आई खेलमा इंग्ल्यान्डलाई ४ विकेटले हराएको छ । योसँगै पाँच खेलको सिरिजमा वेस्टइन्डिजले १-० को अग्रता लिएको छ ।
जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । वेस्टइन्डिजको जितमा आन्द्रे रसेल १४ बलमा २ चौका र २ छक्कासहित २९ रनमा अविजित रहनुको साथै तीन विकेट लिए ।
कप्तान रोभम्यान पावेल १५ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा नट आउट रहे । कायल मेयर्स २१ बलमा ४ छक्कासहित ३५, ब्रेन्डन किंग २२, निकोेलस पुरन १३ र शाई होप ३६ रनमा आउट भए ।
इंग्ल्यान्डका स्पिनर रेहान अहमदले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले ४ ओभरमा २५ रन खर्चेर २ र क्रिस वोक्सले १ विकेट लिए ।
त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज १९.३ ओभरमा १ सय ७१ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर फिलिप साल्ट २० बलमा ६ चौकासहित ४० तथा जस बटलर ३१ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । विल ज्याक्स १७, लियाम लिभिङस्टोन २७ र साम करन १३ रना आउट भए ।
वेस्टइन्डिजका आन्द्रे रसेलले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । अल्जारी जोशेफले ३.३ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए । रोमारियो शेफर्डले २, जेसन होल्डर र अकिल हुसेनले १-१ विकेट लिए । दोस्रो टि२० आई खेल बिहीबार हुनेछ ।














