Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

‘सीताराम स्वयंवरले त्रेतायुग सम्झाइरहेको छ’


‘सीताराम स्वयंवरले त्रेतायुग सम्झाइरहेको छ’

जनकपुरधाम – हुन त त्रेतायुगीन मिथिला राजधानी जनकपुरधाममा शिरध्वज जनकको राज्यबारे जति चर्चा गरे पनि त्यो अपूरो हुन्छ। त्यो राज्य र कालखण्डका विविध पाटामध्ये उहाँकी पुत्री सीता र अयोध्या नरेश रामबीच भएको स्वयंवरलाई छुटाउने हो भने त त्यो गौरवशाली इतिहास फिक्का हुन्छ होला !

मङ्गलबारदेखि जनकपुरधाममा सुरु हुने श्री सीताराम विवाह पञ्चमी महा—महोत्सवको तयारी भव्यरुपमा भइरहेको छ। जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले भने,“हजारौँ वर्षपूर्व त्रेतायुगका मिथिलापति शिरध्वज जनकको महिमा हामी सबैले सुन्छौं, पढ्छौँ। तर सीताराम स्वयंवरको आदिकालीन सांस्कृतिक पक्ष हामीले आज पनि साक्षात् देखिरहेका छौँ। हरेक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन हुने यो विवाह पञ्चमी महा—महोत्सवले मलाई त कलियुग होइन, त्रेतायुगमा भएको आभास हुन्छ।”

तत्कालीन समयमा अस्थित्वमा रहेका विभिन्न भूक्षेत्रका विद्वान विदुषीहरुको रोहमा लङ्काधिपति रावणसहितका सयौँ राजा र राजकुमारबीचको प्रतिस्पर्धाबाट शिव धनुष उचालेर अयोध्या नरेश रामले सीतासँग लगनगाँठो कसेको किम्बदन्ती छ। जनकपुरमा आजपर्यन्त त्यो ऐतिहासिक वैवाहिक परम्परालाई जीवित राख्दै नेपाल–भारतबीचको आदिकालीन सांस्कृतिक सम्बन्धलाई निरन्तरता दिने प्रयास अविचलित रुपमा भइरहेको छ।

संस्कृतिका जानकार साहित्यकार डा.राजेन्द्र विमल पनि वैदिक दर्शन र आर्य चिन्तन परम्पराको केन्द्रका रुपमा रहेको जनकपुरको महिमा आफैँमा विराट रहे पनि सीता स्वयंवरको प्रसंगले त्यसलाई थप समृद्ध बनाएको धारणा राख्छन्। “राजा जनक, यज्ञबल्क्य, मैत्रैयी, गार्गी, अष्टावक्रलगायत ऋषिमुनीहरुको तपोवनका रुपमा रहेको यो भूखण्डको आफ्नै गौरवपूर्ण इतिहास छ। त्यो त अध्ययन गरेर थाहा पाउने हो। तर अहिले पनि सीता स्वयंवरको साक्षात अभ्यास परम्पराले त्यो इतिहासलाई जीवन्त बनाइरहेको छ”, डा. विमल भन्छन्,“विविध कारणले विवाहका बेला हुने घोडा, हात्ति दौड, प्रतीकात्मक रुपमा विभिन्न क्षेत्रबाट हुने राजकुमारहरु आगमनलाई समेत निरन्तरता दिन सकेको भए थप आकर्षक हुन्थ्यो।”

यसपटक पनि मङ्गलबारदेखि सात दिवसीय महा—महोत्सव सुरु हुँदैछ। जनकपुर नगरदर्शनसँगै सुरु हुने उत्सवका क्रममा २७ गते बुधबार फुलवाडी लीला, २८ गते धनुष यज्ञ हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए। यसक्रममा मङ्सिर २९ गते तिलकोत्सव, ३० गते मटकोर र पुस १ गते शुभ विवाह र २ गते राम कलेवा (जन्ती विदाई) सँगै विवाह महामहोत्सव सम्पन्न हुनेछ।

भोलिदेखि महामहोत्सवको औपचारिक शुभारम्भ हुँदैछ। त्यसका लागि आवश्यक तयारी धमाधम चलिरहेका छन्। व्यवस्थापकीय तयारीका साथसाथै मन्दिर प्राङ्गणमा दैनिक प्रवचनको काम जारी छ। वैवाहिक कार्यक्रममा सहभागी हुन भारतीय सीमावर्ती क्षेत्रदेखि अयोध्याबाट साधुसन्त जनकपुर आइरहेका छन्। महन्थ दासले भने,“सात दिनसम्म सीताराम स्वयंवरसँग जोडिएका सबै ऐतिहासिक पक्ष र क्षणहरुको एकएक दृश्य देख्न पाइन्छ। यो अदभूत दृश्यले यहाँ आउने हरेक साधुसन्त, दर्शनाभिलासीहरुलाई आनन्दविभोर बनाउँछ। त्रेता युगमा भएको जगत जननी सीता र भगवान रामको त्यो स्वयंवरलाई साक्षात अनुभूत गराउँछ।”

सीता स्वयंवरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र श्रीरामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा श्री सीतारामको विवाह भएको हो।

सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ। त्यसका लागि सो दिन राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुर्याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिहरु स्वागत अभिवादनका लागि त्यसअघि नै त्यहाँ पुगेका हुन्छन्।

मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्थले जानकी (सीता) लाई माला लगाई आरती पूजनपछि विधिवत स्वयंवर कर्म हुन्छ। तत्पश्चात लावालश्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याएर आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ भने त्यसै रात मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ।

यस वर्षको आकर्षण – अनाज प्रतिमा

श्री सीताराम विवाह आफैँमा विश्व प्रसिद्ध प्राचिनतम् सांस्कृतिक पर्व हो। त्यसको माध्यमबाट नेपाल–भारतबीचको वैवाहिक सम्बन्धलाई निरन्तरता दिन आज पनि तमाम् प्रयत्न भइरहेका छन्। जनस्तरमा समेत दुई देशमा रोटीबेटीको सम्बन्ध कायमै छ।

त्यो सम्बन्धलाई सीताराम विवाह पञ्चमी महामहोत्सव र यस्तै अन्य धार्मिक सांस्कृतिक क्रियाकलापमार्फत पर्यटन प्रवर्द्धनका प्रयास भइरहेका छन्। यस वर्ष भने बदलिँदो समयमा जनकपुरतर्फ विश्वका मानिसहरुको ध्यान तान्नका लागि यही महा—महोत्सवका अवसरमा विभिन्न प्रकारका अन्नबाट ११ हजार ११ वर्ग फिट सीताराम प्रतिमा बन्दैछ।

विश्व रेकर्ड कायम गर्ने गरी रङ्गभूमि मैदानमा करिब एक सय दुई क्वीन्टल अन्नबाट बन्न लागेको सो प्रतिमा यसपटकको मुख्य आकर्षणका रुपमा रहने परिकल्पनाकार गुनगुन मिश्रले बताइन्। “हुन त सीतारामको विवाह र जनकपुरको महिमा नजान्ने को होलान् र ! तर पनि पछिल्लो समय विभिन्न कारणले हाम्रा सम्पदा, हाम्रो सम्भावनाका क्षेत्रहरुमा मानवीय चहलपहल शिथिल बनिरहेको छ। गिनिजबुकमा रेकर्ड दर्ज गराएर जनकपुरमा विश्वको ध्यान तान्नका लागि यो प्रतिमा अर्थपूर्ण हुनेछ”, गुनगुनले भनिन्।

विज्ञान सङ्कायबाट कक्षा १२ सकेर थप अध्ययनको तयारी गरिरहेकी जनकपुरधाम—४ निवासी गुञ्जनले कोरोनाको समयमा बन्द कोठामा बुनेको सपना थियो यो। बन्दाबन्दीको बेला टिभी हेर्ने क्रममा श्रीराम जन्मस्थल आयोध्यामा अनाजबाट प्रतिमा बनाएर विश्व रेकर्ड राखेको हेरेपछि सीता जन्मभूमि जनकपुरबाटै त्यो रेकर्ड तोड्ने विश्वाससहित आफूले योजना बुनेको गुनगुनको भनाइ छ।

गुनगुनकी आमा सालिनी मिश्रले छोरीकै प्रस्तावमा बन्न लागको प्रतिमाले जनकपुरधामकै नाममा विश्व रेकर्ड बन्ने भएकाले आफूहरु उत्साहित भइरहेको बताउँछिन्। “सुरुमा परिवारका सदस्यहरुलाई पनि छोरीको कुरा सुन्दा विश्वास नै लागेको थिएन। झन् अनाज खेर जाने पो हो कि भन्ने लागेर, यस्तो पनि गर्ने भन्ने लागेको थियो। तर आज त्यही विश्वास नगरेको कुरा साकार हुन लागेको देख्दा अत्यन्तै हर्षित छु”, उनले भनिन्।

गुनगुन आफैँ पनि यति ठूलो प्रस्तावमा अरुले सहमति जनाउँदैनन् होला भन्ने लागेको थियो। तर पनि कुरा गर्न भने नछोड्ने उनको अठोट थियो। “सुरुमा त म आफैँलाई नै सपना मात्रै होलाजस्तो लागेको थियो। तर आफ्नो योजना बुबाआमालाई सुनाए। कुनै अरु चाडपर्वको सन्दर्भ पारेर बनाउनेकी भन्ने कुरा पनि उठेको थियो। तर आमाबुबाले विवाह पञ्चमीमा उपयुक्त हुने सुझाव दिएपछि सोहीअनुसार कुरा अगाडि बढेको हो”, गुनगुनले योजनाबारे भनिन्, “त्यो प्रस्ताव सुरुमा जानकी मन्दिरका महन्थ, पछि जनकपुरधाम उपमहानगर प्रमुख, उद्योग वाणिज्य संघसँगको पटक पटकको परामर्शपछि सम्भव भएको हो। उहाँहरुले पुनः अन्नको उपयोग हुने सुनिश्चिततापछि यसमा सहमति जनाउनुभएको हो।”

श्री सीताराम अनाज प्रतिमा निर्माण समिति, संयोजकको जिम्मा पाएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जनकपुरकी छोरी गुनगुनले राखेको प्रस्तावअनुसार नै प्रतिमाको काम भइरहेको बताए। उनले प्रतिमा बनाउन प्रयोग हुने अन्नको पूर्ण पुनःउपयोगको सुनिश्चिततापछि मात्रै जिम्मेवारी लिएको समेत बताए।

“हो, धेरैले आर्थिक मन्दी खाद्यान्न सङ्कटको बेला यो खेरजाने काम किन गरेको भन्ने गरेको सुनेको छु। तर त्यसमा प्रयोग भएको कुनै खाद्यान्न खेर जाँदैन। मिसावट हुने १० प्रतिशत जति अन्नको नेपालमै र बाँकी ९० प्रतिशत अन्न अयोध्यामा बन्न लागेको मन्दिर उद्घाटनको बेला पठाउने र नेपालकै मानव आश्रम, धर्मशालाहरुमा प्रयोग गरिनेछ। यसमा सबै नगरबासी, व्यापारी, बुद्धिजीवी सबैले स्वस्फूर्त सहयोग गर्ने प्रतिवद्धता आएको छ”, महासेठले भने।

विभिन्न १२ वटा विश्व रेकर्ड बनाएका भारतीय मूलका सतिश गुर्जरको समूहले यो प्रतिमा बनाइरहेको छ। प्रतिमामा २५ क्वीन्टल चामल, ६ क्वीन्टल गहुँ, ६ क्वीन्टल सोयाविन, १८ क्वीन्टल चना, १८ क्वीन्टल उरिद, चार/चार क्वीन्टल चना, रहरी, मसुरको दाल, तीन क्वीन्टल मकै, दुई क्वीन्टल मोमफली र १२ क्वीन्टल मुंगको दाल तथा बाँकी खर्चसमेत गरी २१ लाखभन्दा बढी खर्च लाग्ने निर्माण समिति संयोजक महासेठले बताए। यसअघि भारतको अयोध्यामा बनाइएको १० हजार स्वायर फिटको प्रतिमाले विश्व रेकर्ड बनाएको थियो।

महा–महोत्सव व्यवस्थापन

सीतारामको स्वयंवर हुने रङ्गभूमि मैदान बाह्रबिघा, नगरका अन्य क्षेत्रमा शौचालय, नगर सरसफाइ, मञ्च व्यवस्थापनलगायतको जिम्मेवारी जनकपुर उपमहानगपालिकाले गरिरहेको छ। सुरक्षा, ट्राफिक र यातायात व्यवस्थापनका लागि सम्बद्ध सरोकारवालाहरुले पनि जिम्मेवारीअनुसार काम गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले सहज यातायातको व्यवस्थापन, सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन नेपाल सबै सुरक्षा निकायका करिब साढे १४ सयभन्दा बढी प्रहरी परिचालन गरिने बताए।

विवाह पञ्चमीमा लाखौँ मान्छेको सहभागिता हुने भएकाले विभिन्न ठाउँमा ट्राफिक बिन्दु तोकेर काम गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख, प्रहरी निरीक्षक शेखरकुमार साहले बताए। उनका अनुसार नगरभित्र ई–रिक्सा, अटोरिक्सा, मोटरसाइकललाई रामानन्द चोक, बजरङ्गचोक, महावीर चोक, भैरवचोक र अदालतमोडमा रोकिने र कदमचोक, भानुचोक र शीव चोकलगायतकै चोकमा रोक्ने व्यवस्था मिलाइएको छ।

जनकपुरधाममा सीतारामसँग जोडिएका विविध पक्ष र प्रसङ्गमा हरेक महिनाको पूर्णिमाका दिन पनि मासिक रूपमा मेला लाग्दछ। जस्तै चैत्र शुक्ल नवमी तिथिमा मर्यादा पुरुषोत्तम भगवान् श्री रामचन्द्रको जयन्ती रामनवमी, वैशाख शुक्ल नवमी तिथिमा जानकी प्राकट्य महोत्सव, श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फाल्गुण शुक्ल पक्षमा पन्ध्र दिवसीय मिथिला पञ्चकोसी परिक्रमा (जनकपुरधामदेखि पाँच कोसको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँको परिक्रमा) तथा अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तःगृह परिक्रमा गरी सम्पन्न हुन्छ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In