Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

आश्रयविहीन छन् हजारौँ विस्थापित प्यालेस्टिनी

आश्रयविहीन छन् हजारौँ विस्थापित प्यालेस्टिनी

प्यालेस्टाइनको रफाहमा हजारौँ विस्थापित सर्वसाधारणहरूले चिसो आकाशमा दिन रात बिताउनुपरेको संयुक्त राष्ट्र सङ्घले शनिबार जानकारी गराएको छ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसिएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौँ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू रहेको जानकारी गराएको छ।

इजरायली सेनाले युनिस शहर खाली गर्न दिएको आदेश र निरन्तरको बमबारी र लडाइँपछि तिनीहरूमध्ये अधिकांश छिमेकी क्षेत्रबाट आएका बताइएको छ।

सबैभन्दा पछि आएका विस्थापित मानिसहरूले रफाहमा ठूलो भीडभाडबीच आफूहरूलाई सडक वा अन्य खुला ठाउँहरूमा पनि आफ्नो ठाउँ पाउन मुस्किल भइरहेको छ।

“हजारौं विस्थापित मानिसहरूले निर्माणाधीन कतारी फिल्ड अस्पताल र रफाहको अल–कुड्स ओपन युनिभर्सिटी क्याम्पसमा अस्थायी संरचना र टेन्टहरू स्थापना गरेका छन्,” राष्ट्रसङ्घीय उक्त निकायले भनेको छ।

धेरै प्यालेस्टिनीहरूका लागि, अक्टोबर ७ मा गाजा पट्टीमा इजरायलको आक्रमण सुरु भएदेखि उनीहरूले अनुभव गरेको यो दोस्रो वा तेस्रो विस्थापन हो।

संयुक्त राष्ट्रका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको झन्डै ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ।

यी विस्थापितहरूमध्ये करिब १२ लाख गाजा पट्टीमा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घको राहत तथा मानवीय मामिला हेर्ने निकायका १५१ सेवा सुविधाहरूका लागि दर्ता गरिएको छ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौँदेखि चलेको द्वन्द्वमा करिब १७ हजार ५०० व्यक्तिको मृत्यु भएपछि गुटेरेसले आपत्कालीन बैठक बोलाएका थिए।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण उक्त क्षेत्रमा युद्ध सुरु भएको थियो, जसमा १ हजार २०० व्यक्तिको मृत्यु भएको, मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र अन्य २४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In