Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

नेपोलियन बोनापार्ट र उनकी पत्नी जोसेफिनबीचको त्यो प्रेम…


नेपोलियन बोनापार्ट र उनकी पत्नी जोसेफिनबीचको त्यो प्रेम…

भर्खरै रिलिज भएको रिडले स्कटको फिल्म ‘नेपोलियन’ फ्रान्सेली सम्राट नेपोलियन बोनापार्ट र नेपोलियनले जोसेफिन भनेर सम्बोधन गर्ने महिलामा केन्द्रित छ ।

स्कट भन्छन् कि यस फिल्ममा नेपोलियनलाई जोसेफिनको माया जित्ने प्रयासमा संसार जित्ने व्यक्तिको रूपमा देखाइएको छ। र जब उनले जोसेफिनको प्रेम जित्न सकेनन्, उसलाई नष्ट गर्न संसारमाथि जाइलागे, र सो प्रक्रियामा आफैलाई नष्ट गरे।

जब समाचार आयो कि भेनेसा किर्बी जोसेफिनको भूमिका निभाउनेछिन्, इतिहासकारहरू स्तब्ध भए। किनभने किर्बी नेपोलियनको भूमिका खेल्ने जोकिन फिनिक्स भन्दा धेरै कान्छी (१४ वर्ष) की थिइन्, जबकि जोसेफिन वास्तवमा नेपोलियन भन्दा ६ वर्ष जेठी थिइन्।

‘द न्यु योर्कर’सँग कुरा गर्दै स्कटले फिल्ममा भएका गल्तीबारे प्रश्न उठाउनुभन्दा केही राम्रा काम गर्न इतिहासकारहरूलाई सल्लाह दिए।

तर जोसेफिन र नेपोलियन बीचको उमेरको भिन्नताले उनीहरूको जीवन र प्रेममा गहिरो प्रभाव पारेको थियो।

फ्रान्सेली क्रान्तिको समयमा विधवा भएकी जोसेफिनको नाम ‘मेरी जोसेफिन–रोज द ब्युहानै’ राखिएको थियो । उनका दुई सन्तान थिए र उनको भविष्य अनिश्चितताले घेरिएको थियो ।

त्यतिबेला उनको उमेर ३० देखि ४० वर्षको थियो । उनलाई जवान मानिँदैन, तर उनले पेरिसको फेसन मन पराउने समाजको हिस्सा बन्नको लागि हर प्रयास गरिन्, र आफ्नो परिचितताको फाइदा उठाउँदै पल बारास नामक राजनीतिज्ञसँग मित्रता गरिन्।

नेपोलियनसँग विवाह

उनलाई कोर्सिकाका युवा सेनापति नेपोलियन बोनापार्टसँग विवाह गर्न मनाइयो, जो उनीप्रति मोहित थिए। जोसेफिनलाई भेटेको केही महिनापछि र मार्च १७९६ मा उनीहरूको विवाहको लगत्तै, नेपोलियनलाई इटालीमा क्रान्तिकारी सेनाको नेतृत्व गर्न पठाइयो।

इटालीबाट उनले जोसेफिनलाई धेरै प्रेम पत्र लेखे। जसमा यति धेरै ‘भावनात्मक ब्ल्याकमेल’ र प्रेम व्यक्त गरिएको हुन्थ्यो कि भावना कम र धम्की बढी देखिन्थ्यो। एक पत्रमा उनले लेखेका थिए, ‘तिमीले मलाई कहिल्यै चिठी लेखेनौ। तिमी आफ्नो श्रीमानको ख्याल गर्दैनौं।”

एक अर्को पत्रमा लेखिएको थियो, “मलाई तिम्रो केही खबर पाइएको छैन। मलाई अब विश्वास भइसकेको छ कि तिमी मलाई माया गर्दिनौं।”

अर्को पत्रमा लेखिएको थियो, “हरेक दिन म तिम्रा क्रियाकलापको हिसाब गर्छु। तिमीलाई माया नगरेकोमा म आफैसँग धेरै रिसाएको छु। तर के म तिमीलाई पहिले भन्दा धेरै माया गर्दिन?”

जोसेफिन इटालीमा बस्न आउँदा पनि नेपोलियनले उनको हरेक चाल-चलन बारे सचेत थिए र उनीबाट पत्रहरू चाहन्थे। यस समयमा नेपोलियनको संका केही हदसम्म कम भएको थियो, तर उनको मनोवृत्ति अझै जोसेफिनलाई नियन्त्रणमा राख्ने थियो।

नेपोलियनले आफ्नी श्रीमतीबाट पाउने फाइदाहरू बुझिसकेका थिए र उनले यो पनि बुझिसकेका थिए कि उनीहरुबीच एकअर्काप्रतिको भावनाको स्तरमा पनि फरक छ भन्ने।

शक्तिशाली पति र पत्नी

एक सम्मानित युद्ध नायककी पत्नी जोसेफिनले आफ्नो राजनीतिक परिचिततालाई आफ्नो फाइदाको लागि प्रयोग गरिन्, सायद नेपोलियनको नियन्त्रण गर्ने मनोवृत्तिबाट बच्न।

नेपोलियन र जोसेफिन एक टिमको रूपमा कति प्रभावकारी हुन सक्छन् भन्ने कुरा मानिसहरूलाई थाहा थियो। त्यसकारण, नेपोलियनका आफन्तहरू सहित उनका आलोचकहरूले जोसेफिनको छविलाई धमिलो पार्न विभिन्न अफवाह फैलाए।

जोसेफिनले आफ्नो प्रेमी हिप्पोलाइट चार्ल्सलाई लेखेका पत्रहरूले उनको लागि परिस्थिति कत्तिको पीडादायी भएका थिए भन्ने देखाउँछ।

त्यतिबेला नेपोलियन इजिप्ट अभियानमा थिए जब उनलाई जोसेफिनको प्रेम प्रसंग चलिरहेको प्रमाण प्रस्तुत गरियो। नेपोलियनले यस सम्बन्धमा आफ्नो भाइलाई पत्र पठाएका थिए, तर बीचमा त्यो लीक भयो र बेलायतमा प्रकाशित भयो। चाँडै फ्रान्समा पनि सबैलाई यसको बारेमा थाहा भयो।

सुरुमा नेपोलियन दुखी थिए, तर पछि जब उनी पेरिस गए, उनले जोसेफिनलाई माफ गरिदिए। जोसेफिनले पनि आफ्नो पतिलाई राजनैतिक चालमा मद्दत गरिन् र १८०० मा भएको एक विद्रोहपछि सत्तामा आइन्।

क्रान्तिले भरिएको दशकको कारणले भएको गुटबन्दीलाई हटाउन नेपोलियनले जोसेफिनको नरम कूटनीति र कुलीन वर्गबाट ​​आएका फाइदालाई उठाए।

जोसेफिनलाई नयाँ फ्रान्स सिर्जना गर्न भूमिका खेलेकोमा खुसी लागिरहेको थियो। १७९६ मा उनी इटाली जान र आफ्नो पतिसँग बस्न अनिच्छुक थिइन्, तर पछि उनी सबै ठाउँमा उनको साथ गइन्। नेपोलियन अर्को युवतीप्रति आकर्षित नहुन् भन्ने कुरा जोसेफिनका लागि धेरै महत्त्वपूर्ण थियो।

नेपोलियनले १८०७ मा पोल्याण्डको यात्रामा जोसेफिनलाई साथमा लगेनन्, र त्यहाँ उनको ठूलो परिवारकी महिला मारिया वालेस्कासँग लामो सम्बन्ध चल्यो। तर यस अवधिमा उनका पत्रहरूले यो देखाउँछ कि उनी अझै पनि जोसेफिनसँग प्रेममै थिए, तैपनि सम्बन्धविच्छेदको डर थियो।

नेपोलियनले १८०४ मा वंशको आधारमा राजतन्त्र चलाउने प्रयास गरे। उनका परिवारका सदस्यहरूले एक उत्तराधिकारीका लागि उनलाई लगातार दबाब दिइरहेका थिए। तर जोसेफिनले उनलाई उत्तराधिकारी दिन सकिनन्।

जोसेफिनकी एक कामदार एब्रिलियनले त्यो अवधिको बारेमा लेखेकी थिइन् जब दुवै सम्बन्धविच्छेदको नजिक थिए र एकअर्काबाट धेरै टाढा भइसकेका थिए। उनीहरूले १८०९ मा सम्बन्ध विच्छेद गरे, जसले जोसेफिनलाई ठूलो आघात भयो।

अटूट सम्बन्ध

यो सम्बन्ध विच्छेदलाई देशको आवश्यकताको लागि बलिदानको रूपमा देखाइएको छ। नेपोलियनले अस्ट्रियाको ह्याप्सबर्गको आर्चडचेस मेरी-लुइससँग विवाह नगरेसम्म जोसेफिनलाई भेट्न र पत्रहरू लेख्न जारी राखे।

जोसेफिनले १८११ मा छोराको जन्ममा नेपोलियनलाई बधाई दिइन् र भनिन् कि ‘हाम्रो नियती कहिल्यै फरक हुन सक्दैन, म सधैं तिम्रो लागि खुसी हुनेछु।’

१८१२ मा रूसको लागि अभियान सुरु गर्नु अघि नेपोलियन पेरिसबाहिर जोसेफिनको मनपर्ने ठाउँ मालमेसाउमा उनीसँग भेट्न गए। त्यसपछि उनले फेरि कहिल्यै जोसेफिनलाई देख्न पाएनन्। जोसेफिनको १८१४ मा मृत्यु भयो।

वाटरलूमा पराजय पछि, नेपोलियनले सेन्ट हेलेनामा निर्वासित हुनु अघि मामेजमा समय बिताए।

यी दुई बीचको सम्बन्ध कस्तो थियो भन्ने कुराको निष्कर्षमा पुग्न सजिलो छैन किनभने जोसेफिनका धेरै कम चिठीहरू मात्रै बाँकी छन् जसबाट उनको विचार थाहा पाउन सकियोस्।

नेपोलियनले जोसेफिनको उमेर र उनको आलोचनाको वास्ता गरेनन् र उनको बच्चाहरूको राम्रो हेरचाह पनि गरे। यद्यपि, जोसेफिन र नेपोलियन दुवै एकअर्कालाई भन्दा सत्ता र शक्तिलाई बढी माया गर्थे। उनीहरुले सँगै मिलेर काम गर्दा हुने फाइदाहरू बुझेका थिए।

अन्ततः नेपोलियनको छोराको आवश्यकताले उनको शक्ति र उनको विवाह दुवैमा अशान्ति ल्यायो। तर देश छोड्नु अघि मालमेजको उनको भ्रमणले जोसेफिन उनका लागि कति महत्त्वपूर्ण थिइन् भन्ने देखाउँछ।

उनी भरोसालायक नभए पनि वफादार थिइन् र नेपोलियनको लागि भाग्यशाली साबित पनि भइन्। नेपोलियनले १८२१ मा आफ्नो मृत्युको केही समयअघि उनलाई आफ्नो सपनामा पनि देखेका थिए।

नेपोलियनका वफादार मार्शलले लेखेका छन्, “उनले मलाई भनेका थिए कि उनले जोसेफिनलाई देखे र कुरा गरे।”

नेपोलियनले आशा गरेका थिए कि उनी चाँडै जोसेफिनसँगै हुनेछन्।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In