काठमाडौं – साझा प्रकाशनद्वारा प्रकाशित कवि जयन्ता पोखरेलको कविता कृति ‘नक्साको जून’ को आज विमोचन गरिएको छ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालद्वारा आयोजित कार्यक्रममा महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव डा. जीवेन्द्रदेव गिरि, राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनय श्रेष्ठ, मधेसी आयोगका सदस्य डा. आभा सिंह, साहित्यकार डा. फणिन्द्रराज निरौलालगायतले सामूहिक रुपमा विमोचन गरेका हुन्।
कार्यक्रममा समालोचक डा. निरौलाले पुस्तकमाथि समीक्षा गर्दै पोखरेलका कवितामा समसामयिकता र प्रगतिशीलता पाइने बताए। सो अवसरमा जननाट्य सङ्घका सचिव अशोक शिवकोटीले पोखरेलको कवितामाथि नाटक मञ्चन गरेका थिए।














