Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

यस्ता यौन समस्या बन्न सक्छन् तनावको कारण, समाधान के?


यस्ता यौन समस्या बन्न सक्छन् तनावको कारण, समाधान के?

यौन समस्या भनेको व्यक्तिहरुले आफ्नो सहकर्मीबाट यौन सन्तुष्टि प्राप्त गर्न नसक्ने अवस्था हो। अर्को शब्दमा भन्नुपर्दा, यौन सम्बन्ध स्थापित गर्ने क्रममा व्यक्तिलाई चरम सुख प्राप्त गर्नबाट रोक्ने कठिनाई एवम् अवरोधहरु नै यौन समस्या हो।

लैगिंक उत्तेजना नहुनु (इरेक्टाइल डिसफङसन) या अग्यार्जम (शीघ्रपतन वा लामो समयसम्म स्खलन नहुनु) लगायतका यौनजन्य समस्या व्यक्तिमा यौन प्रतिक्रिया चक्रको विभिन्न चरणमध्ये जुनसुकै समयमा पनि देखा पर्न सक्छन्। तसर्थ व्यक्तिमा देखिने यौन समस्या कहाँ अनि कुन अवस्थामा देखिएको हो त्यसको प्रकृतिबारे पत्ता लगाई ती बीचको अन्तर जान्न अत्यन्त आवश्यक रहन्छ।

यौनजन्य गतिविधि हार्मोन, मानसिक तथा नशासम्बन्धि कार्यप्रणालीहरुको समन्वयित कार्य हो। जसकारण स्वस्थ यौन स्वास्थ्यका लागि व्यक्तिका यी सबै पक्षहरु स्वस्थ्य रहन पनि उत्तिकै आवश्यक पर्दछ।

यसबाहेक यौनसुख प्राप्ति सम्बन्ध स्थापितका लागि व्यक्तिको रक्तवाहिका, रक्तस्नायु तथा लिंग उत्तेजितका कारण लिंगले उचित आकार लिएको हुनु पर्दछ। त्यस्तै, अण्डकोष हुँदै मुत्रमार्गमा आउने शुक्राणु स्खलनका लागि पनि मांसपेशी तथा स्नायुबीच उचित समन्वयताको आवश्यकता पर्दछ।

यसकारण पनि कूल संख्यामध्ये ३१ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला शिकार हुने अनुमान गरिएको यस यौन समस्या एक प्रोफेशनल (विज्ञ) मद्दतकर्ता बिना नै हल गर्न मुश्किल पर्दछ। पुरुषमा देखिने अधिकांश यौन जटिलता भनेकै स्लखलनमा विकार, उत्तेजना नहुनु, यौनप्रतिको चाहाना घट्दै जानु तथा पेयरोनी रोगको शिकार हुनु हो।

यस्ता समस्या सामान्यतया जुनसुकै उमेर समूहलाई देख्ने भएता पनि तुलनात्मक रुपमा प्रायजसोः पाको उमेर समूहलाई यस रोगले सताउने गरेको पाइन्छ।

पुरुषहरुमा देखापर्ने मुख्य ५ समस्या –

उत्तेजना नहुनु

यौन सम्बन्ध स्थापितको समयमा लिंग उत्तेजित नहुने अवस्था नै ‘इरेक्टाइल डिसफङसन’ अर्थात् उत्तेजना नहुने अवस्था हो। यो पुरुषको यौन जीवनकालमा देखिने समस्यामध्ये एक हो।

मुख्यतयाः शारीरिक एवम् मानसिक पक्षसंग सम्बन्धित यस समस्याले ४० देखि ७० प्रतिशत उमेर समूहमध्ये झण्डै ५२ प्रतिशत व्यक्तिलाई सताउने गरेको अध्ययनले देखाएको छ।

यसैगरि, यस समस्याका लागि मुटुसम्बन्धिका रोग, मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टोरको स्तर तथा मोटोपन, कम टेस्टोस्टेरोनको मात्रा, तनाव, चिन्ता, डिप्रेसन, पार्टनरसंगको सम्बन्ध, लामो समयसम्म एउटै औषधिको प्रयोग, निन्द्राको गडबढि, दिर्घकालीन रपमा प्रयोग गरिएको नशालु औषधको सेवन, मद्यपान एवम् सुर्तिजन्य पदार्थको सेवन, पार्किन्सन्स रोग तथा मल्टिपल स्क्लेरोसिस आदि पक्षहरु पनि उत्तिकै जिम्मेवार रहेका हुन्छन्।

यद्यपि धमनीमा रक्त प्रवाहलाई अवरोध पुर्याउने कार्डियो भास्कुलर असामान्यताले लिंगको भित्री भागलाई कडा, कठोर एवम् उत्तेजित बनाउँछ। र, यो अवस्था यौन जटिलता अन्तरगत देखा पर्ने साझा समस्यामध्ये एक हो।

शीघ्रपतन

यो अवस्थाले यौनसम्बन्ध स्थापितको शुरुवाती चरणमा नै व्यक्तिको स्खलन हुने अवस्थालाई जनाउँछ। जुन व्यक्तिको नियन्त्रण बाहिर हुन्छ। सेरोटोनिन(व्यक्तिको मुडलाई प्रभाव पार्ने रसायन) जस्ता प्राकृतिक रसायनले शीघ्रपतन समस्यामा प्रमुख भुमिका निर्वाह गरेको हुन्छ।

यस्तै केहि औषधिहरुको सेवनले पनि व्यक्तिको स्खलन प्रकृयासंगै स्पाइनल कर्ड तथा स्नायुलाई समेत आघात पुर्याउन सक्छ। पेनाइल (लिंगमा परेका प्रभाव) लाई पनि शिघ्रपतनको मुख्य कारण मानिन्छ।

यद्यपि यी मात्र नभई स्खलनको केन्द्रिय नियन्त्रण अथवा वीर्यलाई उचित मार्गमा इनरभेसन (नशामा प्रवाह गर्ने प्रकृया) प्रवाह गर्ने नली, जनन्द्रिय अथवा पुरुष ग्रन्थीमा हुने स्नायु सम्बन्धिका संक्रमण पक्षहरु लाई पनि शीघ्रपतनका अर्को प्रमुख कारक तत्व मानिन्छ।

यस समस्या व्यक्तिले आफ्नो स्खलन हुने समयमा आफ्नो लिंगलाई पार्टनरको यौनांगबाट बाहिर निकाल्ने प्राकृतिक ‘इस्कुइज’ उपायबाट नै समाधान गर्न सकिन्छ। यस उपायलाई यस्ता यौनजन्य समस्या समाधानका एक उच्च बायो–फिडब्याक समेत मानिन्छ। अर्थात्, शिघ्रपतनका कारण व्यक्तिले आफ्नो यौनसन्तुष्टि प्राप्त गर्न नसकेको अवस्थामा व्यक्तिले आफुलाई शिघ्रपतनको महशुस हुनासाथ यौनकार्यलाई रोक्दै आफ्नो स्खलन रोक्नुपर्ने हुन्छ।

यहि प्रकृयालाई लगातार दोहर्याउँदा व्यक्तिले लामो समयसम्म सम्भोग आनन्दको प्रत्याभुति गर्न सक्छन्, भने यसका लागि व्यक्तिले केहि स्प्रेको प्रयोग पनि गर्न सक्छन्। जस्तो लिंगको संवेनशिलतालाई कम गर्दै स्खलनलाई नियन्त्रण गर्ने ‘लिडिओकेन’ को प्रयोग।

ढिलो/प्रतिकुल अथवा स्खलन नै नहुनु

स्खलन नहुनु अथवा पेनिट्रेसनको बाबजुद पनि स्खलनका लागि लामो समय लाग्ने समस्यालाई विलम्बित अर्थात् ढिलो स्खलन हुनु भनिन्छ।

सामान्यतयाः यस्ता समस्या लामो समयसम्म विभिन्न औषधि सेवन गरिराखेका व्यक्तिलाई औषधिको साइड इफेक्ट(दुष्प्रभाव) स्वरुप देखा पर्छ। यी समस्या धेरैजसो केशहरुमा तनाव कम गरेर तथा स्खलन हुने समयमा नियन्त्रण गरेर पनि समाधान गर्न सकिन्छ।

जबसम्म व्यक्तिलाई आफु स्खलन हुन लागेको महशुस हुदैँन तबसम्म लिंगलाई प्रवेश गराई रहने सेंसेट फोकस व्यायाम पनि यसका लागि उपयुक्त रहन सक्छ।

यसको ठिक विपरित वीर्य लिंगबाट बाहिर निस्कनु अगावै मुत्राशयमा नै धकेलिन्छ भने त्यस्तो अवस्थालाई ‘रेट्रोग्रेड एजाकुलेशन’ अर्थात् ‘विलम्बित स्खलनन’ भनिन्छ।

यस समस्या प्रायजसो प्रोस्टेट सर्जरी अथवा मधुमेहका कारण स्नायुमा क्षति पुगेका व्यक्तिहरुमा देखिन्छ।

वीर्य लिंगबाहिर नआई पुनःमुत्रमार्गमा नै फर्केर जाने र परिणाम स्वरुप पिसाबमा नै वीर्य देखिने यस अवस्थालाई कहिलेकाहिँ ड्राई (सुख्खा) अर्ग्याजम पनि भनिन्छ।

केहि औषधि तथा शल्यक्रियाको माध्यमबाट मुत्राशयको ब्लाडरमा रहेको भल्भलाई बन्द गरिएको खण्डमा यस समस्याको निदान गर्न सकिन्छ, भने यसको विकल्पको रुपमा व्यक्तिले कृत्रिम गर्भधारणका लागि ब्लाडरबाट नै समेत शुक्राणु प्राप्त गर्न सक्छन्।

यौन चाहाना नहुनु

चिकित्सा क्षेत्रमा ‘लो लिबिडो’ भनिने समस्या व्यक्तिमा टेस्टोस्टेरोन नामक हार्मोनको मात्रा कमी भएर हुने गर्छ। जसले व्यक्तिको यौनाच्छालाई स्वतः कम गराउँछ।

टेस्टोस्टेरोनले यौन ऊर्जा, वीर्य उत्पादन, मांसपेशी कपाल तथा हाडको स्वरुप लगायत व्यक्तिको मानसिक प्रकृयामा समेत प्रभाव पार्ने भएकाले यसले सहजै व्यक्तिको यौन जीवनमा समेत उत्तिकै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ।

तसर्थ शरीरमा यस हार्मोनको कमी भएमा पुरुषमा यौनेच्छाको कमी हुन गई त्यसले यौन जीवनमा समेत नकरात्मक असर पार्छ। यस्तै, कतिपय समयमा यौन उत्तेजना नहुने समस्याका कारण पनि व्यक्तिमा सम्भोगप्रतिको इच्छा हराएर जान्छ।

यसैगरि डिप्रेशन, तनाव, तथा भावनात्मक सम्बन्धको उतारचढाव पनि यौनेच्छा कम गराउने मुख्य स्रोत हुन् भने, दिर्घकालीन औषधि सेवनलाई पनि यसको अर्को कारक तत्वको रुपमा लिइन्छ।

टेस्टोस्टेरोनको मात्रा कमी भई व्यक्तिलाई यौन समस्या उत्पन्न भएको महशुस भएमा व्यक्तिले चिकित्सकको सल्लाहमा हार्मोनल सप्लिमेन्ट्स (पूरक) को सेवन गर्न सक्छन्। यस्तै, मानसिक आघातका कारण सो समस्या देखा परेका व्यक्तिले भने मनोवैज्ञानिक परामर्शदात्ता वा विज्ञबाट आवश्यक सहयोग लिन सक्छन्।

पेरोनिज रोग

संयोजित टिस्युले लिंगलाई घुमाउरो(बाउडिने) बनाउने यस समस्यालाई एक किसिमको दुर्लभ अवस्था मानिन्छ। जसकारण व्यक्तिलाई सम्भोग एवम् उत्तेजनाको दौरानमा पिडा हुने गर्छ।

यस समस्यामा सामान्यतयाः टिस्युका धर्साहरु एकै ठाउँमा जम्मा हुन्छन्, जसले लिंगका संयोजित टिस्युलाई सामान्य रुपमा सिधा हुन दिँदैन। साधारणतयाः यो समस्यामा लिंगको माथिल्लो भाग निहुरिएको अथवा तल झुकेको हुन्छ।

प्रत्येक ११ जना पुरुषमध्ये एकजनालाई यस पेरोनिज रोगले सताउने गरेको पाइएता पनि धेरै व्यक्तिहरुमा यससम्बन्धि उचित ज्ञानको अभाव भएको देखिन्छ।

यसैगरि, कहिलेकाहिँ व्यक्तिको लिंगको माथिल्लो वा टुप्पोका भागमा देखापर्ने केहि डल्लो अथवा गाँठो हुने समस्या पनि व्यक्तिलाई पिडा दिने समस्याको प्रमुख स्रोत हुन्।

केहि खोपको माध्यमबाट औषधि दिएर अथवा विकल्प स्वरुप शल्यक्रिया गरेर पनि सो गाँठो देखा परेको समस्यालाई निराकरण गर्न सकिन्छ।

यौनरोग रोकथामका उपायहरु

भविष्यमा आफूलाई कुनै पनि किसिमका यौनजन्य जटिलताको सामना गर्न नपरोस् भन्नका लागि व्यक्तिले सर्वप्रथम आफ्नो स्वस्थ मुटु स्वास्थ्यका लागि उचित ध्यान दिनु अत्यावश्यक रहन्छ।

यसबाहेक समस्या उत्पन्न गराउने कारणहरु बारे पूर्वज्ञान हासिल गर्नु पनि समस्याबाट बच्ने भरपर्दो उपाय हो।

मुटुको स्वास्थ्य अवस्था व्यक्तिको यौन स्वास्थ्यसंग स्वभाविक रुपमा जोडिएको हुन्छ। जसकारण पनि स्वस्थ मुटुका लागि व्यक्तिले उचित स्वस्थ जीवनशैली तालिकालाई आत्मसात् गर्नुपर्छ।

यसबाहेक स्वस्थ यौन स्वास्थ्यमा सुधार गर्नका लागि व्यक्तिले ध्यान दिनुपर्ने रोकथामका उपायहरु यसप्रकार रहेका छन्ः

१. मद्यपान सेवनको नियन्त्रण तथा धुम्रपानबाट टाढै रहने
२. एरोबिक्स, दौड तथा योगाको माध्यमबाट उचित स्वस्थ जीवनशैलीलाई व्यवस्थित राख्ने
३. स्वस्थ रहनका लागि हरिया तरकारीजन्य खाना सेवनको बानी बसाल्ने
४. व्यक्तिमा देखिएका यौनजन्य समस्याको मुल जड तनाव, चिन्ता तथा डिप्रेशनजन्य मनोवैज्ञानिक एवम् भावनात्मक पक्ष रहेको खण्डमा सम्बन्धित विज्ञद्वारा उचित राय लिने। यी पक्षहरु यौनजन्य समस्याको मुल जड भएका व्यक्तिहरुका लागि ‘कग्निटिभ–बिहेभिउरल’ थेरापी उचित मानिन्छ।
५. सम्बन्धमा आएका प्रत्येक उतारचढाव आफ्ना पार्टनरसंगको साझेदारीमा समाधान गर्ने।

कुनै पनि यौन समस्या देखा परेपछि डक्टरको सल्लाह लिन हिचकिचाउनु हुँदैन।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In