नेपाली युवा टोलीले एसिसी यू–१९ एसिया कपमा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा सुरुहुनेछ । नेपालको कप्तानी देव खनाल र पाकिस्तानको साद बेगले गर्दैछन्।
नेपालको टोलीमा सिनियर टोलीका प्रमुख अलराउन्डर गुलशन झा छन् । देवले पनि नेपालबाट १० ओडिआई खेल खेलेका छन् । देव र गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी टोलीमा निरन्तर छन् ।
नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन् । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न आजको खेलमा पाकिस्तानलाई हराउनु पर्ने हुन्छ ।
नेपालको टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा














