Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

तपाईंले कतै ‘जन्डिस’ का बारेमा यस्ता भ्रम त पाल्नु भएको छैन?


तपाईंले कतै ‘जन्डिस’ का बारेमा यस्ता भ्रम त पाल्नु भएको छैन?

जन्डिस अर्थात् कमलपित्तका बिरामी वर्षैभरि देखिन्छन्। तर, यो एउटा यस्तो अवस्था हो, जुन बेलामा बिरामी र उसका आफन्तले उपचार गर्ने तरिकाबारे यति सुझाव पाउँछन् कि उनीहरू नै दोधारमा पर्छन्। कहाँ उपचार गर्ने, के खाने, के नखाने, अरूलाई सर्नेजस्ता यति धेरै प्रसंग आइसकेका हुन्छन् कि उनीहरू निर्णय लिन नसकेर तनावमा पर्छन्।

खासमा यस्तो हुनुको मुख्य कारण भनेको जन्डिस के हो र कसरी हुन्छ भन्ने कुरा नबुझेर नै हो। घरमा कसैलाई जन्डिस हुनुपर्छ, वरिपरि नै ५०औँ विज्ञ देखा पर्छन्। ५० जनाको २ सय ५० थरीका कुरा सुनेपछि कुनै पनि मानिसको निर्णय लिने क्षमता डगमगाउनु अस्वाभाविक होइन। त्यसैले यहाँ जन्डिससम्बन्धी त्यस्ता केही भ्रमको चर्चा गरिएको छ :

भ्रम १ : जन्डिस भनेको खतरनाक रोग हो

जन्डिस भनेको कुनै रोग होइन। यो रोगको लक्षण मात्र हो। जब रगतमा बिलिरुबिनको मात्रा बढेर आँखा र शरीर पहेँलो हुन्छ, त्यसलाई जन्डिस भनिन्छ। त्यसैले कसैको जन्डिसले मृत्यु भयो भन्नु ठीक हुँदैन। किनभने, जन्डिसले होइन, जन्डिस गराउने रोगले मृत्यु हुने हो। टाउको दुख्नु, ज्वरो आउनु, खुट्टा सुन्निनुजस्तै जन्डिस पनि धेरै रोगको लक्षण मात्र हो। हामीकहाँ देशमा जन्डिस भनेको रोग हो र यसका लक्षण वाकवाक लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने हो भन्ने भ्रम धेरैमा छ। र, यो भ्रमले गर्दा अधिकांश मानिस समयमा उपचार गर्न नजाने र गए पनि ढिला जाने गरेको पाइएको छ। त्यसैले यो कुरा बुझ्न जरुरी छ कि जन्डिस भनेको लक्षण हो र यसले केवल कुनै रोगको संकेत गर्छ।

भ्रम २ : जन्डिसको उपचार एलोप्याथीमा छैन

जन्डिसको उपचार आधुनिक चिकित्सा विज्ञान (एलोप्याथी)मा छैन भन्ने भ्रम फैलाएर, आफैँ यसको उपचार गरेर जीविकोपार्जन गर्नेको संख्या हाम्रो देशमा प्रशस्तै छ। ज्वरो आउँदा, टाउको दुख्दा, झाडावान्ता लाग्दा हामी डाक्टरलाई विश्वास गर्छौं। तर, त्यो विश्वास त्यसबेला डगमगाउँछ, जब कसैलाई जन्डिस हुन्छ। एलोप्याथीमा जन्डिसको उपचार हुँदैन भन्ने भ्रमले यसरी जक्डेको छ कि पढेलेखेकाहरू पनि यसैमा विश्वास गर्छन्। एकातिरबाट सोच्ने हो भने यो कुरा ठीक पनि हो। वास्तवमा जन्डिसको उपचार नै हुँदैन, न एलोप्याथीमा, न त आयुर्वेदमा, न होमियोप्याथीमा। उपचार त जन्डिस गराउने रोगको गर्ने हो। तर, एलोप्याथीमा त्यसरी जन्डिस गराउने रोगहरूको उपचार पक्कै हुन्छ। जस्तै : पित्तनलीमा ढुंगा छ भने त्यसले गर्दा जन्डिस हुन्छ। यस अवस्थामा आयुर्वेदिक औषधिले निको हुँदैन, बरू रोग गम्भीर हुन्छ। पित्तनलीबाट ढुंगा झिकेर मात्र यो रोग अनि जन्डिस निको हुन्छ।

भ्रम ३ : जन्डिसमा खाना बार्नुपर्छ

कसैको घरमा एक जनालाई जन्डिस हुनुपर्छ, त्यो घरको भान्छाबाट बेसार हट्छ, नुन, तेल, घ्यू खपत एकदम कम हुन्छ। माछा, मासु, अन्डाको प्रयोग केही महिनासम्मै हुँदैन। अरू फलफूल होइन, उखु र मेवा मात्र भरमार भित्रिन्छ। हाम्रो समाजमा जन्डिस हुनेबित्तिकै खाना बार्ने र प्राय: उसिनेर मात्र खाना खाने गलत चलन व्याप्त छ। कसैलाई क्यान्सरका कारण पनि जन्डिस हुन सक्छ। यो भन्नु पर्दैन कि क्यान्सरको बिरामीले खाना बार्दा रोग झन् जटिल बन्न पुग्छ। क्यान्सर मात्र होइन, खाना बार्दा जन्डिस गराउने अरू रोग पनि पौष्टिक तत्त्वको कमीले गर्दा जटिल भइदिन्छ।

जन्डिसमा बेसारको महिमा पनि अपरम्पार छ। यो खाए त जन्डिस कहिल्यै निको हुँदैन भन्ने आमधारणा छ। बेसार खाएर जन्डिस हुने र बढ्ने भए साग खाँदा आँखा हरियो हुनुपर्ने थियो। अझ जिन्दगीभर हरियो घाँस खाने भैँसी कालो नभएर हरियो हुन्थ्यो होला ∕ त्यसैले जन्डिस भए पनि आफूले साबिकबमोजिम खाइरहेको खाना खानु जरुरी छ।

भ्रम ४ : जन्डिस दोहोरिए हेपाटाइटिस हुन्छ

यसमा कुनै सत्य छैन। जन्डिस भनेको लक्षण हो भने हेपाटाइटिस भनेको रोग हो। कसैलाई हेपाटाइटिस हुँदा जन्डिस हुन सक्छ तर जन्डिस भएर हेपाटाइटिस हुने होइन। जसरी एक जनालाई विभिन्न रोग लागेर धेरैपटक ज्वरो आउन सक्छ, त्यस्तै गरी विभिन्न रोग लागेर पटक–पटक जन्डिस हुन पनि सक्छ। तर, यो पनि सत्य हो कि हाम्रो देशमा जन्डिसको प्रमुख कारण हेपाटाइटिस हो।

भ्रम ५ : जन्डिस भनेको कलेजोको रोग हो

हाम्रो समाजमा जन्डिस भनेको नै कलेजोको रोग हो र यसबाट कलेजो बिग्रन्छ अथवा बिग्रेको हुन्छ भन्ने छ। यो ठीक हो कि कलेजोका विभिन्न रोगमा जन्डिस देखा पर्छ तर यो ठीक होइन कि कलेजोको रोगमा मात्र जन्डिस हुन्छ। रगतमा संक्रमण फैलिएर हुने रोग सेप्टिसेमिया, मलेरिया प्यान्क्रियाजको क्यान्सर आदि रोगमा पनि जन्डिस हुन्छ। यी रोगमा जन्डिस देखिए पनि कलेजोमा केही पनि समस्या हुँदैन। मुटुको कुनै–कुनै रोगमा बिलिरुबिनको मात्रा बढेर ४० पनि पुग्न सक्छ, जन्डिस देखिन सक्छ।

भ्रम ६ : जन्डिसमा प्रशस्त पानी पिउनुपर्छ

जन्डिस भएपछि ५–१० लिटरसम्म पानी पिउने बिरामीहरू पनि भेटिन्छन्। धेरैको यो विश्वास छ कि धेरै पानी पिउनाले जन्डिस पखालिन्छ र चाँडै निको हुन्छ। तर, यो गलत हो। बिरामीले आफूले पिउने साबिकबमोजिम नै पानी र झोल खानेकुरा पिउनु नै उत्तम हुन्छ। लिभर सिरोसिस भएर देखा परेको जन्डिसमा पानी धेरै पिउनाले खुट्टा सुन्निने, पेटमा पानी जम्न सक्ने हुन्छ। यस्तो अवस्थामा पानी धेरै पिउनाले फाइदा भन्दा नोक्सान हुन्छ। कम पानी पिउने बानी भएकालाई भने चाहिनेजति पिउने सल्लाहचाहिँ उत्तम हो।

भ्रम ७ : जन्डिसमा उखुको रस र मेवा खानुपर्छ

हाम्रो देशमा गाजर, मेवा, काँक्रो र उखुको रस जन्डिस भएका बिरामीको राष्ट्रिय खानेकुरा हो भन्ने जस्तै छ। धेरैले खोजी–खोजी यिनै कुरा खान्छन्। यस्ता खानेकुरा खाएर केही नबिग्रेला तर जन्डिस चाँडो निको हुने कुरा शतप्रतिशत गलत हो। पित्तनलीमा ढुंगा बनेर जन्डिस भएमा ५० लिटर उखुको रस र ५० किलो मेवा खाए पनि निको हुँदैन। बरू, जुन तरिकाबाट उखु पेलेर रस निकालिन्छ, त्यस्तो पिउनाले झाडापखाला लागेर राम्रो भन्दा नराम्रो हुने सम्भावना बढी हुन्छ। काँक्रो, मुला, गाजर मात्र खाएर जन्डिस निको पार्छु भन्दा शरीरको रोगसँग लड्ने क्षमता कम भएर रोग झन् बल्झिन सक्छ।

भ्रम ८ : जन्डिसमा यौन सम्पर्क गर्नु हुँदैन

धेरैलाई जन्डिस एक सरुवा रोग हो भन्ने भ्रम छ। पहिलो त यो रोग नै होइन, त्यसमाथि सरुवा रोग त हुँदै होइन। जसरी एउटालाई टाउको दुखेको अर्कोलाई सर्दैन, जन्डिस पनि सर्दैन। जन्डिस र यौन सम्पर्कको कुनै सम्बन्ध छैन। इच्छा, चाहना र शरीरमा शक्ति भएमा कुनै छेकबार छैन। यदि जन्डिसका कारण हेपाटाइटिस बी अथवा सी हो भने यी दुवै रोग शारीरिक सम्पर्कबाट सर्न सक्ने भएकाले पुरुषले कन्डम प्रयोग गर्दा सर्ने सम्भावना रोक्न सकिन्छ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In