Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

‘दुलहा-दुलही’


‘दुलहा-दुलही’

दुलहादुलही राति आफ्नो कोठामा थिए । भर्खरै बिहा भएका तिनीहरू प्रेममा उकुसमुकुस थिए । दुलहा त जहिले पनि दुलहीलाई सलक्क निलिहालूँ जस्तै गर्थे । दुलहीचाहिँ दुलहाको त्यस्तो पुरुषार्थमा दाँजा लाग्न नसके पनि दुलहालाई जहिले पनि आँखैमा राखूँ जस्तो गर्थिन्, भन्नुको तात्पर्य के हो भने दुवैमा अगाध प्रेम थियो ।

पद्मालाई जिस्क्याएर कुतकुत्याएको हुँदा सास्ती पाउने डरले पद्म बिछ्यौनाबाट कुदेर कोठाको कुनामा लुक्न पुग्न पनि पाएका थिएनन् दुलहीले प्रहार गरेको तकियाको गोला तिनको टाउकामा आएर खस्यो । त्यस्तो प्रहार माया गर्ने दुलहीले मात्र गर्न सक्छन्, त्यस्तो हलुको रुवा जस्तो ! त्यसरी जिस्किँदाजिस्किँदै तिनीहरू बडा गम्भीर विषयमा वादविवाद पनि गर्न थाल्थे । मुख फुलाएर पिठिउँपिठिउँ टाँसेर सुत्न पनि बेर लाउँदैनथे । कुन प्रसङ्गबाट यो कुरा उठ्यो कुन्नि, तर बहस हुन लाग्यो बडो वेगले ।

पद्मले हाँसेर वेगलाई अचानक थामेर भने, ‘सबै स्वास्नीमानिस त्यस्तै हुन्, शक्तिहीन हृदयको अस्थायी उमङ्गमा बगीबगी हिँड्ने । के तिमीलाई त्यसको प्रत्यक्ष प्रमाण दिऊँ ?’

पद्मा भन्दै गइन्, ‘एकदुई जनालाई देखेर सारा जातिमाथि आक्षेप गर्न पाइँदैन । चरित्रको विषयमा तिनीहरू बडा बलिया हुन्छन् । एकदुई पथभ्रष्टको कुरा बेग्लै हो ।’

पद्मले बडो शान्त भएर भने, ‘तिमीलाई मैले आक्षेप गरेको हो र ? फेरि स्वास्नीमानिस त्यस्ता भए भनेर तिनीहरूको अवहेलना मैले गरेकै होइन । म त तिनीहरूको यो स्त्रियोचित गुण भनिठान्छु । तिनीहरूको समाजमा स्थान नै किन छ ? तिनीहरूको जिम्मेवारी के छ ? लोग्नेमानिसको सुखको प्राप्तिमा सहायक हुनु । तिनीहरूको कर्तव्य हो निर्धा हुनु चरित्रहीन हुनु, अरू शब्द नपाएर चरित्रहीन भनेको नत्र चरित्रहीन भन्न त हुँदैन ।’

पद्माको क्रोधको सीमा रहेन । उनले चिच्च्याएर भनिन्, ‘प्रमाण दिनुपर्छ, त्यसै मनमा जे आयो भन्न पाइँदैन। प्रमाण देऊ ।’

दुलहाले भने, ‘त्यै त म अघिदेखि भनिरहेको छु नि । प्रमाण दिन त म तयार छु ।’

वादविवाद यहाँ आएर टुङ्गियो । दुलहाले प्रमाण दिने अनि मात्र दुलहीले मान्ने, नत्र प्रमाण नदिएको खण्डमा दुलहाले दुलहीसँग स्वास्नीमानिसहरूका विषयमा प्रकट गरेको विचारका निमित्त गोडामा परेर माफी माग्ने । लौ, दुवैले यो मिलापत्र रुचाए ।

दुलहीले भनिन्, ‘लौ, जनकमञ्जरीलाई ।’

दुलहाले भने, ‘हुन्छ ।’

दुलहाको शान्त र विश्वासपूर्ण उत्तर सुनेर दुलही अलिक आत्तिइन् । जनकमञ्जरी कुन्नि कस्ती छन् ? छिटै लहसिन् भने ? उनले भनिन्, ‘जनकमञ्जरी होइन चनमतीलाई।’

दुलहाले उस्तै निश्चल भावले भने, ‘हुन्छ ।’

पद्मालाई चनमतीमाथि पनि विश्वास भएन । उनले भनिन् फेरि, ‘नाई, चनमती अलिक नक्कले छ, उसमा मेरो भरोसा छैन, हरिमायालाई सके पो ।’ त्यसमा पनि दुलहीलाई विश्वास भएन र उनले भनिन्, ‘नाई, यत्रो ठूलो बाजीमा म लरतरो खेल खेल्दिनँ । हरिमाया कस्ती छ कस्ती ?’

पद्मले भने, ‘तिमी त बिस्तारैबिस्तारै मेरै विचारमा आउन थाल्यौ । तिम्रा त्यतिका साथीहरूमध्ये एउटीमाथि पनि तिम्रो भरोसा छैन भने मैले स्वास्नीमानिस चरित्रका विषयमा बडा निर्धा हुन्छन् भनेर के बिराएँ ?’

पद्मा आफ्ना चिनाजानी स्वास्नीमानिसलाई सम्झन थालिन् । उनले झट्ट एउटी बिधुवीलाई सम्झिन्, हरिकृष्णकी बिधुवी पत्नीलाई । तिनले आफूले खोजेकी स्त्री पाउनासाथ टप्प हत्केलाले दुलहाको मुख थुनेर भनिन्, ‘चुप लाग, लौ त हरिकृष्णकी बिधुवीलाई भ्रष्ट पार त, बुझूँ ।’

त्यसमा पनि दुलहाले नाइँनास्ति केही गरेनन् । बिधुवीलाई चरित्रहीन प्रमाणित गर्न सके दुलहाले जित्ने, दुलहीलाई दुलहाको विचार मान्न कर लाग्ने नत्र दुलहीले जित्ने र दुलहाले आफ्नो विचार मात्र छोड्ने, होइन दुलहीको पाउ परेर माफीसम्म माग्ने ।

दुलहीले एउटा सर्त थपिन्, ‘तर पन्ध्र दिनमै प्रमाण दिन पर्छ,  बुझ्यौ ?’

अधीर भएर दुलहाले भने, ‘लौलौ, पन्ध्र दिनमा नै । तर तिमी नरिसाए नि र मलाई धोका दिने नभने । म अलिक स्वच्छन्द आचरण गर्छु, यही पन्ध्र दिनका लागि । ममा शङ्का गर्न पाउँदिनौ नि ।’

पद्माले भनिन्, ‘हुन्छ ।’

भोलि बिहान उठ्ता तिनीहरूका माझमा सानो पर्दा परेजस्तो थियो । दुलही नबोली उठीकन शरीरबाट यताउति सरेको लुगा मिलाउन थालिन् । दुलहा पनि उठेर टाँगेको ऐनाको अघि उभिएर आङ तान्न थाले ।

दुलहीले उनीतिर हेरेर भनिन्, ‘कत्ति न राम्रो छु भनेर ऐना हेरेको होइन ?’ पद्मले नक्कले भएर सोधे, ‘के म राम्रो छैन र ? तिमीलाई मन पर्दिनँ र ?’ दुलहीले खुर्र तिनीनेर गएर टाँसिएर भनिन्, ‘मलाई त तिमी सबभन्दा राम्रो लाग्छौ ।’

फेरि दुवै जना मिलेर खुब हाँसे । बेलुका फेरि सुत्ने बेलामा दुलहीले भनिन्, ‘एक दिन बित्यो नि । अब चौध दिन मात्रै बाँकी छ ।’

दुलहाले भने, ‘थाहा छ ।’

भोलि बिहान उठ्ता फेरि तिनीहरूको व्यवहार अप्ठ्यारो जस्तो भयो । दुलही उठेर सोझै नुहाउन गइन् । दुलहा एकछिन आलेटाले गरेर मुखहात धोएर लुगा फेरेर बाहिर निस्के । फर्केर आएपछि दुलहीले छेडेर सोधिन्, ‘आज कहाँ नि एकाबिहानै ?’

दुलहाले भने, ‘हरिकृष्णका घरमा गएको थिएँ ।’

दुलहीले अचानक रुँलारुँला जस्तो गरिन्, तर बडो बलपूर्वक आफ्नो आकृतिलाई बिग्रन नदिएर भनिन्, ‘ओहो ! त्यसैले त त्यसरी गुन्ड्याई पारेर गएका रहेछौ, फेरि एकाबिहानै ।’

‘के गरूँ चौध दिनमा पनि एक दिन खोट्टियो । बाजी लाइहालें ।’

दुलहीले केही भनिनन् र भान्सातिर लागिन् । राति कोठामा तिनीहरूको केही कुरा भएन। चुप लागेर दुवै सुते । तिनैताक पद्मा एक दिन हरिकृष्णकी बिधुवी पत्नीकहाँ गइन् । तिनलाई देख्नेबित्तिकै विधुवीले स्वागत गरेर भनिन्, ‘ओहो, आज कहाँबाट बाटो बिराएको ? चटक्क माया मार्यौ हो कि ? दैव र सङ्गिनीहरू एकैचोटि विमुख भए ।’

तिनको उज्यालो मुख देखेर पद्मालाई ईर्ष्याले छोयो । झट्ट मनले तर्कना पनि गर्यो, ‘यस्ती उज्याली त यो कहिल्यै पनि थिइन । झन् बिधुवी भएपछि त श्री नै हराएको थियो । यो आज बल्दो तेज कहाँबाट ?’

यो बिधुवीका पहिरनभित्रबाट उसै सुन्दरता र तेज बर्सला झैँ थियो । उनी टोलाएर उभिरहिन् ।

बिधुवीले तिनको हात समातेर भित्र लगेर भनिन्, ‘किन यस्तो अनौठोसँग मलाई हेरिरहिछ्यौ ? ममा अब के बाँकी छ र ? बाँकी भए पनि आफ्ना त मरिहाले ।’

पद्माको मनले फेरि तर्कना गर्यो, ‘यस्ती चञ्चले त यो कहिल्यै पनि थिइन । बडी सोझी होली जस्ती थिई ।’ उनी घर फर्केर आइन् ।

खाने बेलामा दुलहालाई घोच्ने उद्योगले भनिन्, ‘त्यो बिधुवी त खुब राम्री छ हो कि ? बत्ती बालेजस्ती छ, होइन ?’

पद्मले खाँदै भने, ‘अँ, निकै राम्री छ ।’

पद्मा भुतुक्क भइन् । त्यसपछि तिनीहरूको वार्तालाप भएन । राति सुत्ने कोठामा पद्मा एक्कासि रिसाइन्, ‘होइन, तकिया तिमी मात्रै सोरेर राख्ने कि मलाई पनि अलिकति टाउको अडाउन दिने ? कि अर्को बिछ्यौना ला भनेको हो ?’

दुलहाले छक्क परेर भने, ‘किन रिसाएकी ? यतिका ठाउँ छदै छ नि । छेउमा किन सुतेको ? अलि यता सरे तकिया पुगिहाल्छ ।’

पद्माले भनिन्, ‘मलाई टाँसिएर सुत्न मन लाग्दैन ।’

‘त्यसो भए तिमी नै तकिया हाल, मलाई चाहिँदैन ।’ दुलहाले भने ।

दुलहीले पनि उता मुन्टो फर्काएर देब्रे हातको सिरान हालेर भनिन्, ‘चाहिंदैन मलाई तकिया ।’

तकिया न दुलहाले हाले न दुलहीले । यिनीहरू दुवैको माझमा त्यसै चिसो भए त्यो तेर्सिरह्यो । दिनहुँ पद्म बिधुवीकहाँ जान्थे, पद्मा पनि एकदुई दिन बिराएर त्यहाँ पुग्थिन् ।

एक दिन बिधुवीले भनिन्, ‘पद्मा, तिमी आउँछ्यौ, मलाई कति खुसी लाग्छ । म कति एक्ली छु । कति शून्य मलाई लाग्दो हो, तिमी कल्पना नै गर्न सक्तिनौ । तिमी आइदिँदा म एकछिनका निमित्त सुखी हुन्छु नि ।’

पद्माले भनिन्, ‘दिदी, फुर्सत भएपछि म तुरुन्त आइहाल्छु नि । उहाँ नै मलाई एकछिन पनि छाड्नुहुन्न ।’

पद्माले त्यति भनेर आँखा निहुराइन् ।

‘मायाले हो कि ?’ बिधुवीले सोधिन् ।

पद्माले शिर हल्लाएर, ‘हो,’ भनिन् ।

पद्माको कुममा हात राखेर बिधुवीले भनिन्, ‘लोग्नेमानिसको के ठेगान ? दुलहीलाई पनि माया गर्दै जान्छन्, अर्कालाई पनि ताक्छन् । तिनीहरू त बडा नजाती पो हुन्छन् । तर तिम्रा दुलहा त सुशीलसज्जन छन् । त्यस्ता होइन होलान् ।’ पद्माको चिउँडोलाई उठाएर उनले फेरि भनिन्, ‘तिमी कति भाग्यमानी ।’

पद्माले झट्ट मौका पाएर भनिन्, ‘दिदी तपाईंले उहाँलाई चिन्नुभएको छैन । टाढाबाट देख्ता मात्र सुकिलो हुनुहुन्छ । यसो छाला कोट्टयाएर हेर्यो भने सब पुरुष एकनास हुन्छन्, पशुव्यभिचारी ।’

विधुवीले पद्माको मुख थुन्दै भनिन्, ‘छिःछिः पद्मा, के भनेकी ? आफ्नो पतिलाई त्यस्तो कुरा भन्न हुन्छ ? तिम्रा पति त असल छन्, रत्न छन् ।’

पद्मालाई रन्न रिस उठ्यो । मनमनमा भनिन्, ‘किन असल नहुनु । दुलही हुन आँटेकी छौ, पतिता, भ्रष्टा !’

त्यसपछि तिनले बिधुवीकहाँ जान छाडिन् । घरमा त्यसै फुलेर बसिरहन्थिन् । दुलहा र दुलहीमा कुराकानी हुन छाड्यो । पद्मा अकारण रिसाउन थालिन् । नोकरहरूको त सातो लिन्थिन् । १४ दिन भएपछि तिनको दशा दयनीय भयो । सारा देहमा आगो लागेको जस्तो भए उनी छटपटाउन थालिन् । कोठाकोठा चहार्न थालिन्, कहिले भान्सा, कहिले भण्डार, कहिले सुत्ने कोठा, कहिले बैठक । तर तिनले कहाँ शान्ति पाइनन् ।

तिनी दगुर्दै फेरि धेरै दिनमा विधुवीकहाँ गइन् । बिधुवीले तिनी आएको उति रुचाएको जस्तो गरिनन् । कुरा पनि धेरै भएन । पद्मा हतोत्साह भएर घर फर्किन् । तिनले एक्कासि भयानक शून्यको अनुभव गरिन् । सारा देहमा चिसो पस्यो । तिनी उभिन नसकेर ओछ्यानमा पछारिइन् र भक्कानो छोडेर रुन लागिन् । रुँदारुँदा तिनलाई अलिक शान्ति भयो । तिनी शिथिल भएर निदाइन् ।

पद्म आए । तिनले पद्मालाई हल्लाएर उठाए, ‘के कुटाइममा सुतेकी, पद्मा ?’

पद्मा आँखा मिच्दै उठिन् । निर्धो भएको जस्तो त पद्मालाई लाग्यो, तर चित्त शान्त थियो । उनमा जोस पनि थिएन, उमङ्ग पनि थिएन। एकदम शिथिल भएकी थिइन् ।

राति दुलहाले कोट्टयाएर पद्मालाई भने, ‘पद्मा, आज चौधौं दिन हो ।’

पद्माले बिस्तारै भनिन्, ‘थाहा छ,’ र उता फर्केर सुतेको जस्तो गरिन् ।

तर तिनका दुलहाले तिनको आङ हल्लेको थाहा पाएर उनलाई आफूपट्टि फर्काउने प्रयत्न गरेर भने, ‘किन पद्मा, रोएकी ? के भयो हँ ?’

त्यति भन्नु के थियो पद्मा झन् तकियामा मुन्टो गाडेर घुँक्क घुँक्क रुन थालिन् ।

पद्म महान् आश्चर्यमा परे । उनले सोधे, ‘भन न प्राण, के भयो ! तिमी अचेल मसँग त्यसै रिसाउँछ्यौ, तिम्रो व्यवहार पनि अनौठो भएको छ । म त अन्योलमा परेको छु ।’

पद्माले रुँदैरुँदै भनिन्, ‘तिमीलाई मेरो माया भए पो । म त तिम्रो को हुँ !’

पद्मले उनको पिठ्यूँ सुमसुम्याउँदै भने, ‘पद्मा, तिमी किन यस्तो अमङ्गल वाक्य मुखमा ल्याउँछ्यौ ? तिमी त मेरो जीवनको प्रकाश, मेरी आशा, मेरी रोषा ।’

पद्माले सुँक्क गरेर नाके बोलीमा भनिन्, ‘त्यसो भए किन त्यो बिधुवीसँग यसरी लहसिएको त ? किन त्यसलाई त्यस्तो माया गर्न थालेको त ?’

पद्मले हाँसेर भने, ‘कस्ती लुच्ची, आफै भने, आफै पन्ध्र दिनको म्याद दिने र आफै मदेखि रिसाउने । मैले पहिले नै भनेको थिएँ नि ममाथि शङ्का नगरे ।’

‘पर्दैन त्यो बिधुवीसित सम्बन्ध बढाउन ।’

‘तर मेरो बाजी नि ? जित्न आँटिसकेको छु।’

‘लौ, मैले हारें । बाजी तिमीले नै जित्यौ, मैले हारें । मलाई प्रमाण चाहिंदैन ।’

पद्मले भने, ‘त्यसो भए तिमी पनि स्त्रीजातिका सम्बन्धमा मैले जस्तो विचार प्रकट गरेर त्यसलाई समर्थन गर्छ्यौ ?’

‘गर्छु बाबा, गर्छु ।’ पद्माले अधीर भएर भनिन् ।

-विपी कोइराला

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In