नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे दाउ नहान्न आग्रह गरेका छन्।खेल्ने भए सिधै खालमा आउन थापाले आग्रह गरे।
कांग्रेस गुल्मी सम्मेलनमा शनिबार बोल्दै थापाले भने, ‘राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन। च्याँखे दाउ नहान्नुस् महाराज’, थापाले भने, ‘खेल्ने भए सिधै खालमा आए हुन्छ, कांग्रेस भिड्न तयार छ। बकाइदा भिड्न तयार छ।’
राजनीति गर्ने भए पार्टी खोलेर चुनाव लड्न थापाले पूर्वराजा शाहलाई आग्रह गरेका छन्।
जाने पार्टी खोल्ने, चुनाव लड्ने। हाम्रो संविधानले दिन्छ’, उनले भने, ‘राजाहरूकै बदनियतका कारण नेपालमा राजसंस्था गएको हो।’














