Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

जाडो मौसममा सुन्दरताको चिन्ता


जाडो मौसममा सुन्दरताको चिन्ता

जाडो बढ्दै जाँदा छालामा अनेकन प्रभाव देखा पर्छन्। जाडो महिना सुरु भएदेखि छाला नै सुख्खा हुन थाल्छ। जाडो बढ्दै जाँदा अनुहार फुट्ने क्रम बढ्दै जान्छ। वातावरण सुख्खा हुने भएकाले अनुहारमा मोइस्चराइजरको आवश्यकता पर्छ। चिल्लो प्रयोग गर्दा अनुहारको छाला फुट्न तथा चाउरी पर्न पाउँदैन।

केही ‘टिप्स’

जाडो महिनामा तातोपानीले नुहाउँदा छालाको प्राकृतिक नरमपन कायम रहन पाउँदैन फलस्वरूप छाला सुख्खा हुन्छ।

जाडो महिनामा एन्टिसेप्टिक साबुनको साटो क्रिम बेस्ट साबुन प्रयोग गर्नुपर्छ। त्यसका अतिरिक्त नुहाउँदा बेसन तथा दही प्रयोग पनि गर्न सकिन्छ। बढी साबुनको प्रयोगले छालालाई सुख्खा बनाई चाउरीपन ल्याउँछ।

हप्तामा एकपटक स्किन एक्सफोलिएट गर्नुपर्छ। यसले छालामा भएको डेड स्किन निकाल्छ भने मोइस्चराइजरले छालाको भित्र गएर त्यसलाई नरम बनाउँछ। अधिक एक्सफोलिएसनबाट पनि जोगिनुपर्छ किनभने छाला सुख्खापन हुनुका साथै पोल्न पनि सक्छ।

भोजनमा जुस, मौसमी तरकारी तथा फल आदि समावेश गर्नुपर्छ। प्रशस्त मात्रामा पानी पिउनुपर्छ। पानीले छालालाई डिहाइट्रेट हुन दिँदैन। अल्ट्राभ्वाइलेट किरणले गर्मीमा मात्र होइन जाडोमा समेत असर पुर्‍याउँछ। त्यसैले जाडोमा पनि सनस्क्रिन क्रिम लगाउनुपर्छ।

सुख्खा छालालाई मोइस्चराइज गर्न पेट्रोलियम जेली प्रयोग गर्न सकिन्छ।

जाडो मौसममा पूरै दिन छालालाई नरम राख्नुपर्छ। यसका लागि कुनै पनि बडी लोसन छनोट गर्न सकिन्छ।

अल्कोहलयुक्त स्किन प्रोडक्ट तथा हेयर स्टाइलिङ प्रोडक्टबाट टाढै रहनुपर्छ। अल्कोहलले छालाको नरमपन समाप्त पारी त्यसलाई ड्राइ बनाउँछ। त्यसैले जाडोमा अल्कोहल फ्री उत्पादन प्रयोग गर्नुपर्छ।

जाडोमा हातखुट्टा, कुर्कुच्चा, कुहिना आदिमा मोइस्चराइजर लगाउनुपर्छ। सिया बटर, पेट्रोलियम मिनरल ओइल, टिट्री ओइल तथा ग्लिसरिन आदि भएको उत्पादन प्रयोग गर्नुपर्छ।

सुख्खा छाला

एलोबेरा, क्याटस तथा कागतीयुक्त क्लिन्जर प्रयोग गर्नुपर्छ। एलोबेराले छालालाई नरम बनाउँछ। त्यसमा पाइने एन्टी अक्सिडेन्टले नयाँ सेल बनाउने प्रक्रियालाई तीव्र बनाउँछ। एलोबेरा क्लिन्जरले छालालाई कोमल बनाउँछ।

प्रत्येक रात भिटामिन ए तथा भिटामिन इयुक्त एन्टी एजिङ क्रिममा थोरै पानी मिसाएर अनुहारमा लगाउनुपर्छ।

जाडो मौसममा अरू प्रकृतिको छालाको तुलनामा ड्राइ स्किनको बढी हेरचाह गर्नुपर्छ। ड्राइ स्किन भएकाहरूले साबुन प्रयोग गर्नुहुँदैन। यसको साटो हर्बल बडी वास वा फेसवास प्रयोग गर्नुपर्छ।

नुहाएपछि छाला केही नरम हुन्छ। यतिबेला बडी लोसन लगाउनुपर्छ। यसले शरीरमा मोइस्चर लक गराउँछ।

घरेलु उपाय/तरिका

बदामको तेल राम्रो होम रिमेडी हो। बदामको तेल लगाउँदा सुख्खा छाला पनि कोमल हुन्छ।

त्यसका साथै एलोबेरा एक्स्ट्राक्टले पूरै शरीर मसाज गराउनुपर्छ। यसले छालाको रुखोपन हटाउँछ जसले गर्दा छाला नरम हुन्छ।

महमा गुलाबजल मिसाएर लगाउनुपर्छ यसले ड्राइ स्किनलाई मोइस्चराइज गर्नुका साथै स्किन टोन हुन्छ।

कागतीको रस एबोकाडोमा मिसाएर अनुहारमा लगाउँदा पनि छाला सफा हुन्छ।

फुटेको ओठ

ओठ हाम्रो अरू छालाको तुलनामा निक्कै कमलो हुन्छ त्यसैले यसको विशेष हेरचाह गर्नुपर्छ। फुटेको ओठमा लिम बाम लिप बाम, ओलिभ ओइल, भिटामिन इ तथा सिया बटर पनि लगाउन सकिन्छ।

एलोबेरा तथा ग्लिसरिन दुवै मोइस्चराइजेसनका लागि उपयुक्त विकल्प हुन्। एलोबेरा जुस वा ग्लिसरिन लगाएर ओठलाई नरम बनाउन सकिन्छ। जाडोमा यसलाई दिनहुँ प्रयोग गर्दा ओठ फुट्दैन।

राति सुत्नुभन्दा पहिले तोरीको तेल नाइटोमा लगाउनुपर्छ। यसरी सुत्दा ओठ नरम हुन्छ।

फुटेको ओठ नरम बनाउन काँक्राको जुस फुटेको ओठमा लगाएर १५ मिनेटपछि धुनुपर्छ।

कोस्टर ओइलको सहायताले पनि ओठलाई नरम बनाउन सकिन्छ। फुटेको ओठमा थुक लगाउनु हुँदैन।

लिपिस्टिकप्रेमी महिलाहरूले जाडोमा लिपग्लस प्रयोग गर्नुपर्छ। लिपिस्टिक लगाउनुअघि ओठमा पेट्रोलियम जेली लगाउनुपर्छ।

फुटेको कुर्कुच्चा

सुत्नुभन्दा पहिले खुट्टालाई मनतातो पानीमा डुबाएर १५ मिनेट राख्नुपर्छ। एप्रिकोट क्रिम लगाएर रातभरि रहन दिनुपर्छ। नियमित यो उपाय अवलम्बन गरे फुटेको कुर्कुच्चाको समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ।

कुर्कुच्चामा दिनहुँ स्क्रब गरेर मोइस्चराइरजर लगाउनुपर्छ।

सुत्न जानुभन्दा पहिले पेराफिन वाक्स पगालेर त्यसमा थोरै तोरीको तेल मिसाउनुपर्छ। यसको मिश्रणलाई फुटेको ठाउँमा लगाउनुपर्छ

तिल वा नरिवलको तेलले प्रत्येक रात मालिस गर्नुपर्छ।

पाकेको केरालाई मसलेर कुर्कुच्चाको फुटेको ठाउँमा लगाउनुपर्छ। १५ मिनेट राखेर त्यसलाई धुनुपर्छ। यसबाट फुटेको कुर्कुच्चाको समस्या हल हुन्छ।

मनतातो पानीमा नुन हालेर त्यसमा आफ्नो खुट्टा केही समय डुबाउने। यो प्राकृतिक पेडिक्योर पनि हो।

जाडोमा छालाको स्याहार कसरी गर्ने त?

जाडो मौसममा छाला रुखो, सुख्खा तथा फुस्रो हुन्छ। यस्तो बेला छालालाई सुन्दर, चम्किलो एवं मुलायम राख्न राम्रोसँग हेरचाह गर्नुपर्छ। छालामा सुख्खापन देखापर्नासाथ दिनको २-३ पटक मोस्चराइजर लगाउनुपर्छ। आफ्नो छालामा वाटर बेस्ड क्रिम वा मोस्चराइजर लगाउन सकिन्छ। बडी लोसन वा जैतुनको तेल पनि उपयुक्त हुन्छ।

जाडोका लागि स्पा टि्रटमेन्ट पनि एकदमै राम्रो विकल्प हुनसक्छ। स्पा लिँदा शरीरको सबै फोहोर हट्छ जसले छालामा जम्मा भएर रहेको अतिरिक्त तेल पनि बाहिर निकाल्छ। त्यस्तै समय-समयमा छालामा स्क्रब गर्नुपर्ने वरिष्ठ सौन्दर्यविद् लक्ष्मी श्रेष्ठ बताउँछिन्। श्रेष्ठका अनुसार स्क्रब गर्दा छालाका मृतकोषिकाहरू निस्कन्छन् र छाला नरम तथा चम्किलो हुन्छ। स्क्रब गर्दा छालाको छिद्र खुल्ने भएकाले अनिवार्य रूपमा फेसप्याक लगाउनुपर्ने श्रेष्ठले बताइन्।

जाडोमा चिसो हावाले शरीरको देखिने अनुहारको भाग तथा हातखुट्टाको छाला फुट्छ र सुख्खा पनि हुन्छ। त्यसैले यो मौसममा अनुहारका साथै हातखुट्टामा पनि विशेष ध्यान पुर्‍याउनुपर्छ। हातखुट्टालाई मनतातो पानीले सफा गरेर मोस्चराइजर वा लोसन लगाउन सकिन्छ भने सुत्नुअघि नियमित ग्लिसिरिन लगाउँदा पनि निकै फाइदा हुन्छ।

बनाना प्याक : एउटा केरा, एक चम्चा चिनी तथा एक चम्चा बेसनको पेस्ट बनाएर राति सुत्नुअघि डार्क सर्कल तथा फुटेका हातखुट्टामा लगाउने र सुकेपछि सफासँग धुने। यसले हातखुट्टा फुट्न दिँदैन र मुलायम रहन्छ।

मिल्क पाउडर प्याक : दुई चम्चा पाउडर दूध, दुई चम्चा चिनी तथा एक चम्चा गुलाब जल मिसाएर आधा घन्टा त्यत्तिकै राख्ने। गाढा भएपछि केही थोपा गुलाब जल हाल्ने। यसरी तयार पारिएको प्याक हातखुट्टामा लगाई १५ मिनेटपछि पखाल्ने। यसबाट हातखुट्टाको छालामा चमक आउनुका साथै नरम पनि हुन्छ।

फेसप्याक : एक चम्चा पुदिनाको पेस्ट, एक चम्चा मुलतानी माटो तथा एक चम्चा गुलाब जल मिसाएर आधा घन्टा त्यत्तिकै राख्ने। आधा घन्टापछि अलिकति दही राम्रोसँग मिसाएर पूरै अनुहारमा दल्ने। यो प्याक लगाएको १५ मिनेटपछि सफासँग अनुहार धुने। यो उपाय हप्ताको एकपटक अवलम्बन गर्दा अनुहार आकर्षक तथा चम्किलो देखिन्छ।

जाडोमा केश र अनुहारको सुरक्षा

जाडोमा अनुहारको छाला तथा केशमा विभिन्न किसिमका समस्या देखिनु स्वाभाविक हो। यद्यपि यसलाई बेवास्ता गर्ने हो भने समस्या थप जटिल बन्न सक्छ। त्यसैले अनुहार तथा केशको सौन्दर्य कायम राख्न प्राकृतिक विधि अपनाउनु उत्तम हुन्छ।

शरीरमा पानीको मात्रा सन्तुलित राख्ने हो भने यस्ता समस्याबाट छुटकारा प्राप्त गर्न सकिन्छ। त्यसका लागि पर्याप्त पानी पिउनुपर्छ। झोलयुक्त पदार्थको सेवन लाभदायक हुन्छ। खानामा हरियो सलाद सामेल गर्नुपर्छ। ताजा मौसमी फलफूल खानुपर्छ। यतिबेला सुन्तला, अमला आदि मौसमी फलहरू खानुपर्छ। प्रत्येक दिन एउटा स्याउ खानु फाइदाजनक हुन्छ। यसमा पानीको मात्रा ८० प्रतिशत हुन्छ।

सौन्दर्य प्रसाधनको प्रयोग

घरबाट बाहिर निस्कनुअघि हल्का मेकअप गर्नु उपयुक्त हुन्छ जसले अनुहारको सौन्दर्यलाई सुरक्षित राख्न मद्दत गर्छ। यद्यपि बजारमा पाइने कमसल सौन्दर्य प्रसाधन जथाभावी प्रयोग गर्नु हुँदैन। सम्भव भएसम्म प्रोफेसनल प्रसाधन खरिद गर्नुपर्छ। यस किसिमको सौन्दर्य प्रसाधन तुलनात्मक रूपमा महँगो हुनुका साथै विशेष ठाउँमा मात्र उपलब्ध हुन्छन्।

मेकअपअघि क्लिजिङ गर्नुपर्छ। हातमा दुई थोपा जति क्लिजिङ मिल्क लिएर अनुहारमा लगाउने। त्यसलाई तुरुन्तै चिसो पानीले पखाल्ने। यसले धूलो-मैलो हटाएर अनुहार सफा बनाउँछ। त्यसपछि टोनर लगाउनुपर्छ अनि मोस्चराइजर क्रिम लगाउन सकिन्छ। मोस्चराइजर क्रिम फाउन्डेसन क्रिमजस्तै थोरै लगाए हुन्छ। यद्यपि ओइली फेस छ भने मोस्चराइजरको साटो एस्टि्रन्थ जेल लगाउनुपर्छ। यी सबै काम सकेपछि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ। यस किसिमको मेकअप झट्ट हेर्दा देखिँदैन।

सन प्रोटेक्सन क्रिमको विकल्पमा लिक्विड फाउन्डेसन पनि प्रयोग गर्न सकिन्छ। त्यसमा सन प्रोटेक्सन पनि संमिश्रण गरिएको हुन्छ।

बजारमा पाँच किसिमका फाउन्डेसन पाइन्छन्। टिन्ट, लिक्विड, केमोफ्लोग, क्रिम तथा स्टिक फाउन्डेसन। यी सबैको कभरेज अलग-अलग हुन्छ। टिन्ट फाउन्डेसन बिहान लगाउन सकिन्छ। यसले मेकअप गरेजस्तो देखिँदैन। लिक्विड फाउन्डेसन मध्यान्हमा प्रयोग गर्न सकिन्छ। साँझ स्टिक फाउन्डेसन प्रयोग गर्न सकिन्छ। यसको कभरेज अलि वढी हुन्छ। केमोफ्लोग फाउन्डेसन पोर्टफोलियोमा प्रयोग गर्न सकिन्छ भने क्रिम र स्टिक फाउन्डेसन ब्राइडलमा प्रयोग गर्न सकिन्छ।

बेलुकी घर फर्किएपछि अनिवार्य रूपमा मेकअप उतार्नुपर्छ। फेसवास, ओलिभ ओयल वा क्लिजिङ मिल्कमध्ये कुनै एकले मेकअप सफा गर्न सकिन्छ। त्यसपछि टोनर र मोस्चराइजर लगाउनु उपयुक्त हुन्छ।

अनुहारको छाला ओइली छ भने राति सुत्नुअघि प्याज खानु लाभदायक हुन्छ। प्याजमा एन्टिअक्सिडेन्ट पाइने भएकाले यो स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

कपालको सौन्दर्य

केश रुखो हुने, हाँगा फाट्ने, चायाँ आउने समस्याबाट छुटकारा पाउन केशलाई नियमित रूपमा सफा गर्नुपर्छ। अमोनिया केयर, हेयर स्पा, हेयर मास्कजस्ता विधिबाट केशको रुखोपन हटाउन सकिन्छ जसले केशलाई जरैदेखि बलियो बनाउन मद्दत गर्छन्। दुई दिन बिराएर स्याम्पुले केश नुहाउनुपर्छ। स्याम्पुको प्रयोग केशको प्रकृतिअनुसार गर्नु उपयुक्त हुन्छ। नुहाइसकेपछि हेयर कन्डिसनर प्रयोग गर्नुपर्छ तर त्यसलाई केशको जरासम्म लगाउनु हुँदैन। कन्डिसनर लगाएको दुई मिनेटपछि केश पखाल्नुपर्छ। भिजेको केशमा हेयर कोट वा हेयर सिरम लगाउन सकिन्छ। यदि केश ओइली छ भने कन्डिसनर लगाउनु हुँदैन।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In