मध्यपहाडी लोकमार्गअन्तर्गत रूकुम खण्डको गोइरीज्युलामा जिप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका-१०, खोलागाउँबाट जिल्ला सदरमुकाम खलंगातर्फ आइरहेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी-८ मा दुर्घटनामा परेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार घाइते २२ मध्ये ७ जनाको अवस्था गम्भीर छ । घाइतेहरूको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ।
जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।














