Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

अष्ट्रेलियालाई छैठौं पटक एकदिवसीय विश्वकपको उपाधि


अष्ट्रेलियालाई छैठौं पटक एकदिवसीय विश्वकपको उपाधि

ट्रेभिस हेडको शानदार शतकीय ब्याटिङ मद्दतमा अष्ट्रेलियाले आयोजक भारतलाई उसकै घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै छैठौं पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छा

रोहित शर्माको अपराजित टोली भारतले आइतबार एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा भने अस्ट्रेलियाको अगाडि कमजोर योगफल खडा गरेको हो । १० वर्षे उपाधि खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा उत्रिएको भारतीय टोलीले करिब १ लाख ३० हजार दर्शकका अगाडि फितलो प्रदर्शन गरेको हो।

भारतले दिएको २४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। पहिलो तीन विकेट ४७ रनमा गुमाएपनि ट्राभिस हेड र मार्नुस लाबुसेनले अस्ट्रेलियाको पारीलाई सम्हाल्दै लगेका थिए । ट्राभिसले सतकीय पारी खेले । उनले १२० बलमा १३७ रन बनाए । यस्तै, मार्नुसले पनि अविजित रहँदै आफ्नो अर्धसतक पुरा गर्न सफल भए। लाबुसेन र हेडले १ सय ९२ सानदार शतकीय साझेदारी गर्दै च्याम्पियन बनाए ।

अस्ट्रेलियाले पहिलो विकेटका रुपमा डेभिड वार्नरलाई मात्र ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । मोहम्मद सामीको बलमा विराट कोहलीले उनलाई स्लिपमा क्याच आउट गरेका थिए । यस्तै मिचेल मार्सले पनि अस्ट्रेलियाको योगफलमा केवल १५ रन मात्रै जोड्न सके । उनी जसप्रित बुमराहको बलमा आउट भए । बुमराहले नै स्टिभन स्मिथलाई पनि केवल ४ रनमा पेभेलियनको बाटो देखाएका थिए ।

भारतका जसप्रित बुमराहले २ विकेट लिँदा मोहमद सामी र मोहमद सिराजले एक एक विकेट लिए ।

विश्वकप फाइनलमा अस्ट्रेलियाले टस जितेपछि भारतलाई पहिलो ब्याटिङ गर्न बोलाएको थियो । भारतका स्टार ब्याट्स्म्यानहरूले सोचे अनुरुपको खेल विश्वकपको फाइनलमा प्रदर्शन गर्न नसकेपछि अस्ट्रेलियाले मात्र २४१ रनको लक्ष्य प्राप्त गरेको थियो।

भारतीय ब्याटिङ क्रम अस्ट्रेलियाको बलिङ अगाडि निरिह बनेसँगै अस्ट्रेलियाली टोलीले भारतमाथि खेलको सुरु देखि नै दबाब कायम गर्न सफल भएको थियो । भारतले ४९.५ ओभरमा सबै विकेट गुमाएर केवल २४० रन बनाउन सक्यो ।

भारतका लागि केएल राहुल र विराट कोहलीले अर्धशतक बनाए भने अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए ।

राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाएका थिए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए ।

कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।

भारतले सुरुवाती १० ओभरमा ८० रन बनाएपनी तेस्रो विकेटको पतनपछी खासै प्रदर्शन सम्झन लायक रहेन।

अष्ट्रेलियाका तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भए ।

स्पिनर ग्लेन म्याक्सवेलको १० औं ओभरको चौथो बलमा रोहित शर्मा ४७ रनमा आउट भए । कभरमा ट्रविस हेडले एक सानदार क्याच लिएपछि रोहित पेभेलियन फर्केका थिए । त्यो नै भारतको हारको प्रमुख कारण थियो ।

त्यसपछि कुनै पनि भारतिय ब्याटरले राम्रो गर्न सकेनन् । भारतले १० ओभरपछी अर्को बाउन्डी ९७ बल पछी प्रहार गरेको थियो ।

प्याट कमिन्सको १० औं ओभरको दोस्रो बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भएका थिए । चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेका थिए ।

प्याट कमिन्सको २९ औं ओभरको तेस्रो बलमा कोहली ५४ रनमा आउट भए । कोहली आउटसँगै ठूलो योगफलको सम्भावना पनि सकिएको थियो ।

रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भए । सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भए । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले ३ तथा जोस हेजलवुड र प्याट क्युम्मिन्सले २-२ विकेट लिएका थिए ।

भारतले लिगमा सबै खेल जितेको थियो ।अष्ट्रेलियालाई भारतले ६ विकेटले हराएको थियो ।

यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा अष्ट्रेलियाले उपाधि जितेको थियो । भारतको भने २०११ पछि उपाधी जित्ने सपना पुनः अधुरै रह्यो ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In