Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

कोहलपुरको गौरव : अत्याधुनिक बसपार्क


कोहलपुरको गौरव : अत्याधुनिक बसपार्क

बाँकेको कोहलपुरमा पुग्ने हरेक यात्री अत्याधुनिक बसपार्क देखेर मक्ख पर्छन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे अनि साँघुरो बसबिसौनीबाट हैरानी व्यहोर्दै आएका यात्री हिजोआज यसको फेरिएको संरचनाका कारण मक्ख परेका हुन् ।

अहिले कोहलपुरको पहिचान नै बनेको छ नयाँ बसबिसौनी । यसको समग्र व्यवस्थापनको जिम्मा लिएको बागीश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्य पूर्व–पश्चिम राजमार्गको छेउमै देखिने सेतो भवन र आसपासमा बनेका चिटिक्क परेका अन्य संरचनाले एकपटक यात्रीको ध्यान खिच्ने गरेको बताउँछन् ।

कोहलपुर चौराहमा फलफूलको व्यापार गर्दै आएका खड्कबहादुर थापा नयाँ बसबिसौनी आकर्षणको केन्द्र बनेको बताउँदै भन्छन्, ‘पहिला–पहिला त यहाँ आउने हरेक मान्छेले के बन्न लागेको भनेर सोधेर हैरान पार्थे, आजभोलि धेरै उतै जान्छन्, फोटो खिचाउँछन्, फलफूल किन्न आउने मान्छेको नजर त्यता जान्छ कति राम्रो बसपार्क भन्छन् ।’

पूर्व–पश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्गको मिलनबिन्दु कोहलपुर चौराह नजिकै पाँच बिघा १६ कठ्ठा जमिनमा अत्याधुनिक बसपार्क निर्माण भएको छ । यो बसपार्क नेपालभरिकै आधुनिक हुनुका साथै यात्रु र यातायात व्यवसायीका लागि सबै प्रकारका सुविधा उपलब्ध रहेको कोहलपुर नगरपालिकाका पूर्वाधार विकास प्रमुख इञ्जिनियर बालकृष्ण महतारा बताउँछन् ।

इञ्जिनियर महताराका अनुसार बस चल्ने दूरीका हिसाबले बसपार्कलाई तीन भागमा विभाजन गरेर पार्किङको व्यवस्था गरिएको छ । बाहिर निस्कन बेग्लै ढोका छन् । बसपार्कभित्र व्यापारिक प्रयोजनका लागि सटर राखिएका छन् । उत्तरतर्फ भण्डारणसहितका २९ वटा ठूला सटर छन् । दक्षिणतर्फ भण्डारणबिनाका ३० वटा सटर छन् ।

बसपार्कभित्रै निर्माण गरिएका ५९ वटै सटरमा व्यवसाय सञ्चालन भइसकेको छ । व्यापारिक भवनसँगै जोडिएका १० कोठामा २० वटा टिकट काउन्टर छन् । सुरक्षाकर्मीका लागि पनि भवन बनेको छ ।

बसपार्कभित्र विद्युतीय गाडी प्रवर्द्धन गर्ने उद्देश्यले करिब रु एक करोडको लागतमा नेपाल विद्युत् प्राधिकरणले दुई वटा चार्जिङ स्टेशन पनि बनाएको छ । यहाँ मेडिकल काउन्टर पनि बनाइएको छ । टर्मिनल भवनमा यात्रु प्रतिक्षालय छ, स्तनपान कक्ष पनि अलग्गै छ ।

बसपार्कका शौचालय सुविधायुक्त छन् । बसपार्कभित्र जहाँसुकै धूमपान गर्न पाइने छैन । निर्धारित ठाउँमात्र त्यसो गर्न पाइन्छ । यहाँ तीन थान हाइमास्ट लाइट राखिएका कारण राति पनि झलमल्ल हुने गरेको छ ।

बसपार्कमा एकपटकमा लामो र मध्यम दूरीका कम्तीमा ५० वटा ठूला तथा छोटो दूरीका कम्तीमा २० वटा बस अटाउने क्षमता छ । भदौ १ गतेदेखि यो बसपार्कबाट लामो र छोटो दूरीका बस सञ्चालनमा भएका छन् । टिकट काट्ने र यात्रुलाई सहजताका लागि सबै सुविधाको व्यवस्थापन गरेर बसपार्कभित्र ठूला तथा साना बस छुट्ने र पार्किङ गर्ने स्थान फरक–फरक व्यवस्था गरिएको छ ।

बसपार्क व्यवस्थापनका लागि वार्षिक रु ७१ लाख ७७ हजार सात सय ७७ नगरपालिकालाई तिर्ने गरी बागीश्वरी यातायात व्यवसायी प्रालिले सम्झौता गरेको छ । नेपालकै अत्याधुनिक दाबी गरिएको यो बसपार्क रु ३० करोड ६२ लाख सात हजार सात सयको लागतमा निर्माण गरिएको हो । बसपार्क निर्माणका लागि नगर विकास कोषबाट रु १८ करोड ३७ लाख २४ हजार छ सय २१ ऋण लिइएको छ भने नगरपालिकाले रु १२ करोड २४ लाख ८३ हजार ८० लगानी गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बसपार्क निर्माणका लागि ६० प्रतिशत ऋण लगानी नगर विकास कोषले गरेको र ४० प्रतिशत कोहलपुर नगरपालिकाले गरेको बताए । उनले नगर विकास कोषलाई वार्षिक आठ प्रतिशत ब्याज तिर्ने गरी २० वर्षका लागि कोषसँग ऋण सम्झौता गरिएको जनाउँदै बसपार्कमा बस पार्किङ, टिकट काउन्टर, सपिङ कम्प्लेक्स, तीनवटा प्लेटफर्म र बसपार्कभित्रै व्यावसायिक सटरसँगै विद्युतीय चार्जिङ स्टेशनको व्यवस्था पनि मिलाइएको बताए ।

कोहलपुरको गौरव गर्ने योजनाको रूपमा रहेको लामो दूरीमा चल्ने बस राख्न मिल्ने अत्याधुनिक बसपार्क सञ्चालनमा आएपछि कोहलपुरको स्वरुपमै परिवर्तन आएको नगरपालिकाका पूर्वप्रमुख लुटबहादुर रावतले बताए ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In