अलराउन्डर इन्दु वर्मा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएकी छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले विहिबार हङकङ टुरको लागि घोषणा गरेको टोलीमा इन्दुलाई कप्तानको जिम्मेवारी दिइएको हो । यसअघि टोलीको कप्तान रहेकी रुविना टोलीको सदस्य रहँदा बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ । पुर्व उपकप्तान सीता राना मगर पनि टोलीमा सदस्य छिन् । टोलीमा कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहेका छन् ।
हङकङ सिरिज खेल्ने नेपाली टोली :
इन्दु बर्मा (कप्तान), बिन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सीता राना मगर, अस्मिना कर्मचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमी विष्ट, पूजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन ।














