Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

क्रिकेटमा विराटको ‘विराट’ रुप


एकदिवसीयमा सर्वाधिक शतक प्रहार गर्ने कीर्तिमानीमा कोहलीको बराबरी

भारतीय राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहली आइतबार ३५ वर्ष पूरा भए। आफ्नो ३५औं जन्मदिन विराटका लागि विशेष बन्यो।

विराटले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने कीर्तिमान बराबरी गर्न सफल भए।

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत कोलकतामा दक्षिण अफ्रिकाविरूद्ध नटआउट १०१ प्रहार गरेसँगै विराटले सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गर्न सफल भए।

विराटको कुल अन्तर्राष्ट्रिय शतक ७९ पुगेको छ। उनले टेस्टमा २९ र टी-२० मा एक शतक प्रहार गरेका छन्।

एकदिवसीय र टेस्ट गरी कुल सय शतक प्रहार गरेका सचिनले आइतबार नै विराटलाई बधाइ दिए। उनले आफ्नो कीर्तिमान भंग गर्न विराटलाई शुभकामना समेत दिए।

भारतमा जारी विश्वकपमा विराटले दुई शतक र चार अर्धशतक प्रहार गरिसकेका छन्। ३५ वर्ष पुगे पनि विराटको ब्याटिङ क्षमतामा कुनै कमी आएको छैन।

अहिले विश्व क्रिकेटमा विराटलाई महान् ब्याट्सम्यान सचिनको उत्तराधिकारीको रूपमा लिने गरिन्छ।

हुन त सन् २०१२ को मार्चमा सचिन आफैँले विराट आफ्नो उत्तराधिकारी हुने भविष्यवाणी गरेका थिए।

हालै मुम्बईमा भएको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बैठकमा क्रिकेटलाई २०२८ लस एन्जलस ओलम्पिकमा समावेश गर्ने ऐतिहासिक निर्णय हुँदा विराटको उदाहरण दिइएको थियो।

पूर्व ओलम्पियन तथा सन् २०२८ ओलम्पिक-प्यारालम्पिक खेलकुदका खेल निर्देशक निकोलो क्याम्परियानीले बैठकमा क्रिकेटको लोकप्रियताको बारेमा पनि कुरा गरेका थिए।

‘विराट कोहली अहिले सामाजिक सञ्जालमा तेस्रा सबैभन्दा लोकप्रिय खेलाडी हुन्। उनका ५४ करोडभन्दा बढी फलोअर्स छन्। सामाजिक सञ्जालमा तीन अमेरिकी सुपरस्टार लेब्रोन जेम्स, टाइगर वुड्स र टम ब्राडीका फलोअर्सलाई एकै ठाउँमा राख्नुहुन्छ भने पनि विराटका उनीहरुभन्दा धेरै फलोअर्स छन्,’ उनले भनेका थिए।

यो ‘ब्रान्ड कोहली’ क्रिकेटका लागि पनि फाइदाजनक भएको छ। तर विराटका लागि यो सफलता हासिल गर्ने बाटो सजिलो थिएन। उनले धेरै कठिनाइको सामना गर्नुपरेको थियो।

सन् २००६ मा उनको बुबा प्रेम कोहलीको निधन भएको थियो।

उनका बुबालाई ब्रेन स्ट्रोक भएको थियो र उनी धेरै दिन ओछ्यान परेका थिए। त्यतिबेला विराट १७ वर्षका थिए र दिल्लीबाट रणजी ट्रफी खेल्थे।

दिल्लीको फिरोजशाह कोटला रंगशालामा कर्नाटकविरुद्धको रणजी खेलको दोस्रो दिनको खेलको अन्त्यमा विराट अविजित थिए। तर त्यो रातको २ बजे उनको बुबाको निधन भयो।

बुबाको निधन हुनु विराटका लागि स्तब्धपूर्ण कुरा थियो। उनको क्रिकेट यात्रामा उनका पिताले निकै महत्वपूर्ण भूमिका खेलेका थिए। तर यस्तो दु:खद वातावरणमा पनि विराट रोएनन्।

बिहान उनले दिल्लीका प्रशिक्षक चेतन शर्मालाई फोन गरेर घटनाको पूर्ण जानकारी दिए र आफूले थप ब्याटिङ गर्ने बताए। विराटले ब्याटिङ गर्दै ९० रन बनाए।

आफ्नो खेल सकिएपछि विराट बाबुको अन्त्येष्टिमा पुगे। उनका प्रतिस्पर्धीले समेत विराटको अतुलनीय साहस र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गरेका थिए।

बुवाको निधनपछि घरको सम्पूर्ण जिम्मेवारी विराट र उनका जेठा भाइ विकासको काँधमा आयो।

उनकी आमा सरोजले बाबुको मृत्युपछि विराट रातारात वयस्क भएको बताउने गरेकी छिन्। क्रिकेट मैदानमा पनि उनी थप दृढ भए, खेलमा केन्द्रित भए र कहिल्यै पछाडि फर्किएर हेर्न परेन।

फेब्रुअरी २००८ मा विराटको कप्तानीमा भारतले मलेसियाको क्वालालम्पुरमा भएको अन्डर-१९ विश्वकप जितेको थियो। त्यो टोलीमा रविन्द्र जडेजा पनि थिए।

ब्याट्सम्यानका रुपमा विराटले यू-१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। अनि ६ महिनाभित्र १८ अगस्ट २००८ मा विराटले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरे।

विराटलाई श्रीलंका भ्रमणका लागि भारतीय टोलीमा समावेश गरिएको थियो। सचिन तेन्दुल्कर र वीरेन्द्र सहवाग दुवै घाइते भएपछि विराटले एकदिवसीयमा डेब्यू गर्ने मौका पाए। त्यस सिरिजमा विराटले अर्धशतक पनि बनाएका थिए।

त्यसपछि उनले २०१० मा हरारेमा जिम्बाब्वेविरुद्ध टी–२० डेब्यू गरे। उनको टेस्ट डेब्यू सन् २०११ मा वेस्ट इन्डिज भ्रमणमा भएको थियो। आइपिएलमा पनि विराट पहिलो सिजनदेखि रोयल च्यालेन्जर्स बैंग्लोरसँग जोडिएका थिए।

लगातार रन बनाउने क्षमता र रन बनाउने भोकका कारण विराटलाई सचिन तेन्दुल्करसँग तुलना गरिन्छ।

सन् २०११–१२ मा अष्ट्रेलियामा भएको टेष्ट सिरिजमा भारतीय टोली पराजित भएको थियो। तर यो सिरिज विराटका लागि विशेष थियो, किनभने यो सिरिजमा उनले आफ्नो टेस्ट करिअरको पहिलो शतक बनाएका थिए।

२०११-१२ को अस्ट्रेलिया भ्रमणमा विराटको टिप्पणीको पनि चर्चा भयो। उनी अष्ट्रेलियाका खेलाडी र फ्यानको स्लेजिङको प्रतिक्रिया दिन डराएनन्।

२०१४-१५ को भ्रमणमा विराट र मिचेल जोन्सन मैदानमा भिड्दा अम्पायरहरूले हस्तक्षेप गर्नुपरेको थियो।

भारतीय क्रिकेटरको यो आक्रामक रूप धेरैका लागि नौलो थियो। वास्तवमा, जब विराट अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरे, अन्तर्राष्ट्रिय क्रिकेटमा परिवर्तनको हावा चलिरहेको थियो। आइपिएल र टी-२० ले गर्दा क्रिकेटको संसार बदलिएको थियो।

यसरी विराट भारतीय क्रिकेटको मात्र नभई देशको नयाँ पुस्ताको पनि प्रतिनिधि बने। यो नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्ने आत्मविश्वास उनमा थियो।

विराटको आक्रामक र केही असभ्य स्वभावको पनि चर्चा भयो। तर, कतिपयलाई उनको बानी नभए पनि धेरैले विराटको स्वभावलाई खेलको प्रतिको लगाव र ‘पार्ट अफ गेम’ को रूपमा चर्चा गर्ने गरेका छ्न्।

पूर्वकप्तान महेन्द्र सिंह धोनी र उनका सहकर्मीहरूले विराट निकै मेहनती र नम्र रहेको बताउने गर्छन्।

विराटलाई पूर्ण उत्साहका साथ ब्याटिङ गरेको देख्नु, विशेष गरी उनको मनपर्ने कभर ड्राइभ शटहरू प्रशंसकहरूका लागि उपहार भन्दा कम छैन। हावामा बल खेल्नुभन्दा ग्राउन्ड स्ट्रोकमा उनी बढी विश्वास गर्छन्।

‍एकदिवसीय क्रिकेटमा रन पछ्याउने क्रममा विराट कोहलीको प्रदर्शन अचम्मको छ। उनले लक्ष्य पछ्याउँदै आफ्नो टोलीलाई जित दिलाउने चुनौतीलाई पटकपटक सफलतापूर्वक पूरा गरेका छन्। जसका कारण विराटले चेज मास्टरको उपाधि पाएका छन्।

उनको उत्कृष्ट प्रदर्शनको कारण आइसिसीले उनलाई २०१०-२०२० दशकको उत्कृष्ट खेलाडीको अवार्डले सम्मान गर्‍यो।

सचिन तेन्दुल्करपछि एकदिवसीय क्रिकेटमा १३ हजार रन पूरा गर्ने कोहली दोस्रो भारतीय ब्याट्सम्यान हुन्।

कुन शट कहिले खेल्ने, साझेदारी गर्दा स्कोर बोर्डलाई गतिशील राख्ने योजना, विपक्षी बलरको गहिरो अध्ययन, फिल्ड र पिचको गहिरो बुझाइ विराटको खेलका विशेषता हुन्।

उनी आफ्नो फिटनेसलाई लिएर निकै सचेत छन्। उनीभन्दा पहिले भारतीय क्रिकेटका अन्य खेलाडीले फिटनेसप्रति यति गम्भीरता लिएका छैनन्।

२०१३ देखि विराटले आफ्नो फिटनेसका लागि कडा व्यायाम र कडा आहार दिनचर्या पालना गर्न थाले। २०१८ देखि उनले मासु र दूध उत्पादनहरू पनि खान छोडे। त्यसपछि उनी ‘भेगन’ डाइटमा मात्र भर पर्न थाले।

विराटको सफलताको कारण उनको आत्मविश्वास, खेलप्रतिको समर्पण, एकाग्रता, निष्ठा र अनुशासनलाई श्रेय दिन सकिन्छ। यी गुणका कारण विराटले भारतीय टोलीमा पक्का स्थान पाएका छन्। अन्ततः धोनीको संन्यासपछि कप्तानको जिम्मेवारी उनको काँधमा आएको थियो।

२०१४ मा जब भारतीय टोली अष्ट्रेलियाको भ्रमणमा थियो। कप्तान महेन्द्र सिंह धोनीको औंलाको चोट एडिलेड टेस्ट भन्दा ठीक अघि निको हुन नसकेका कारण विराटले पहिलो पटक टेस्ट टोलीको कप्तानी गर्ने मौका पाए।

कोहलीले पहिलो खेलमै कप्तानको रुपमा कसरी प्रदर्शन गर्न सकिन्छ भन्ने देखाएको थियो।

उनले सन् २०२२ मा कप्तानीबाट राजीनामा नदिएसम्म ६८ टेस्ट खेलमा भारतको नेतृत्व गरेका थिए। जसमध्ये भारतले ४० खेल जितेको छ भने १७ पटक हार बेहोरेको छ। टेस्टमा कप्तानको रूपमा विराटको जितको प्रतिशत लगभग ५९ छ।

उनले ९५ ओडीआई खेलमा भारतको नेतृत्व गरेका थिए र टोलीले तीमध्ये ६५ खेल जितेका थिए। जसमध्ये २४ भारतमा र ४१ भारत बाहिर विजयी भएका छन्। यसरी एकदिवसीयमा उनको टोलीको विजयी प्रतिशत ६८.४२ थियो।

टी–२० क्रिकेटमा विराटको कप्तानीमा भारतले ५० मध्ये १६ खेल मात्र हारे। यसरी उनको प्रतिशत ६४.५८ थियो।

कप्तानको रूपमा उनको तथ्याङ्कले उनलाई भारतीय क्रिकेटको महान् कप्तानहरूमा राख्छ। तर कप्तानको हैसियतमा उनले कुनै पनि आइसिसी प्रतियोगिता जित्न सकेनन्, जसले आफ्ना फ्यानहरूलाई पीडा दिन्छ। त्यसैगरी आइपिएलमा समेत उनले आफ्नो टिमलाई च्याम्पियन बनाउन सकेनन्।

कप्तानको दबाबले विराटको ब्याटिङमा नराम्रो प्रभाव परेको थियो। कोहलीको ब्याटिङ फर्म सन् २०१९ देखि खस्कन थाल्यो। यसपछि उनले कप्तानी छोडेर ब्याटिङमा ध्यान दिने निर्णय गरे। पहिले टी–२०, त्यसपछि एकदिवसीय र अन्ततः टेस्ट टोलीको कप्तानी पनि छाडे।

सन् २०२१-२२ ले विराटका लागि कठिन समय थियो। उनको ब्याटबाट रन बन्न सकेन।

लगातार खेल्दाको थकानका कारण उनले २०२२ मा एक महिना आराम पनि गरेका थिए। सन् २००८ देखि टेस्ट, ओडीआई, टी–२० र आईपीएल खेल्दै आएका कोहलीले पहिलो पटक एक महिनासम्म ब्याट छोएनन्।

त्यसपछि उनले एसिया कपमा अफगानिस्तानविरुद्ध शतक प्रहार गरे। त्यसपछि २०२२ को विश्वकप टी–२० मा पाकिस्तानविरुद्ध ८२ रनको अविजित इनिङ खेलेर टोलीको जितको जग बसाएका थिए।

त्यसयता विराट नयाँ जोशका साथ खेलिरहेको देखिन्छ।

तर, यो पुनरागमन त्यति सहज थिएन. २०२२ मा स्टार स्पोर्ट्सलाई दिएको एक अन्तर्वार्तामा विराटले यसको पछाडिको मानसिक संघर्षको बारेमा बताए।

उनले भनेका थिए, ‘मैले एक महिनासम्म आफ्नो ब्याटलाई छुइनँ, विगत १० वर्षमा यस्तो कहिल्यै भएको थिएन। मेरो मन र शरीरले भनिरहेको थियो, पर्ख तिमीलाई आराम चाहिन्छ, अलिकति आराम गर। मानिसहरूले सोचेका थिए कि म मानसिक रूपमा बलियो छु। तर सबैको आ-आफ्ना सीमा हुन्छन्। तपाईंले ती सीमाहरू बुझ्नु पर्छ अन्यथा चीजहरू गलत हुनेछन्। तपाईं धेरै बलियो छु भनेर बहाना गर्नु राम्रो कुरा होइन।’

मानसिक स्वास्थ्यको बारेमा खुलेर कुरा गरेकोमा धेरैले विराटलाई धन्यवाद पनि दिएका थिए।

 

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In