गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन आउन थाल्छ । धेरैजसो गर्भावस्थाहरू जटिलतारहित हुन्छन् र यसमा कुनै जोखिम देखिँदैनन्। यद्यपि, गर्भावस्थाका जटिलताहरू सबैका लागि समान हुँदैनन् र तिनीहरूलाई बुझ्न सजिलो पनि हुँदैन। धेरै महिलाहरूलाई यी जटिलताहरूको बारेमा थाहा पनि हुँदैन। यस्तो अवस्थामा, समस्याहरूबाट बच्नको लागि आमाबाबु बन्ने प्रत्येक व्यक्तिलाई गर्भावस्थाको जटिलताहरूको बारेमा सही जानकारी हुनु अति महत्वपूर्ण हुन्छ।
गर्भावस्थाका केही खतरनाक लक्षणहरू –
रक्तश्राव
गर्भावस्थामा कुनै पनि प्रकारको योनीबाट हुने रक्तस्रावलाई असामान्य मानिन्छ। यस समयमा हुने रक्तस्राव कुनै गम्भीर समस्याको संकेत हुनसक्छ। तसर्थ, यदि तपाईंमध्ये कसैलाई गर्भावस्थाको समयमा रगत बगिरहेको अनुभव भयो भने तुरुन्त आफ्नो स्त्री रोग विशेषज्ञलाई सम्पर्क गर्नुहोस्। यो गर्भपातको समस्या पनि हुनसक्छ।
पेट दुख्नु
गर्भावस्थाको समयमा पेट दुखाइ एक गम्भीर समस्याको संकेत हुनसक्छ जसलाई तत्काल ध्यान दिन आवश्यक हुन्छ। यो गर्भपातको संकेत हुन सक्छ। कहिलेकाही बिना कुनै दुखाइ पनि गर्भपात हुन सक्छ। यस्तो अवस्था तब आउँछ जब पाठेघरको मुख निकै कमजोर हुन्छ र बच्चालाई रोक्न नसक्ने हुन्छ। यदि दुखाइका अतिरिक्त पेल्भिकमा भारीपन र योनीमा दबाब महसुस गर्दैहुनुहुन्छ भने सकेसम्म चाँडो आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस्।
लगातार वान्ता
धेरैजसो मानिसहरूले बान्ता र वाकवाकीलाई गर्भावस्थाका सामान्य लक्षणहरूका रूपमा बुझ्छन्, तर अत्यधिक बान्ताले डि-हाइड्रेसन र गम्भीर रुपमा इलेक्ट्रोलाइट असन्तुलन निम्त्याउन सक्छ। यी दुवै अवस्था आमा र बच्चा दुवैको लागि धेरै खतरनाक हुन्छन्। यदि तपाईं दिनमा ८ देखि १० पटक भन्दा बढी बान्ता गर्दै हुनुहुन्छ, वा पछिल्लो ८ घण्टासम्म पानी पिउन सक्नुभएको छैन र पछिल्लो २४ घण्टामा केहि पनि खानु भएको छैन, साथै यदि तपाईंलाई पछिल्लो १२ घण्टासम्म पिसाब भएको छैन भने तत्काल चिकित्सालाई देखाइहाल्नुस्।
बच्चाको हलचल कम हुनु
बच्चाको राम्रो हलचल उनीहरु स्वस्थ रहेको संकेत हो। धेरैजसो महिलाले पहिलो गर्भावस्थाको २० औं सातादेखि भ्रूणको गतिको अनुभूति गर्न थाल्छन् भने दोस्रो र तेस्रो गर्भावस्थामा १८ औँ हप्तादेखि नै महिलाले भ्रूणको गति महसुस गर्न थाल्छन्। यस्तो अवस्थामा, यसलाई खतराको संकेतको रूपमा घोषणा गर्नुअघि तपाईंले आफ्नो गर्भावस्थाको हप्ताहरूका बारेमा जान्नुपर्दछ यसका लागि चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ। भ्रूणको चाल सबैको शरीरमा फरक हुनसक्छ त्यसैले तपाईंले आफ्नो बच्चाको सामान्य चाल जान्नुपर्दछ।
हत्केला र पाइतला चिलाउने
गर्भावस्थाको समयमा छाला तन्किने र शरीरमा हार्मोनल परिवर्तनको कारण चिलाउने समस्या हुनसक्छ। केही महिलाहरूमा अघिल्लो गर्भावस्थाको स्ट्रेच मार्क्सको वरिपरि रातो दाग देखा पर्दछ, जसलाई हामी प्याप्स भन्छौं। यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने हात, खुट्टा र पेटको वरिपरि बम्सको रूपमा देखा पर्दछ। यदि विना बम्स तपाईंको हत्केला र पाइतला चिलाउन थाल्छ भने यो IHPC को लक्षण हुनसक्छ। यो एक गम्भीर अवस्था हो जसमा शरीरमा बाइल एसिड जम्मा हुन्छ, जुन छालामा रहन सक्छ, जसका कारण चिलाउने समस्या हुन सक्छ। यस अवस्थामा प्रीमेच्योर लेवल, बेबी पुपिंग का साथै केही केसमा इन्ट्रायूटरिन फेटल डेथ पनि हुन सक्छ। तसर्थ यस्तो लक्षणलाई भुलेर पनि वेवास्ता नगर्नुस्।














