Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

दसैंमा टिका लगाउँदा र देवी विसर्जन गर्दा भनिने मन्त्र


दसैंमा टिका लगाउँदा र देवी विसर्जन गर्दा भनिने मन्त्र

दसैँमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ ।

पूरूषलाई दिने आशिर्वाद 

आआयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे 

ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।

शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते,

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।

अर्थात् द्रोणाचार्यका छोरा अवश्वत्थामाको बराबर दीर्घायु, राजा दशरथको जस्तो श्री (लक्ष्मी) अर्थात् धनसम्पत्ति, भगवान रामचन्द्रको जस्तो शुत्रक्षय, राजा नहुषको जस्तो ऐश्वर्य, वायुको समान गति, दुर्योधनको जस्तो सम्मान, सूर्यका छोरा कर्णको जस्तो दानशक्ति, बलरामको जस्तो बल (वीर्य), कुन्तीका छोरा युधिष्ठिरको झैँ सत्यता, विदुरको जस्तै नीतिज्ञान र नारायणको जस्तो कीर्ति प्राप्त होस् ।

लक्ष्मीस्ते पङ्कजाक्षी निवसतु भवने भारती कण्ठेदेशे

वर्धन्तां वन्धुवर्गाः सकलरिपुगणाः यान्तु पातालदेशम् ।

देशे देशे च कीर्तिः प्रसरतु भवतां कुन्दपुष्येन्दुशुभ्रा

जीव त्वं पुत्रपौत्रैः सकलपरिवृतो हायनानां शतंच ।

अर्थात् तिम्रो घरमा कमलका जस्ता आँखा भएकी लक्ष्मीको बास होस्, तिम्रो घाँटीमा सरस्वतीले वास गरुन्, तिम्रा बन्धु–बान्धव बढून्, सम्पूर्ण शत्रुहरू पाताल पुगून्, जूनझैँ स्वच्छ, चमेलीको बास्ना जस्तो तिम्रो कीर्ति देश देशावरसम्म फैलियोस्, छोरा नाति आदि सकल परिवारले सहित भई तिमी १०० वर्षसम्म बाँच ।

लक्ष्मीस्ते हृदि भारती च वदने मौलौ सदा केशव

श्चण्डी ते भुजदण्डयोर्गुणनिधिर्गेहे कुवेरस्थितिः ।

चित्ते धर्मरतिस्तवास्तु सततं दानप्रसंगः करे

सर्वास्ते विपदः प्रयान्तु विलयं त्वं दीर्घजीवी भव ।।

(तिम्रो हृदयमा लक्ष्मी, वाणीमा सरस्वती, शिरमा विष्णु, बाहुमा देवी, घरमा कुवेरको व्यवहार, मनमा धर्म, तिम्रो दुवै हातमा दानशक्ति होहोस्, तिम्रा सबै आपद्विपद्हरू लय (नष्ट) होऊन्, तिमी चिरञ्जीवी होऊ ।)

महिलालाई दिने आशिर्वाद

भद्रमस्तु शिवं चास्तु महालक्ष्मी प्रसीदतु ।

रक्षन्तु त्वां सदा देवा आशिषः सन्तु सर्वदा ।

ओम् जयन्ती मंगलाकाली भद्रकाली कपालिनी

दुर्गा क्षमा शिवा धात्री स्वधा नमोस्तु ते ।।

जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणी ।

जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।

अर्थात् तिम्रो भलो होस्, कल्याण होस्, महालक्ष्मी दुर्गा भवानी प्रसन्न हुन्, सधैँ देवताहरूले तिमीलाई रक्षा गरुन् ।

जयन्ती, मंगला, काली भद्रकाली, कपालिनी। दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध जगदम्बिके तपाईंलाई मेरो नमस्कार छ । देवी चामुण्डे, तपाईंको जय होस् ।

सम्पूर्ण प्राणीहरूको पीडा नाश गर्ने हे देवी ! तपाईंको जय होस् । सबैमा व्याप्त रहने हे देवी ! तपाईंको जय होस् । कालरात्रि तपार्ईंलाई नमस्कार छ ।

देवी विसर्जन मन्त्र

नवरात्रभर देवीलाई पूजाआजा गरी विजयादशमीका दिन विसर्जन गरिन्छ । देवी विर्सजन १४ असोज शनिबार बिहान ८ बजेर १ मिनेटमा उत्तम साइत रहेको छ । देवी विसर्जनका बेला पनि निम्न मन्त्र उच्चारण गरिन्छ ।

‘आवाहनं नजानामि नजानामि विर्जसनम् ।

पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी ।

इमां पूजां मया देवी यथाशक्त्या निवेदितम् ।

रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम् ।।’

यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजागाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादका रूपमा घाँटीमा लगाइन्छ ।

घरका ज्येष्ठ व्यक्तिले भगवतीको प्रसादस्वरूप अबिर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई प्रसाद तथा दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ । अनि सपरिवार नातेदारकहाँ तथा मान्यजनकहाँ दसैंको टीका लगाउन जाने परम्परा छ ।

नवदुर्गा पूजा गर्दा भनिने श्लोक

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।

तृतीयं चंद्रघण्टेति कुष्मांडेति चतुर्थकं ।।

पंचमं स्कन्दमातेति, षष्टम कात्यायनीति च ।

सप्तमं कालरात्रीति, महागौरीति चाष्टमं ।।

नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In