Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित, पाकिस्तान पराजित


विश्वकप क्रिकेटमा अस्ट्रेलियाको दोस्रो जित, पाकिस्तान पराजित

दुई शतक र स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ६२ रनको सानदार जित हात पारेको छ । यो जितसँगै अष्ट्रेलियाले शीर्ष चारको सम्भावना बढाएको छ ।

जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.३ ओभरमा ३ सय ५ रनमा अल आउट भयो । पाकिस्तानका ओपनर इमाम उल हकले ७१ बलमा १० चौकासहित सर्वाधिक ७० रन बनाए । अब्दूल्लाह शफिक ६० बलमा ७ चौका र २ छक्कासहित ६४ रनमा आउट भए । अन्य पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

पहिलो विकेटका लागि अब्दूल्लाह र इमामले २१.१ ओभरमा १ सय ३४ रनको शतकीय साझेदारी गर्दै पाकिस्तानलाई सानदार सुरुवात दिलाएका थिए । अब्दूल्लाह मार्कस स्टोइनिसको २२ औं ओभरको पहिलो बलमा ग्लेन म्याक्सवेलबाट क्याच आउट भए । सर्ट खेल्ने धुनमा टप एज लागेर आउट भएका थिए । स्टोइनिसकै बलमा इमाम मिचेल स्टार्कबाट क्याच आउट भए ।

त्यसपछि स्पिनर एडम जाम्पाले पाकिस्तानको मध्यक्रम धरासयी बनाएका थिए । जाम्पाको २७ औं ओभरको दोस्रो बलमा पाकिस्तानका कप्तान तथा प्रमुख ब्याटर ब्याटर आजम मिडविकेटमा १८ रनमा प्याट कमिन्सबाट क्याच आउट भए । चौथो विकेटका लागि मोहम्मद रिजवान र साउद सकिलले ५७ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितको सम्भावना देखाएका थिए ।

कमिन्सको बलमा मार्कस स्टोइनिसबाट ३० रनमा आउट भए । उनले ३१ बलमा ५ चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका इफ्तिखार अहमदले काउन्टर अट्याक्क खेल्दै अष्ट्रेलियालाई दबाबमा राखेका थिए । तर जाम्पाले अहमदलाई एलबीडब्लू आउट गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । उनले २० बलमा ३ छक्कासहित २६ रन बनाए ।

पाकिस्तानको जितको आशा रिजवानमा जोडिएको थियो । ४३ औं ओभरको अन्तिम बलमा जाम्पाले रिजवानलाई एलबीडब्लू आउट गरेपछि पाकिस्तानको जितको सम्भावना लगभग सकिएको थियो । रिजवानले ४० बलमा ५ चौकासहित ४६ रन बनाए । उस्मा मिर डक, हसन अली ६ रनमा आउट भए ।

अष्ट्रेलिया जितमा एडम जाम्पाले १० ओभरमा ५३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मार्कस स्टोइनिसले ५ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ७.३ ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड र मिचेल स्टार्कले एक एक विकेट लिए ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनाएको थियो ।

अष्ट्रेलिया जितमा ओपनर डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले । वार्नर हरिस रौफको ४३ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअनमा क्याच आउट भए । वार्नरको यो विश्वकपको पाँचौं शतक हो ।

ओडिआई करिअरमा सातौं पटक १ सय ५० औं रन कटाएका हुन् । अष्ट्रेलियालाई ओपनर मिचेल मार्श र डेविड वार्नरले पहिलो विकेटका लागि ३३.५ ओभरमा २ सय ५९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार बनाएका थिए । मार्श १ सय ८ बलमा १० चौका र ९ छक्कासहित १ सय २१ रनमा आउट भए । उनी शाहिन शाह अफ्रिदीको बलमा उस्मा मिरबाट क्याच आउट भएका थिए ।

लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल गोल्डेन डक आउट भए । उस्मान मिरको बलमा स्टिभ स्मिथ ७ रनमा कट एण्ड बोल्ड आउट भए । यी दुई ब्याटर बाहेक अन्यले भने ठूलो इनिङ खेल्न सकेनन् ।मार्कस स्टोइनिस २१, जोश इंग्लिस १३, मार्नस लाबुसेन ८ र मिचेल स्टार्क २ रनमा आउट भए । प्याट कमिन्स ६ रनमा नट आउट रहे । पाकिस्तानलाई एक समय ४ सय माथि रन बनाउने अवसर थियो ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन । हरिस रौफले ८ ओभरमा ८३ रन खर्चेर ३ विकेट लिए । उस्मा मिरले ९ ओभरमा ८२ रन खर्चेर १ विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले हारेको थियो । तेस्रो खेलमा श्रीलंकालाई ५ विकेटले हराएको थियो । अव अष्ट्रेलियाले बुधबार दिल्लीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In