Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान


ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

काठमाडौं – ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा ३५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार्फत जडान गरिएका सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गरे।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले ‘उज्यालो नेपाल’ कार्यक्रमअन्तर्गत अहिले हरेक घरघरमा विद्युत् पुर्याउन देशैभर चलिरहेको विद्युतीकरण अभियान करिब दुई वर्षभित्रमा सम्पन्न हुने बताए। महालक्ष्मी नगरपालिका क्षेत्रमा लगनखेल सबस्टेसनबाट विद्युत् आपूर्ति भइरहेको र लाइन लामो हुँदा उपभोक्ताहरुबाट ट्रिपिङलगायतका गुनासो आउने गरेको उल्लेख गर्दै घिसिङले यसलाई सुधार गर्न अहिले सिरुटारमा सबस्टेसन निर्माण गर्ने प्रक्रिया अगाडि बढिसकेको बताए।

उनले भने, “आन्तरिक रुपमा विद्युत् खपत बढाउन प्रणाली सुधार भइरहेको छ, यसका लागि धेरै लगानी गरिरहेका छौँ, नगरपालिकातर्फबाट जग्गा उपलब्ध गराएमा लुभु क्षेत्रमा विद्युतीय चार्जिङ स्टेसन पनि स्थापना गर्नेछौँ।”

नगर प्रमुख श्रेष्ठले मुल सडकमा जडान गरिएका बत्तीले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाउने बताए। सडक बत्ती कार्यक्रमलाई थप विस्तार गर्न लागिएको श्रेष्ठले उल्लेख गरे।

प्राधिकरण र महालक्ष्मी नगरपालिकाको साझेदारीमा सडक बत्ती जडानका लागि रु २ करोड १६ लाखमा ठेक्का सम्झौता भएको थियो। कुल लागतमध्ये प्राधिकरणले रु ८६ लाख र नगरपालिकाले रु १ करोड ३० लाख लागत साझेदारी गरेका छन्। बत्ती राख्नका लागि ६२ वटा नयाँ पोल जडान गरिएका छन् भने बाँकी सडक किनारमै रहेका पोलहरुलाई प्रयोग गरिएको छ।

कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने ९० वाट क्षमताका बत्ती जडान गरिएका छन्। ‘स्ट्रिट लाइट’ले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा शहरी सौन्दर्यलाई बृद्धि नगरको रात्रिकालीन सौन्दर्यता बढाउने छ। नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने छ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्। स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ।

सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेरबाट विद्युत्को महसशुलको बिलिङ गरिन्छ। बत्ती बले/नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ। जडान गरिएका बत्तीको पाँच वर्षसम्म मर्मतसम्भार निर्माण व्यवसायी कम्पनीले नै गर्ने छ। प्राधिकरणले ‘सहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ। यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In