Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

नेपाल एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा

नेपाल एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनलमा

नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । नेपाल समूह ए मा ३ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको हो ।

जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेविया १९.१ ओभरमा ४६ रनमा अल आउट भयो । साउदीका बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए ।

मोहम्मद अहमद ९ रनमा नट आउट रहे । अब्दूल्लाह शिराजले २६ बलमा ९ रन बनाए । साउदीका १० ब्याटरले नेपालको बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका दीपेश कँडेलले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिए । आकाश चन्दले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सुवास भण्डारीले एक विकेट लिए ।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो । नेपालको जितमा अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले । योसँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बन्दै इतिहास रचेका छन् । अर्जुन नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन कुशल मल्लको नाममा थियो । कुशल मल्लले केहि साताअघि चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा अविजित रहेका थिए ।

नेपाललाई पहिलो विकेटका लागि अर्जुन कुमाल र दीपक बोहराले ११.५ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दीपक ३७ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए ।

दोस्रो विकेटका लागि अर्जुन कुमाल र आकाश त्रिपाठीले १ सय ६२ बलमा १ सय ८९ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरका थिए ।

अर्जुन ३९ औं ओभरको तेस्रो बलमा अहमद राजालाई सर्ट खेल्ने धुनमा मोहम्मद अहमदबाट क्याच आउट भएका थिए । लगत्तै कप्तान देव खनाल डक आउट भए ।

आकाशले ९८ बलमा ६ चौका र २ छक्कासहित ८९ रन बनाउँदै आउट भए । दीपक डुम्रे १४ र मिलन बोहरा ९ रनमा आउट भए । नेपालका दीपेश कँडेलले १४ र विशाल विक्रम केसीले २४ रन बनाए ।

साउदी अरवियाका मोहम्मद अहमद र अहमद राजाले दुई दुई विकेट लिए ।

नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । सेमिफाइनल कार्तिक ५ गते (अक्टोबर २२) मा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि कार्तिक ७ (अक्टोबर २४) मा प्रतिस्पर्धा हुनेछ ।

नेपालले सेमिफाइनलमा समूह डी को विजेतासँग खेल्नेछ । समूह डी को विजेता शुक्रबार निर्धारण हुनेछ । समूह डी मा जापान २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ ।

हङकङ २ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ । मलेसिया २ खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ । इन्डोनएसिया २ खेलमा अंक विहीन हुँदै बाहिरिएकोछ ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In