Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

अब त गेटामा छिट्टै मेडिकल विश्वविद्यालय स्थापना होला कि!


अब त गेटामा छिट्टै मेडिकल विश्वविद्यालय स्थापना होला कि!

धनगढी – कैलालीको गोदावरी नगरपालिका–५ गेटा गाउँमा निर्माण पूरा भएका मेडिकल कलेजका भवन संरचनमा ‘सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना’ हुनेमा स्थानीयवासीमा आशा जागेको छ। यससम्बन्धी विधेयक राष्ट्रियसभामा टेबुल भइ छलफलका क्रममा रहेकाले गेटामा विश्वविद्यालय सञ्चालनमा आउने आशा जागेको स्थानीयवासी लोकराज पाण्डेयले बताए।

उक्त मेडिकल कलेजका नवनिर्मित भवनमा बुधबारबाट न्यूनतम उपचार सेवा सहितको अस्पताल सञ्चालनमा आएकाले पनि आगामी दिनमा विश्वविद्यालय सञ्चालनमा आउने आशा स्थानीयवासीमा जागेको हो। गेटामा सरकारको लगानीमा भवन संरचनाको निर्माण पूरा हुँदा पनि स्वास्थ्य विज्ञानप्रतिष्ठान वा विश्वविद्यालय स्थापना गर्ने भन्ने बारेमा लामो समयदेखि टुङ्गो नलाग्दा अन्योल देखिएको थियो। अन्योलकाबीच स्थानीयवासीले गेटामा विश्वविद्यालय स्थापनाको मागसहित दबाबमूलक कार्यक्रमसमेत गर्दै आएका थिए।

यो कलेजलाई सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको थियो। तर आर्थिक वर्ष२०८०/८१को सरकारको बजेट कार्यक्रममा एकसय शय्यासहित सहिद दशरथ चन्दस्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषय समेटिएपछि स्थानीयवासीले विरोध गर्दै दबाबमूलक कार्यक्रम गरेका थिए।

अत्याधुनिक भवन लगायतका संरचना निर्माण पूरा भइसकेको सरकारको प्राथमिकता प्राप्त यो कलेजका भवनसंरचना निर्माणमा हालसम्मको रु ५ अर्ब ९९ करोड भन्दा बढी खर्च भइसकेको जनाइएको छ। “विश्वविद्यालय स्थापनाको प्रक्रियाकै रुपमा अस्पताल सञ्चालनमा आउँन लागेको सुन्दा आंशिक उपलब्धि मान्नुपर्छ” विश्वविद्यालय स्थापनाका लागि दबाब सिर्जना गर्न गठित सङ्घर्ष समितिका संयोजकसमेत रहेका पाण्डेयले भने, “मेडिकल कलेजका केही व्यक्तिले यसलाई विश्वविद्यालय हुन नदिन षड्यन्त्र गर्नसक्ने भएकाले निरन्तरको निगरानी भने आवश्यक छ।”

स्थानीयवासी तीर्थराज ओझाले विश्व विद्यालय स्थापनाको पहलस्वरुप अस्पताल सञ्चालन आएको भन्ने सुन्दा खुसी लागेको बताए। उनले भने “विश्वविद्यालय सञ्चालनमा आएमा यसले मेडिकल शिक्षामार्फत् सुदूरपश्चिममा समृद्धि ल्याउनका लागि कोसेढुङ्गा सावित हुनेछ।”

बुधबारबाट सञ्चालनमा आएको अस्पतालमा जनरल ओपिडी, हाड जोर्नी, जनरल सर्जरी ओपिडि, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ, स्त्रीरोग, अल्ट्रासाउण्ड, एक्स रे, प्रयोगशाला, र फार्मेसी लगायतका सेवा उपलब्ध गराउन लागिएको अस्पतालका निर्देशक डा. प्रमोद जोशीले जानकारी दिए। यसै महिनाभित्र एमसिएच क्लिनिक, मंसिरभित्र खोप सेवा विस्तार, पुसभित्र आकस्मिक सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र सघन उपचार कक्ष र एनआइसियु सेवा विस्तार गर्न लागिएको छ।

स्वास्थ्य तथा जनसङ्या मन्त्रालयले आर्थिक वर्ष २०८०/०८१ का लागि सहायकस्तर, श्रेणीविहीन कर्मचारी ११०, राजपत्राङ्कितस्तरका ३१ अधिकृतको अस्थायी दरबन्दी स्वीकृत गरिसकेको छ। २६ कर्मचारी अस्पतालमा हाजिर भइसकेका छन्। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्थापनको काम भइरहेको निर्देशक जोशीले बताए।

निर्माणको गुरुयोजना बमोजिम कलेजका ठूला साना गरी ४२ भन्दा बढी भवन संरचना निर्माण पूरा भइसकेका छन्। कलेज निर्माणका लागि सरकारले छुट्याएको ५१ दशमलब ८ हेक्टर जग्गामा रहेका रुख कटानीका लागि भएको ढिलाइ लगायतका कारणले सुरुका वर्षमा कलेज निर्माणसम्बन्धी पूर्वाधारको निर्माणको काम अघि बढाउन ढिलाइ भएको थियो।

सरकारले विसं २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो। कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै ६ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ।

उनीहरुलाई समयमै अन्यत्र पुनःस्थापना गर्ने सवालमा सम्बन्धित निकायले ध्यान नदिँदा उक्त ठाउँमा निर्माण गर्नुपर्ने संरचनाको निर्माणकार्य भने अन्योलमा छ। मुक्त कमैया बसेको उक्त जग्गामा मेडिकल कलेज अन्तरगतको ट्रमा सेन्टर लगायतका संरचना निर्माण गर्ने योजना रहेको बताइएको छ। विश्व विद्यालय सञ्चालनमा आएसँगै स्वास्थ्य क्षेत्रमा उच्चस्तरको जनशक्ति उत्पादनका साथै गुणस्तरीय स्वास्थ्योपचार सेवा प्राप्त हुने भई सुदूरपश्चिमको समग्र क्षेत्रमा सकारात्मक प्रभावपर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In