शनिबार विहान दुर्घटनामा परेको मनाङ एयरको हेलिकप्टरका पाइलट प्रकाश सेढाईंलाई उपचारका लागि मुम्बई लगिने भएको छ ।
उनको उपचार भइरहेको ह्याम्स अस्पतालले शनिबार साँझ एक विज्ञप्ति जारी गरी पाइलट सेढाईंलाई थप उपचारका लागि शनिबार नै भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएको छ ।















