मध्य र तल्लोक्रममा नचलेपछि पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतलाई १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो ।
पाकिस्तानका बाबर आजमले अर्धशतक बनाउँदा मोहम्मद रिजवान भने ४९ रन बनाएर आउट भए।आजमले ५८ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । मोहम्मद रिजवान ६९ बलमा ७ चौकासहित ४९ रनमा आउट भए ।
तेस्रो विकेटका लागि मोहम्मद रिजवान र बाबर आजमले १ सय ३ बलमा ८२ रनको महत्वपूर्ण साझेदारी गरेपनि पाकिस्तानले ठूलो योगफल बनाउन सकेन।
शिराजको ३० औं ओभरको चौथो बलमा बाबर बोल्ड आउट हुन पुगेका थिए । त्यो समय पाकिस्तान २९.४ ओभरमा १५५–३ को अवस्थामा थियो । त्यसपछि नाटकीय रुपमा विकेट गुमाएपछि मध्यम योगफलमै रोकिएको हो । अन्तिम ८ विकेट पाकिस्तानले मात्रै ३६ रनमा गुमाएको थियो ।
भारतका जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र कुलदीप यादवले समान दुई दुई विकेट लिए । भारतका सार्दुल ठाकुरमात्रै विकेट विहीन बने ।














