काठमाडौं – कोशी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन्। पार्टीका प्रदेश सभापति समेत रहेका थापाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएका छन्।
शनिबार कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि थापाको राजीनामा आएको हो। पार्टी र प्रदेशसभा संसदीय दलको निर्णयविपरीत पार्टीमा विद्रोह गरेर उम्मेदवार बनेका सांसद कार्कीलाई पार्टी मुख्यमन्त्री मान्न तयार भएपछि थापाले नैतिकताका हिसाबले पदबाट राजीनामा दिएको बताएका छन्।
‘मैले दुई पटक अदालतबाट पदमुक्त बन्दै गर्दा राजीनामा दिनुपर्ने थियो। तर, प्रदेशको अवस्थाले मलाइ त्यसबेला जिम्मेवारी छोड्न दिएन। अहिले राजीनामा दिएको छु,’ थापाले भने।














