बधाई छ :- नेपाल बन्यो च्याम्पियन : हङकङको लज्जास्पद हार

0

काठमाडौं– एसीसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले उचालेको छ । मलेसियाको किन्नरा ओभलमा भएको फाइनल खेलमा नेपालले हङकङ्लाई ६ विकेटले पराजित गर्दै उपाधि उचालेको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले दिएको ९६ रनको लक्ष्य नेपपाली टोलीले १६.१ ओभरमा पुरा गर्‍यो। नेपालका लागि पवन शर्राफले ३९ रन बनाउँदा रित गौतमले १३ रन बनाए भने कप्तान रोहित कुमार पौडेलले १२ रन बनाएका थिए । यता, नेपालविरुद्ध हङकङका क्वान्क्यु कपुरले २ विकेट लिए भने मोहम्मद हशन र मोहम्मद हशन खानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले अदित गोरवारले २४ रन बनाउँदा कल्हन मार्क चल्लुले १९ रन बनाएका थिए भने हङकङलाई सस्दैमा समेट्न नेपालका सागर ढकालले ५ विकेट लिएका थिए । उनले १० ओभरमा ५ मेडन ओभरसहित १८ रन खर्चेर ५ विकेट लिएका थिए भने कमलसिंह ऐरीले ३ विकेट लिए भने तिलक भण्डारी र कुसल मल्लले समान एक–एक विकेट लिए ।
उपाधि उचालेको नेपाल एसिया कपमा छनोट भएको छ । अब नेपालले एसिया कपमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानसँग खेल्नेछ

Leave A Reply

Your email address will not be published.