नायिका शिल्पा पोखरेल बारे बोले छविराज ओझा, भएको यस्तो रहेछ….

0

काठमाडौं, २५ असार । निर्देशक तथा पति छविराज ओझाबाट निरन्तर हातपात भएको भन्दै नायिका शिल्पा पोखरेल उनीबिरुद्ध उजुरी दिन प्रहरी समक्ष पुगेकी छिन् । आफ्नो ज्यू-ज्यानको सुरक्षा गराई पाउँ भन्दै प्रहरी समक्ष पुगेकी छिन् । नायिका पोखरेलले आफ्नै श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार श्रीमानबाट असुरक्षित भएको भन्दै नाायिका पोखरेलले शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएकी हुन् । उनले पोखरेलको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी गराए । नायिका रेखा थापासँग पारपाचुके गरेर बसेका निर्माता छविराजले नायिका शिल्पा पोखरेललाई २०७३ सालको दशैंमा गोप्य रुपमा चौथो श्रीमतीको रुपमा भित्र्याएका थिए । लामो समय उनीहरुले आफ्नो विवाहलाई लुकाए ।

तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले विवाह गरिसकेको बताएका थिए । शिल्पालाई चलचित्र ‘लज्जा’ मार्फत फिल्मी क्षेत्रमा छविले नै डेब्यू गराएका थिए । त्यसपछि छविकै ब्ब्यानरमा शिल्पाले‘ हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् । त्यस्तै, श्रीमती शिल्पाले घरेलु हिं*साको आरोप लगाए पनि छविराज ओझाले अस्विकार गरेका छन ।

बजारमा छविराजले शिल्पाको कानको जाली फुट्ने गरि यातना दिएको हल्ला चली रहदा छबी ओझाले भने – कानको जाली फुट्नु त के हात सम्म हालेको छैन । तर आफुहरु बीच भनाभन झगडा भने भएको ओझाले स्वीकारेका छन् । शिल्पाले अरुको बहकाउमा यस्तो रारोप लगाएको ओझाको अनुमान छ ।शिल्पा गत असार ८ गते नै स्कुटर लिएर धर्म दाई विकास रौनियारको घर गएकी थिइन । र पछी विकाश र पत्नी सहित आएर शिल्पाले आफ्नो लत्ता कपडा पनि लगेको ओझाले बताए ।

Leave A Reply

Your email address will not be published.