सुटुक्क बिहे गरेकी शिल्पा पोखरेलको श्रीमान छविराज ओझाले कानको जाली फुटाइदिएको खुल्यो

0

काठमाडौ । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच खटपट बढेपछि विभिन्न विषय बाहिर आएका छन् । लामो अफयेरपछि शिल्पा र ओझाबीच २०७३ सालको दशैँतामा सुटुक्क बिबाह भएको थियो । अहिले छविले शिल्पा पोखरेललाई आपसी विवादको क्रममा हातपात गर्दा कानको जाली नै फुटेको तथ्य बाहिर आएको छ । श्रीमानले आफूलाई हातपात गरी कानको जाली नै फुट्न पुगेको भन्दै पोखरेलले मंगलबार प्रहरीमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गरेकी हुन् ।

हाल शिल्पा चलचित्र निर्माता तथा निर्देशक विकास रौनियारको घरमा रहेको बताइएको छ । यसबारे बुझ्न शिल्पालाई उनको नम्बरमा फोन गर्दा रौनियार पत्नी तथा निर्देशक सम्झना रौनियार उप्रेतीले फोन उठाइन् । उनले शिल्पाको कानको जाली फुटेको भन्दै बोल्न सक्ने अवस्था नरहेकाले आफूले फोन उठाएको बताइन् । ओझाको कुटपिटपछि शान्तिसुरक्षाको माग गर्दै शिल्पाले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएको जानकारी दिँदै थप प्रहरीमै बुझ्न आग्रह गरिन् ।

यस्तै काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले पनि शिल्पाले उजुरी दर्ता गरेको पुष्टि गरे । श्रीमानबाट असुरक्षा भएको भन्दै शान्ति सुरक्षा माग गर्दै शिल्पाले उजुरी दर्ता गराएको उनको भनाई छ। चलचित्र क्षेत्रका जानकारहरुका अनुसार शिल्पाले विकास रौनियारलाई तिहारको टिका लगाएर दाइ मान्दै आएकी छिन् । अहिले उनै दाइको घरमा शिल्पा संरक्षणमा रहेकी हुन् ।

यस विषयमा प्रतिक्रिया लिन निर्माता ओझालाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् । शिल्पासँग बिबाह गर्नुअघि छविराजका तीन जनासँग बिबाह भइसकेको थियो । शिल्पा चौथो श्रीमतीको रुपमा भित्रिएकी हुन् । स्मरण रहोस्, शिल्पालाई चलचित्र क्षेत्रमा ओझाले नै भित्र्याएका थिए । चर्चित अभिनेत्री रेखा थापा तेस्रो श्रीमती हुन् । उनलाईपनि चलचित्र क्षेत्रमा ओझाले नै भित्र्याएका थिए ।
यो पनि पढ्नुस
काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९२१-११९२४/०७५-७६ (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, चौथो तह, सहायक/सह-लेखापाल पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९१८-११९२०/०७५-७६ (खुला/समावेशी), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, पाँचौं तह, सहायक/लेखापाल/लेखा सहायक/आ.ले.प. सहायक पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ ।

काठमाडौं कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको वि.नं. ११९१७/०७५-७६ (खुला), प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, छैठौं तह, अधिकृत/आ.ले.प. अधिकृत पदको लिखित परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोकसेवा आयोग, महेन्द्रनगर कार्यालय,महेन्द्रनगर कञ्चनपुर को विज्ञापन नं.१६३०८-१६३०९/०७५-७६(खुला, महिला) एकीकृत परीक्षा प्रणाली अन्तरगत छैठौ तह अधिकृत (प्रशासन , लेखा) /आ.ले.प.अधिकृत (अप्राविधिक) पदमा online दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, दाङ कार्यालयको विज्ञापन नम्बर १४४१६-१४४२०/०७५-७६(खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत पाँचौ तह, सहायक/लेखापाल/लेखा सहायक/आन्तरिक लेखा परीक्षक(अप्राविधिक)पदको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ ।

लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको अधिकृत स्तर छैठौं तह (अप्राविधिक), सहायक स्तर पाचौं तह (अप्राविधिक) र चौथो तह (अप्राविधिक) को बीरगंज परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको अधिकृत स्तर छैठौं तह (अप्राविधिक), सहायक स्तर पाचौं तह (अप्राविधिक) र चौथो तह (अप्राविधिक) को लहान परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग जलेश्वर कार्यालयले सञ्चालन गर्ने स्थानीय तहको अधिकृत स्तर छैठौं तह (अप्राविधिक), सहायक स्तर पाचौं तह (अप्राविधिक) र चौथो तह (अप्राविधिक) को जलेश्वर परीक्षा केन्द्र राख्ने उम्मेदवारहरुको प्रथम चरणको परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, जुम्ला कार्यालय, खलङ्गा, जुम्लाको वि.नं. १५३५७-१५३५८/०७५-७६ (खुला/समावेशी), छैठौं तहको अधिकृत/आ.ले.प. अधिकृत (अप्राविधिक) पदको परीक्षा भवन कायम गरीएको सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने वि.नं. १००२७-१००३० /२०७५-७६, तह ४, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्बन्धी सूचना प्रकाशित भएको छ ।

लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गर्ने वि.नं. १००२२-१००२६ /२०७५-७६, तह ५, सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्बन्धी सूचना
लोक सेवा आयोग धनकुटाले संचालन गर्ने वि.नं. १००१५-१००२१ /२०७५-७६, तह ६ अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन सम्बन्धी सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नम्बर 12507-12509/075-76 (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत पाँचौ तह , सहायक /लेखा सहायक/आ.ले.प. सहायक पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सम्बन्धी सूचना प्रकाशित भएको छ । लोक सेवा आयोग, हेटौंडा कार्यालयको विज्ञापन नम्बर 12505-12506/075-76 (खुला तथा समावेशी), एकीकृत परीक्षा प्रणाली अन्तर्गत छैठौ तह ,अधिकृत / आ.ले.प. अधिकृत पदको प्रथम चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सम्बन्धी सूचना प्रकाशित भएको छ । थप जानकारी तलको सूचनामा लिनुहोस् ।

Continue Reading

Leave A Reply

Your email address will not be published.