छवि र शिल्पाको सम्बन्ध बिग्रीएकै अबस्थामा रेखा थापाले आफ्नो बिबाह बारे गरिन यस्तो खुलाशा,

0

रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् । कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो समयमा रेखा चलचित्रमा भन्दापनि राजनीति क्षेत्रमा बढी संलग्न छिन् ।

यस्तै छवि ओझसँग केहीबर्ष अघि उनको डिभोर्स भएको थियो । अहिले रेखालाई विवाह केहिले गर्ने ? बच्चा कहिले जन्माउने ? भन्ने खालका प्रश्नहरु सोधिने गरिन्छ । उमेरले ३५ नाघिसकेकी रेखाले आफ्नो विवाहको बारेमा कडा जवाफ दिएकी छिन् । उनले फ्यानलाई डन्ट वरी म विवाह गर्छु भनेकी छिन् यो कुरा सुन्दा उनका फ्यानमा उनको विवाह कहिले हुन्छ भनेर उत्सुकता जाग्नु स्वभाविकै हो । रेखाले आफू ४० कटेसी विवाह गर्ने बताएकी छिन् । उनी अबको ४ बर्षजति मज्जाले राजनीति र चलचित्र क्षेत्रमा रमाइलो गर्ने र त्यसपछि मात्र विवाह गर्ने सोचमा रहेकी छिन् ।

रेखाले आफ्नो कोहीसँग पनि प्रेम भने नभएको बताएकी छन् । उनलाई प्रेमप्रति कत्तिपनि विश्वास नै छैन । रेखाले प्रेमलाई फेक भनेकी छिन् । तर उनले आफ्नो श्रीमान् भने राजनीति क्षेत्रलाई बुझेको हुने बताएकी छिन् । रेखाले यसो भनिरहँदा उनको फ्यानलाई उनको विवाह हेर्न कौतुहलता बढिरहेको छ । आशा छ नायिका रेखाले आफ्नो वचन पुरा गर्दै फेरि एकपटक विवाह गर्नेछिन् ।
यो पनि पढ्नुस
मज्जाले हाँस्नुका १० फाइदा यस्ताे छ
काठमाडौं । आज २१ औं विश्व हाँसो दिवस । यसको ईतिहाँस लामो नभएपनि यसलाइ बिशेष गरी मन खोलेर हाँस्ने दिन मानिन्छ । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवसस मनाईँदै आएको छ ।
सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको या दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ । हाँसोको माध्यमबाट विश्वमा शान्ति फैल्याउन सकिने तथा विश्व मानवमा मित्रताको भावा व्यक्त गर्न सकिने उदेश्यले यो दिवस मनाउन थालिएको जानकारहरु बताउँछन् ।
यदी मन खोलेर हाँसे मानसिक तनाव साथै शारिरिक रुपमा पनि स्वास्थ्य रहन सकिने विज्ञहरुको भनाइ छ । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिने डाक्टहरू बताउछन् ।
डाक्टहरूकाे अनुसार वर्षभरि दैनिक १० देखि १५ मिनेटसम्म हाँस्याे भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ । हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसंग जुध्ने क्षमतामा वृद्धि गर्छ जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाच्ने गरेको बिभिन्न अध्ययनले देखाएका छन ।
धेरै स्ट्रेस हर्मोन आउनदेखि रोक्न पनि हाँसोले काम गर्छ । कसरी भने, हाँस्दा एन्डोर्फिन्स रिलिज हुन्छ, यो साकारात्मक हर्मोन हो । निरन्तर हाँसिरहने मानिसमा एन्डोर्फिन्स बढी निस्कन्छ, जसले स्ट्रेस हर्मोनलाई कम गर्छ र दुःख–चिन्ता कम हुन्छ ।
हाँसोको विज्ञानलाई’ गेलोटोलजी’ भनिन्छ । हाँसोले शरीर र मनमा पार्ने प्रभावबारे अध्ययन गर्ने विज्ञान नै ‘गेलोटोलजी’ हो । तर, हाम्रो समाजमा हाँसोलाई त्यति cartoon-drawing- महत्त्व पनि दिइँदैन । हाम्रोमा परम्परागत रुपमा नै ‘हाँस्यो कि नास्यो’ भन्ने अवधारणा पनि छ ।
अब यसको लाभ पक्ष हेर्दै यसलाई लाई सम्पादन गरेर’’हांस्यो कि रोग नास्यो ‘’ बनाउनु पर्ने भएको छ । हाम्रोमा गम्भीर प्रकृतिका मानिस वा भद्रभलादमीहरू खासै हाँस्दैनन् । हाम्रोमा कि त केटाकेटी हाँस्छन्, कि त महिलाहरू हाँस्छन्, या त गम्भीर नहुनेहरू हाँस्छन् भन्ने अवधारणा रहँदै आएको छ ।
समाजका प्रतिष्ठित विल्ला लागेकाहरू नहाँस्ने, परिवारमा ठूलाबडानहाँस्ने भएपछि हाँसोले महत्त्व पाउने भन्ने भएन । तर अनुसन्धानले देखाएको छ कि हाँसोले भौतिक , मानसिक, सामाजिक र आर्थिक लाभ दिलाउंछ । यसबारे धेरै अध्ययन भइसकेको छ, अझै पनि हुँदै छ ।
विज्ञहरुका अनुसार हाँस्नुका फाइदा यस्ता छन्-
१. अध्ययन अनुसार मुस्कुराहटले मानिसको मुटुको चाल वा धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्छ । हाँसिरहने मानिसको आयु खासै हँसमुख नहुनेको भन्दा ६ वर्ष बढ्ने बताइएकेा छ ।
२. तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले उर्जावर्धक चिजको काम गर्छ । मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स बनाउँछ ।
३. दुखाइ कम गर्नका लागि समेत हास्नु मुस्कुराउनु निकै लाभदायक हुन्छ । हाँसोले सरीरमा खुसीको अनुभुति गराउने हर्मोन बढाउँछ जसका कारण सकारात्मक सोँच बढ्नुका साथै दुखाइ पनि कम हुन्छ ।
४. हाँसो तथा मुस्कानले सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् । हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् । त्यसैले हाँस्ने कामले जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
५. कम रक्तचाप भएका मानिसहरुका लागि समेत हाँसो तथा मुस्कान आवश्यक हुन्छ । हाँसोले रक्तचाप सन्तुलनमा सहयोग पूराउनुका साथै हृदयाघातको जोखिम समेत घटाउँछ ।
६. हाँसो केवल मुटु तथा मस्तिष्कका लागि मात्र होइन मांसपेशीका लागि समेत फाइदाजनक हुन्छ । जब तपाइँ हास्नुहुन्छ पेटको मांशपेशीहरु फैलिन्छन् र एकअर्काको बढि सम्पर्कमा आउँछन्, व्यायामका बेलामा जस्तै । तसर्थ मांशपेशीको तन्दुरुस्तीका लागि समेत व्यायामसँगै हाँस्ने थेरापी उपयोग गर्नु निकै लाभदायक हुन्छ ।
७. हाँसोले मानिसको सरीरमा सकारात्मक उर्जाको विकाश गर्ने तथा विभिन्न समस्या सँग जुध्ने वा समस्याको समाधान गर्ने विवेक प्रदान गर्न समेत सहयोग गर्दछ ।
८. जिवनमा उत्साह तथा जोश भर्न, तनाव तथा डरबाट मुक्ति, मूडलाई ठीक राख्न र जिउमा लचिलोपन ल्याउनका लागि समेत उन्मुक्त हाँसो आवश्यक हुन्छ ।
९. हाँसोका सामाजिक लाभ पनि हुन्छन् । यसले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ । हँसिलो मानिस अरुलाई आफुतर्फ आकषिर्त गर्न सफल हुन्छ ।
१०. हाँसो तथा मुस्कानले मानिसलाई नेतृत्व तथा समुहकार्यका लागि समेत सफल बनाउँछ । हँसिलो मानिसमा टिमवर्क तथा नेतृत्वदायी क्षमता बढि हुन्छ । त्यस्तै अरु मानिसलाई आफ्नो सम्बन्धमा टिकाउन समेत हँसिलो अनुहारवाला मानिसहरु सफल हुन्छन् ।

Leave A Reply

Your email address will not be published.