आर्यघाटमा नियालेर हेर, रुदैनन् कहिले जल्नेहरू, रुन्छन् केवल जलाउनेहरू-हिमानी शाह

0

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले भावुक स्ट्याटस लेखेकी छिन् । सार्वजनिक कार्यक्रममा देखा पर्ने तर मौन रहने हिमानीले सामाजिक सञ्जालमा र्मािर्मक कविता रचेकी छिन् । उनले मावनीय धर्मलाई सम्झाउँदै कविता लेखेकी छिन् । हिमानीले लेखेको छोटो कविता आर्यघाट र त्यहाँ जलाइने लाशमाथी छ । -आर्यघाटमा गई नियालेर हेर, रुदैनन् कहिले जल्नेहरू, रुन्छन् त केवल जलाउनेहरू -उनले कवितालाई मार्मिक रुपमा प्रस्तुत गरेकी छिन् । आर्यघाट र त्यहाँ जल्ने लाशमाथी लेखिएको कविता छोटो भएपनि निकै मार्मिक छ । कविताले कहाँ र कसलाई संकेत गरेका हो, त्यो त भन्न सकिने अबस्था छैन । तरपनि कविताका हरफहरु भने निकै सुन्दर र मार्मिक रहेका छन् ।

केही दिनअघि छोरी पूर्णिकाले पनि देशप्रेमी कविता लेखेकी थिइन । हजुरबा ज्ञानेन्द्र शाहको जन्म दिनलाई लक्षित गरी उनले कविता लेखेकी थिइन । कवितासँगै उनले हजुरबा ज्ञानेन्द्र शाहको तस्विर पनि राखेकी थिइन । छोरीले कविता लेखेको तीन दिनपछि आमा हिमानीले पनि मार्मिक कविताको जन्म दिएकी छिन् ।

यस्तो छ कविताः

जाऊ आर्यघाटमा गई नियालेर हेर
रुदैनन् कहिले जल्नेहरू
रुन्छन् त केवल जलाउनेहरू

Leave A Reply

Your email address will not be published.