मरिष्काको आइटम गीत यस्तै हो बैंशमा’ भन्दै देखाइन् बोल्ड अवतार (भिडियो सहित)

0

काठमाडौं, २२ असार । चलचित्र ‘लुजर्स’को ‘यस्तै हो बैशमा’ बोलको गीतलाई सार्वजनिक गरिएको छ । गीतमा नायिका मरिष्का पोखरेल आइटम डान्स गरेकी छिन् । मिना निरौला र तोरेम्पा राईको युगल गायन रहेकोगीतमा मरिष्का बोल्ड अवतारमा देखिएकी छिन् । तर गीत सार्वजनिक समारोहमा भने उनी अनुपस्थित रहिन् ।

गोपाल चन्द्र राईको शब्द रचना रहेको गीतमा अदिराम राईको संगीत रहेको छ । अनिल राईको नृत्य निर्देशन रहेको गीतमा बैश र जवानीको कुरा समावेश छन् । नाट्येश्वर फिल्मस् प्रालिको प्रस्तुति चलचित्र ‘लुजर्स’ लाई रमेश बिसुन्केले लेखन तथा निर्देशन गरेका हुन् । उत्सव दाहालको छायांकन रहेको चलचित्रलाई विनोद बमले सम्पादन गरेका हुन्

केही दिन पहिले फिल्म ‘द डार्क एण्ड लाइट’ को एक आइटम गीतमा अभिनय गरेकी मरिष्का ‘मिस्टर भर्जिन’ फिल्म पश्चात आइटमतिरै बढी केन्द्रित हुन थालेकी छन् । भिडियो हेर्नुहोस्:

Leave A Reply

Your email address will not be published.