भुलेर पनि यो दिन पैसा सापटी नदिनुहोस, किन ? यस्तो छ कारण !

0

के तपाई आर्थिक समस्याबाट चिन्तित हुनुहुन्छ ? अनावश्यक खर्चका कारण पैसा बचाउन सकिरहेको छैन भने बिहीबारको दिन यसो गर्नुहोस।ज्योतिष शास्त्रअनुसार बिहिबारलाई गुरुबार पनि भन्ने गरिन्छ। जुन व्यक्तिलाई गुरुको कृपा हुन्छ त्यसलाई कहिले पनि पैसाको कमि हुदैन।बिहीबारको दिन सूर्योदय हुनु अगावै स्नान गर्नुहोस र घी को दीप बालेर भगवान बिष्णुको पुजा आर्चना गर्नुहोस। साँझको समयमा केराको बोटमा दीपक जलाएर बेसनको मिठाई चढाउनुहोस् र प्रसाद स्वरुप अरुलाई पनि बढ्नुहोस। बिहिबारको दिन भगवानको पुजा सकेपछि
केसरको तिलक लगाउनुहोस।
बिहीबारको दिन कसैले पैसा मग्न आएमा नदिनुहोस्। बिहीबारको दिन पैसाको लेनदेन गर्दा तपाइको गुरु कमजोर हुन्छ। यसबाट तपाइको आर्थिक समस्या पैदा हुन्छ। यदि बिहीबारको दिन पैसा दिएमा फिर्ता आउदैन । बिहीबारको दिन गुरु, माता -पिताको आशिर्बाद लिनु राम्रो हुन्छ। उहाहरुलाई उपहारको रुपमा पहेलो रङको बस्त्र दिनु शुभ मानिन्छ। एजेन्सीको सहयोगमा
यो पनि पढ्नुस
मज्जाले हाँस्नुका १० फाइदा यस्ताे छ
काठमाडौं । आज २१ औं विश्व हाँसो दिवस । यसको ईतिहाँस लामो नभएपनि यसलाइ बिशेष गरी मन खोलेर हाँस्ने दिन मानिन्छ । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवसस मनाईँदै आएको छ ।
सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको या दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ । हाँसोको माध्यमबाट विश्वमा शान्ति फैल्याउन सकिने तथा विश्व मानवमा मित्रताको भावा व्यक्त गर्न सकिने उदेश्यले यो दिवस मनाउन थालिएको जानकारहरु बताउँछन् ।
यदी मन खोलेर हाँसे मानसिक तनाव साथै शारिरिक रुपमा पनि स्वास्थ्य रहन सकिने विज्ञहरुको भनाइ छ । दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिने डाक्टहरू बताउछन् ।
डाक्टहरूकाे अनुसार वर्षभरि दैनिक १० देखि १५ मिनेटसम्म हाँस्याे भने तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ । हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरोसंग जुध्ने क्षमतामा वृद्धि गर्छ जो मानिसमा हाँसोको भावना हुन्छ, ऊ नहाँस्ने मानिसभन्दा बढी समयसम्म बाच्ने गरेको बिभिन्न अध्ययनले देखाएका छन ।
धेरै स्ट्रेस हर्मोन आउनदेखि रोक्न पनि हाँसोले काम गर्छ । कसरी भने, हाँस्दा एन्डोर्फिन्स रिलिज हुन्छ, यो साकारात्मक हर्मोन हो । निरन्तर हाँसिरहने मानिसमा एन्डोर्फिन्स बढी निस्कन्छ, जसले स्ट्रेस हर्मोनलाई कम गर्छ र दुःख–चिन्ता कम हुन्छ ।
हाँसोको विज्ञानलाई’ गेलोटोलजी’ भनिन्छ । हाँसोले शरीर र मनमा पार्ने प्रभावबारे अध्ययन गर्ने विज्ञान नै ‘गेलोटोलजी’ हो । तर, हाम्रो समाजमा हाँसोलाई त्यति cartoon-drawing- महत्त्व पनि दिइँदैन । हाम्रोमा परम्परागत रुपमा नै ‘हाँस्यो कि नास्यो’ भन्ने अवधारणा पनि छ ।
अब यसको लाभ पक्ष हेर्दै यसलाई लाई सम्पादन गरेर’’हांस्यो कि रोग नास्यो ‘’ बनाउनु पर्ने भएको छ । हाम्रोमा गम्भीर प्रकृतिका मानिस वा भद्रभलादमीहरू खासै हाँस्दैनन् । हाम्रोमा कि त केटाकेटी हाँस्छन्, कि त महिलाहरू हाँस्छन्, या त गम्भीर नहुनेहरू हाँस्छन् भन्ने अवधारणा रहँदै आएको छ ।
समाजका प्रतिष्ठित विल्ला लागेकाहरू नहाँस्ने, परिवारमा ठूलाबडानहाँस्ने भएपछि हाँसोले महत्त्व पाउने भन्ने भएन । तर अनुसन्धानले देखाएको छ कि हाँसोले भौतिक , मानसिक, सामाजिक र आर्थिक लाभ दिलाउंछ । यसबारे धेरै अध्ययन भइसकेको छ, अझै पनि हुँदै छ ।
विज्ञहरुका अनुसार हाँस्नुका फाइदा यस्ता छन्-
१. अध्ययन अनुसार मुस्कुराहटले मानिसको मुटुको चाल वा धड्कनलाई सन्तुलित बनाउन मद्दत गर्छ । हाँसिरहने मानिसको आयु खासै हँसमुख नहुनेको भन्दा ६ वर्ष बढ्ने बताइएकेा छ ।
२. तनावलाई कम गर्नमा मुस्कुराउने वा हाँस्ने कामले उर्जावर्धक चिजको काम गर्छ । मुस्कुराउँदा सरीरमा एन्डोफिर्न हर्मोन उत्सर्जन हुन्छ जसले तनाव कम गर्नुका साथै मूडलाई समेत रिल्याक्स बनाउँछ ।
३. दुखाइ कम गर्नका लागि समेत हास्नु मुस्कुराउनु निकै लाभदायक हुन्छ । हाँसोले सरीरमा खुसीको अनुभुति गराउने हर्मोन बढाउँछ जसका कारण सकारात्मक सोँच बढ्नुका साथै दुखाइ पनि कम हुन्छ ।
४. हाँसो तथा मुस्कानले सरीरमा रोगप्रतिरोधी क्षमता समेत बढाउँछ । यसले व्यक्तिको मनोवैज्ञानिक उर्जालाई समेत प्रवर्द्धन गर्दछ । रोगप्रतिरोधी प्रणालीलाई सक्रिय बनाउनका लागि सरीरमा टी कोषहरु हुन्छन् । हाँसेको बेला सरीरका टी कोषहरु सक्रिय हुन्छन् । त्यसैले हाँस्ने कामले जिउको रोगप्रतिरोधी क्षमता बढाउँछ ।
५. कम रक्तचाप भएका मानिसहरुका लागि समेत हाँसो तथा मुस्कान आवश्यक हुन्छ । हाँसोले रक्तचाप सन्तुलनमा सहयोग पूराउनुका साथै हृदयाघातको जोखिम समेत घटाउँछ ।
६. हाँसो केवल मुटु तथा मस्तिष्कका लागि मात्र होइन मांसपेशीका लागि समेत फाइदाजनक हुन्छ । जब तपाइँ हास्नुहुन्छ पेटको मांशपेशीहरु फैलिन्छन् र एकअर्काको बढि सम्पर्कमा आउँछन्, व्यायामका बेलामा जस्तै । तसर्थ मांशपेशीको तन्दुरुस्तीका लागि समेत व्यायामसँगै हाँस्ने थेरापी उपयोग गर्नु निकै लाभदायक हुन्छ ।
७. हाँसोले मानिसको सरीरमा सकारात्मक उर्जाको विकाश गर्ने तथा विभिन्न समस्या सँग जुध्ने वा समस्याको समाधान गर्ने विवेक प्रदान गर्न समेत सहयोग गर्दछ ।
८. जिवनमा उत्साह तथा जोश भर्न, तनाव तथा डरबाट मुक्ति, मूडलाई ठीक राख्न र जिउमा लचिलोपन ल्याउनका लागि समेत उन्मुक्त हाँसो आवश्यक हुन्छ ।
९. हाँसोका सामाजिक लाभ पनि हुन्छन् । यसले आपसी सम्बन्ध मजबुत बनाउन सहयोग पूराउँछ । हँसिलो मानिस अरुलाई आफुतर्फ आकषिर्त गर्न सफल हुन्छ ।
१०. हाँसो तथा मुस्कानले मानिसलाई नेतृत्व तथा समुहकार्यका लागि समेत सफल बनाउँछ । हँसिलो मानिसमा टिमवर्क तथा नेतृत्वदायी क्षमता बढि हुन्छ । त्यस्तै अरु मानिसलाई आफ्नो सम्बन्धमा टिकाउन समेत हँसिलो अनुहारवाला मानिसहरु सफल हुन्छन् ।

Leave A Reply

Your email address will not be published.