
प्रदेश २ प्रमुख राजेश अहिराजले गर्न थाले कमाल, चौतर्फी वाहीवाही !
Posted in समाज
नवनियुक्त प्रदेश प्रमुख राजेश झा 'अहिराज' पदभार गरेलगत्तै चर्चामा छन् । आफ्नो कार्यकक्षमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्विर राख्दा उनको देशभर प्रशंसा भयो । नेपाली सेनाले पनि प्रशंसा गर्यो ।
साथसाथै सडकमा घाइते भएका सर्वसाधारणको भीआइपी सवारी रोकेर उद्धार गरेर उनको लोकप्रियता झनै चुलिए । शासक पद जनताको सेवाका लागि भन्ने पाठ उनले सिकाए ।अब उनै प्रदेश प्रमुख झा अरु प्रदेशका प्रमुख जस्तो निष्क्रिय होइन देश नै जागरुक बनाउने अभियान लिएर अगाडि बढेका छन् ।
प्रदेश प्रमुख सेरेमोनियल हो तर इनएक्टिभ होइन भन्ने अभियानसहित झा देशका ६ वटै प्रदेश प्रमुखहरूसँग साक्षात्कार तथा छलफलका लागि निस्किएका छन् । साथमा पृथ्वीनारायण शाहको तस्विर लिएर हिँडेका छन् ।झाले बुधवार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवसँग भेट गरे ।
जानकी मन्दिर र पृथ्वीनारायण शाहको तस्विर मायाको चिनोको रूपमा दिए ।ब