
प्रधानमन्त्री ओली भन्नुहुन्छ : नेपाल–भारत आकारमा सानोठुलो भए पनि हैसियत बराबर…हेर्नुहोस् ।
Posted in राष्ट्रिय
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा सानो ठूलो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताउनु भएको छ ।
सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उहाँको भनाइ छ । भारतीय न्युज च्यानल जी न्युजका सम्पादक सुधीर चौधरीसँगको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले दुई देशका प्रधानमन्त्रीबीच पनि उमेरमा घटी बढी भए पनि दुबैको बराबर हैसियत भएको बताउनुभयो।
चौधरीसँगको अन्तरवार्ता गएराती प्रशारण भएको थियो । चौधरी ओलीलाई खुइलाउने अभियान चलाएका व्यक्ति हुन् । उनले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको भेटको विषयलाई लिएर मानहानी र दुष्प्रचार गरेका थिए ।
जसका कारण नेपालका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण