Author: Puja Sharma

सामाजिक सञ्जाल प्रयोगमा कडाइ : सूचना प्रविधि विधेयक पेश हुँदै

सामाजिक सञ्जाल प्रयोगमा कडाइ : सूचना प्रविधि विधेयक पेश हुँदै

Posted in समाचार
आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने व्यवस्था रहेको सूचना प्रविधि सम्बन्धी विधेयकको प्रतिवेदन पेश हुँदैछ । संसदीय समितिबाट पास भएर बसेको सो विधेयकको प्रतिवेदन विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले पेश गर्न लागेकी हुन् । सो विधेयकको कतिपय दफामा सामाजिक सञ्जालमाथि अंकुश लगाउने व्यवस्था रहेको भन्दै संसदीय विभिन्न पक्षबाट बिरोधसमेत हुँदै आइरहेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मधेशी आयोग र थारु आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश हुने कार्यसुची रहेको छ । साथै राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
न्युयोर्कलाई उछिनेर बेइजिङ बन्यो संसारकै धेरै अर्बपति बस्ने सहर

न्युयोर्कलाई उछिनेर बेइजिङ बन्यो संसारकै धेरै अर्बपति बस्ने सहर

Posted in समाचार
चिनियाँ राजधानी बेइजिङ संसारकै बढी अर्बपतिहरू बस्ने सहर बनेको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको संसारका अर्बपतिको सूचीमा परेकामध्ये १ सय जनाल बेइजिङका बासिन्दा छन्। तीमध्ये ३३ जना अर्बपति यसपालिमात्रै थपिएका हुन्।इजिङपछि अमेरिकाको न्युयोर्क सहर छ। त्यहाँ ९९ जना अर्बपति बस्छन्। सात वर्षयता न्युयोर्क नै धेरै अर्बपति भएको सहरमा पहिलो नम्बरमा थियो। चीनले कोरोनाभाइरसमाथि गरेको प्रभावकारी नियन्त्रण, प्रविधिसम्बन्धी कम्पनीहरू बिस्तार र सेयर मार्केटमा भएको सुधारले चिनियाँ अर्बपति थपिएका हुन। बेइजिङमा अर्बपतिहरू थपिए पनि न्युयोर्कका अर्बपतिहरूसँग बेइजिङका सबै अर्बपतिको भन्दा  ८० अर्ब डलर बढी सम्पत्ति छ।चीनमा (हङकङ र मकाउसमेत) यस वर्ष  २ सय १० जना अर्बपति थपिएका छन्। यीमध्ये आधा भन्दा बढीले उत्पादनमूलक र प्रविधिसम्बन्धी कम्पनीका मालिक हुन्। चीनकी अर्बपति महिला केइट वाङले इ-सिगरेटबाट प
बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा

बढ्दै प्रदूषण : घरभित्रै बसे पनि सुख नपाउने, गम्भीर असर गर्ने खतरा

Posted in समाचार
नेपालमा देखिएको प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खतरा देखिएको छ । सुक्खा मौसममा मौसमी हावाले ल्याउने प्रदूषणसँगै देशभित्र प्रकोपझैँ फैलिएको डढेलोपछिको प्रदूषणले जघन्य असर पु¥याउने प्रस्ट छ । मङ्गलबार साँझ झ्यालबाट बाहिर नाक निकाल्न नहुने कडा वायु प्रदूषण काठमाडौँलगायतका विभिन्न सहरमा बढेको थियो । यस समयमा काठमाडौँ उपत्यकाको भक्तपुर र भैँसेपाटीमा वायु प्रदूषण उच्च भयो ।भक्तपुरमा वायु प्रदूषणको स्तर सबैभन्दा बढी ४८० सूचकाङ्क पुगेको थियो । धनगढीमा ४७७ र भैँसेपाटीमा सूचकाङ्क ३३३ पुगेको वातावरण विभागको वायु गुणस्तर अवलोकन प्रणालीले जनाएको छ । बुधबार बिहानदेखि मध्यान्हसम्म वातावरण थोरै उज्यालियो । अपरान्हपछि उस्तै गाढा बन्न पुग्यो । यस्तै अवस्था कायम रहे मानिस घरभित्रै बसे पनि सुख पाउनेछैनन् । भित्रै बस्दा पनि आँखा पोल्ने, घाँटी खि¥याउने जस्ता समस्यासँगै बालबालिका
चीनले उपलब्ध गराएको कोरोनाविरूद्धको भ्याक्सीन ‘भेरोसेल’ आजबाट लगाइने

चीनले उपलब्ध गराएको कोरोनाविरूद्धको भ्याक्सीन ‘भेरोसेल’ आजबाट लगाइने

Posted in शिक्षा र स्वास्थ्य
काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरूद्धकाे भ्याक्सीन आज (बुधबार)बाट लगाइने भएको छ । काठमाडौंका १४ अस्पतालमार्फत उक्त खोप लगाउने व्यवस्था गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।यसअघि सरकारले यो खोप अघिल्लो चरणमा प्रथामिकतामा परेर पनि लगाउन नपाएका साथै व्यपार व्यवसायका साथै कुनैपनि कामकका लागि चीन जाने नागरिकलाई प्रथामिकता दिने सरकारले घोषणा गरेको थियो । तर त्यसको अलावा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति होटल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट कम्पनीमा काम गर्ने, औषधि, फलफूल, तरकारी व्यापारी प्रध्यापकलाई पनि यो चरणको खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।काठमाडौंको अस्पतालहरु वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौ मेडिकल कलेज सिनामंगल,
सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल, १५ लाख जरिवाना, विधेयक पेस हुँदै

सामाजिक सञ्जालमा लेख्दा ५ वर्ष जेल, १५ लाख जरिवाना, विधेयक पेस हुँदै

Posted in मुख्य समाचार
सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विधेयक बिहीबार प्रतिनिधिसभामा पेस हुने भएको छ । विकास तथा प्रविधि समितिले कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पेस गर्न लागिएको हो ।सरकारकै चाहनाअनुसार समितिले विधेयक अघि बढाएको कांग्रेस सांसदहरू बताउँछन् । समितिले पारित गरेको प्रतिवेदनअनुसार कानुन बनेमा अनलाइनमा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो विचार लेखेकै आधारमा सर्वसाधारण जेल जानुपर्ने हुन सक्छ । सरकारले ल्याएको विधेयकलाई कांग्रेस सांसदको विरोध हुँदाहुँदै समितिबाट माओवादी र एमाले सांसदले बहुमतका आधारमा २०७६ पुस दोस्रो साता पारित गरेका थिए । विधेयकका प्रावधान संविधानको मर्म र भावनाविपरीत हुनुका साथै यसले
केपी ओलीको गृहजिल्लामै सत्तानिकट प्रेस चौतारी पराजित

केपी ओलीको गृहजिल्लामै सत्तानिकट प्रेस चौतारी पराजित

Posted in समाचार
झापा । नेपाल पत्रकार महासंघ झापा शाखामा एकराज गिरी नेतृत्वको संयुक्त प्यानलले बर्चस्व कायम गरेको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, मिडिया नेपाल र स्वतन्त्र पत्रकारहरूको संयुक्त प्यानलले २० पदमध्ये १६ पदमा विजय हासिल गरेको हो । अध्यक्षमा संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन्  । प्रेस युनियनका गिरीले १५५ मत ल्याए । उनका प्रतिद्वन्द्वी ओली निकट प्रेस चौतारीका विशाल नेम्वाङले ७४ मत प्राप्त गरे भने नेपाल–खनाल निकट प्रेस चौतारीका तिर्थ सिग्देलले २६ मत ल्याए ।उपाध्यक्षमा संयुक्त प्यानलका केशव भट्टराई १३१ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्दी ओेली निकट प्रेस चौतारीका गोपाल झापालीले ९६ र खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमालचन्द्र खरेलले २६ मत ल्याएका छन् । संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा सुशीला संग्रौला १४० मत ल्याई निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी ओेली
पदमुक्त भएलगत्तै न्यौपानेले गरे गाडी फिर्ता

पदमुक्त भएलगत्तै न्यौपानेले गरे गाडी फिर्ता

Posted in ताजा समाचार
बुटवल ।  मंगलबार पदमुक्त भएका लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य दधिराम न्यौपानेले गाडी फिर्ता गरेका छन् ।  प्रदेशसभा सदस्य न्यौपानेले बुधबार आफ्नो गाडी फिर्ता गरेका हुन् । न्यौपाने अर्थ,उद्योग, पर्यटन समितिको सभापतिको जिम्मेवारीमा समेत रहेका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँत्याइदिएपछि एमालेमा लागेका न्यौपाने र अर्का प्रदेशसभा सदस्य दिनेश पन्थीलाई माओवादीले कारवाही गरेको थियो । कारबाहीपछि प्रदेशसभा सदस्य नरहेका न्यौपानेले संसदीय समितिको सभापतिको हैसियतमा लिएको लु १ झ ४४९ नम्बरको गाडी र एउटा पङ्खा संसद सचिवालयलाई फिर्ता गरेका छन् । सांसदबाट हटेपछि सरकारी सुविधा लिन आवश्यक नभएको भन्दै उनले बुधबार बिहान १० बजे गाडीको साँचो संसद सचिवालयलाई हस्तान्तरण गरेका छन् ।न्यौपानेले रुपन्देहीबाट चुनाव जितेका थिए । एमालेमा लागेपछि उनीमाथि माओवादी केन्द्रले स्पष्टीकरण सोधेको
वायु प्रदूषण उच्च भएपछि वीरेन्द्रनगरमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनको आग्रह

वायु प्रदूषण उच्च भएपछि वीरेन्द्रनगरमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रशासनको आग्रह

Posted in समाचार
वीरेन्द्रनगर — करिब एक महिना अगाडिदेखि देशभर वायु प्रदूषण र तुवाँलोले विकराल रुप लिइरहेका बेला वीरेन्द्रनगरको वायु प्रदूषण पनि अत्यधिक बढेको छ ।वन डढेलोका कारण सुर्खेतमा पनि वायु प्रदुषणको अवस्था विकराल बनेको हो । प्रदूषण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन समेत आग्रह गरेको छ ।‘वायु प्रदूषणको स्तर बढ्दै गइ मानव स्वास्थ्यमा खतरा पुग्ने स्थिति भएकोले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कनुहुन र केटाकेटी, बुढाबुढी तथा दीर्घरोगीले थप सावधानी अपनाउन अनुरोध गरिन्छ’ प्रशासन कार्यालयका सूचना अधिकारी श्रीसमसेर रानामगरले जारी गरेको सूचनामा भनिएको छ । प्रदूषणको असर विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई देखिने भन्दै प्रशासनले सावधानीका उपाय अपनाउन आग्रह गरेको हो ।विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुको गुणस्तर सूचांक (ए
शरीरमा आइरनको कमी भइरहन्छ ?

शरीरमा आइरनको कमी भइरहन्छ ?

Posted in शिक्षा र स्वास्थ्य
काठमाडौं– आइरन ती महत्वपूर्ण पोषक तत्वहरु मध्येको एक हो, जसले गर्भवती अवस्थामा महिला तथा उनको शिशुलाई स्वास्थ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । गर्भावस्थाको क्रममा आइरनको आवश्यकता दुई गुणा बढी हुन्छ ।त्यस्तो के छ, जसले आइरनको त्यस्तो आवश्यकतालाई पूरा गर्न सक्छ, आज हामी आइरन बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं । आइरनको प्रयोग शरीरमा अक्सिजन सञ्चार गर्नका लागि हन्छ ।यो रातो रक्त कोशिकाहरुमा पाइने एउटा प्रोटीनको घटक हो, जसले हेमोग्लोबिनको सहयोगमा शरीरभरी अक्सिजन लैजाने काम गर्छ । यसबाहेक यो मायोग्लोबिनको सहयोगले मांसपेशिमा पनि अक्सिजनको संचार गर्ने काम गर्छ ।यसको साथै यो विभिन्न आवश्यक एन्जाइम्सको उत्पादनका लागि पनि आवश्यक हुन्छ, जसले रोग प्रतिरोधक क्षमता बलिायो गर्न सहयोग पुऱ्याउँछ । गर्भावस्थाको क्रममा आफ्नो र गर्भमा हुर्कँदै गरेको शिशुका लागि विशेष रुपले दोस्रो र तेस
वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै

Posted in समाचार
बाग्मती । दुई हप्तादेखि मकवानपुरको हेटौँडा आसपास क्षेत्रमा लागेको डढेलो र वायु प्रदूषणका कारणले जिल्लामा आँखाका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।वायुप्रदूषणको जोखिम बढेपछि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको उपचार गराउनेको सङ्ख्यामा व्यापकरुपमा वृद्धि भएको सो अस्पताल प्रशासनले जनाएको छ । विगत दुई हप्तादेखि वायु प्रदूषणका कारणले आँखा उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको अस्पतालका वरिष्ठ प्रशासक सुधीर श्रेष्ठले बताउनुभयो ।अहिले वायु प्रदूषणलगायत र अन्य विभिन्न कारणले दैनिक ३५० भन्दा बढी आँखाका बिरामी अस्पतालमा उपचार गराउन आउने गरेको बताइएको छ । अस्पतालमा आँखाको उपचार गराउन आउने अधिकांश बिरामीको आँखा पोल्ने, आँखा रातो हुने र आँखामा एलर्जी हुनेलगायत टाउको दुख्ने समस्या रहेको बताइएको छ । अस्पतालमा नियमित आँखा जाँच गराउन आउने र फलोअपका लागि आउने तथा आँखाको शल्य