राष्ट्रपतिलाई प्रचण्डले भने – कसैले उक्साहटमा नलाग्नुस्, सिंगो देशको राष्ट्रपति बन्नुस् ‘

काठमाण्डौँ । नेकपाका का,र्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति वि,द्यादेवी भण्डारीलाई पक्षधरता नदेखाई भूमिका नि,र्वाह गर्न आग्रह गरेका छन् । नेकपा स्थायी समिति बै,ठक रोकेर प्रधानमन्त्री केपी ओलीले ह,तारहतार संसद अधिवेशन अ,न्त्य गरेपछि प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । त्यस क्रममा प्रचण्डले सीमित व्यक्ति र गु,टको भलो हुने मात्र काम नगरी सिंगो मुलुककै राष्ट्रपति बन्न भण्डारीलाई आ,ग्रह गरेका थिए ।

उनले राष्ट्रपति मुलुकको अ,भिभावक हुने भन्दै पदीय गरिमा कायम गर्न सुझाएका छन् । उनले प्रधानमन्त्री ओलीले रा,जनीतिक दल विभाजनसम्न्त्री अध्यादेश ल्याउने तयारी गरेकाले त्यसलाई अस्वीकृत गरिदिन राष्ट्रपति भण्डारीलाई आ,ग्रह गरे ।

‘यसअघि पनि तपाईंले रा,जनीतिक दल फुटाउने अध्यादेश हतार–हतार स्वीकृत गर्नुभयो’, प्रचण्डको भनाइ उ,द्धृत गर्दै स्रोतले भन्यो, ‘यसपटक त्यस्तो गल्ती नगर्नुस् ।

मुलुकको हित र रा,जनीतिक स्थायित्वका लागि अ,ध्यादेश आए अस्वीकृत गरिदिनुस् ।’ जवाफमा भण्डारीले अ,ध्यादेशबारे प्रधानमन्त्री ओलीलाई आफूसँग कुनै कुराकानी नगरेको बताइन् । बरु, नेकपाको एकता कायम राख्न ओलीसँग मिलेर अघि बढ्दा राम्रो हुने सुझाव उनले दिइन् ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।