भारतसँग सीमा जोडिएको दार्चुलामा एकै दिन सशस्त्र प्रहरीको तीन बोर्डर आउट पोस्ट स्थापना…हेर्नुहोस् ।

दार्चुला : भारतसँग सीमा जोडिएको नेपालको दार्चुला जिल्लाका विभिन्न सिमानाकामा आज एकै दिन सशस्त्र प्रहरी बलको तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका‐७ जोलजिवी, लेकम गाउँपालिका‐३ लाली र ब्याँस गाउँपालिका‐२ दुम्लिङमा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको हो ।

जोलजिवी र लालीमा स्थापना गरिएको बीओपीको सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी स्वयम सहभागी भएर उ’द्घाटन गर्नु भएको हो, भने ब्याँस‐२ दुम्लिङको बीओपी फोन मार्फत उद्घाटन गर्नुभएको हो ।

जोलजिवीस्थित बिओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथोकीले सशस्त्र प्रहरीलाई प्राप्त विभिन्न कार्यादेश मध्ये सीमा सुरक्षा महत्व’पूर्ण रहेको भन्दै जिल्लामा ४ वटा बीओपी स्थापना गरिएको बताउनुभयो ।

बीओपी स्थापनाले सीमा रक्षा, सीमा अ’पराध र अवै’ध ओसार पसार जस्ता क्रियाकलापहरु नियन्त्रण हुने बताउनुभयो ।
भारतसंगको सीमामा स्थापना गरिएको बीओपीले सीमा अ’पराध, चोरी तस्करी निय’न्त्रण गर्नुका साथै जनतालाई

शान्ति सुरक्षा महसुस हुने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीको विश्वास छ । यसअघि दार्चुलाको ब्याँस गाउँपालिका‐१ छाङ्गरुमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट ९बीओपी० स्थापना भइसकेको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।