ओली सरकारको भविष्यको टुंगो आजै लाग्ने, प्रचण्ड कडा निर्णय लिने तयारीमा…हेर्नुहोस|

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली ने,तृत्वको सरकारको भविष्य आज निक्र्यौल हुनेभएको छ । स्थायी कमिटि बैठकमा विकल्पहरुसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम समुह प्रस्तुत हुने भएबाट भविष्य तय हुने भएको हो ।

ओलीलाई प्रचण्डलगायतका नेताहरुले विकल्पहरुसहित प्रस्तुत हुने गरी र,णनीति बनाएका छन् । जसमा उनले प्रधानमन्त्री पद छाड्नुपर्ने मुख्य छ । प्रधानमन्त्री सहजै छाडे अध्यक्ष पदबाट नहटाउने गरी लचिलो बन्ने रणनीति तयार गरिएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

तर, पद छाड्न नमाने उनीप्रति क,ठोर कदम चाल्ने गरी तयारी भएको छ । उनलाई कुनै हालतमा प्रधानमन्त्रीबाट हटाउनेमा उक्त समुहले टुंगो लगाइसकेको छ । यसबारे एक प्रभावशाली नेताले भने- प्रधानमन्त्रीबाट रा,जीनामा गर्नुपर्नेमा यताउता हुँदैन, अध्यक्ष पदमा भने कायमै रहने वातावरण बनाउन सकिन्छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।