ओलिको राजिनामा मागे पछि जनता सडकमा “हामीलाई नेकपाको धेरै माया छ, नेताहरु मिल्नुहोस्” जनताको माग…हेर्नुहोस|

काठमाडौँ, १७ असार – पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका क,मी क,मजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न कि,चलोप्रति चि न्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवा,दको वि,रोध गर्दै आन्तरिक एकताका लागि आ,ह्वान गर्दै भनेका छन्, दुनियाँ हँसाउने ग,तिविधि तत्काल ब,न्द गरौँ ।

गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को चुनावी गठबन्धन भई स्थायित्व र समृद्धिको लक्ष्यसहित साझा चुनावी घो,षणापत्रका आधारमा प्राप्त दुई तिहाइ नजीकको जनमतको सम्मान गर्दै २०७५ जेठ ३ मा दुई पार्टीबीच ऐतिहासिक एकता भई नेकपा गठन भएको थियो ।

पार्टीको एकतामा खलल आउन नहुने जनाउँदै नेताकार्यकर्ताले जीवन्त पार्टीमा छलफल र बहस स्वाभाविक भए पनि सतहमै उत्रिएर आ,रोप
प्र,त्यारोप हुनाले त्याग, बलि दान र जनमतको अपमान भएको नेकपा निकट जिल्ला तथा जनसङ्गठनका ने,तृत्वकर्ताहरुको भनाइ छ । मन्त्रिपरिषद् र स्थायी कमिटीमै रहेका घनश्याम भुसाल, योगेशकुमार भट्टराईलगायत नेताले पनि सार्वजनिक आह्वान गरी संवाद, एकता र वि,श्वास सिर्जना गर्न आग्रह गरेका छन् ।

नेकपाको मङ्गलबारको स्थायी कमिटी बै,ठकमा पूर्वनिर्धारित कार्यसूची प्रभावित भई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भनी दिएको अभिव्यक्तिका विषयमा गर्मागर्मी छलफल भएको थियो । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो ने,तृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भनी अभिव्यक्ति दिनुभएका विषयमा छलफल हुँदा प्रधानमन्त्री ओलीको राजीनामाको विषय पनि उठेको थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।