कांग्रेस सांसद कँडेल भारतीय नागरिक भएको खुलासा…हेर्नुहोस!

काठमाडौँ, १४ असार -: पूर्वगृहराज्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको खुलासा भएको छ ।पुष्प ढुंगानाले सोमबारको नयाँ पत्रिकामा समाचार मार्फत यो खुलासा गरेका छन । कडेँल आफैले भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी भन्ने प्रमाण त्यहीको एउटा कलेजको व्यवस्थापन समितिमा अध्यक्ष बनेका छन ।

कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएपछि उनको दोहोरो नागरिकता लगायतको विषयमा छानविनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो ।आयोगले सोही उजुरीको आधारमा नेपाल प्रहरीको सिआइबीलाइ कडेँलको सम्बन्धमा अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

आयोगले सोही उजुरीको छानविनका क्रममा कडेँलका सम्बन्धमा विभिन्न तथ्यहरू बाहिर सार्वजनिक भएका छन । कडेँलले आफु भारतीय नागरिक रहेको प्रमाण तयार पारी महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा चुनाव लडेका हुन । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटिएको छ । यसबाट यनीसँग दोहोरो नागरिकता रहेको प्रष्ट भएको छ ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।