कार दु,र्घटनामा न्यूज २४ कर्मी कृष्ण पाण्डेकाे नि,धन…हार्दिक श्रद्धाञ्जली 😢😭

बुटवल, १४ असार । कार दु,र्घटनामा परी न्यूज २४ टेलिभिजनका रुपन्दहीस्थित टिभी जर्नलिष्ट कृष्णबाबु पाण्डेको नि,धन भएको छ । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-भैरहवा सडक खण्डको तिलोत्तमा-१, ड्राइभर टोलमा गए राति भएको सवारी दु,र्घटनामा पाण्डेकाे ज्या,न गएकाे हाे ।

बुटवलबाट मध्यराति पाण्डे घर फर्किरहँदा बा ७ च ६९५९ नम्बरको उनी आफैले चलाएको कार दु,र्घटनाग्रस्त भएकाे जनाइएकाे छ । दु,र्घटनामा ग,म्भीर घा,ईते भएका पाण्डेलाई उ,पचारका लागि बुटवलस्थित चौ,राहा अ,स्पतालमा लगिएको र उ,पचारकै क्रममा उनको मृ,त्यु भएको इलाका प्र,हरी कार्यालय बुटवलले जनाएको छ ।

कार सडक किरानाको फलामे बारमा ठोक्किएकाे बताइएकाे छ । टिभी जर्नलिष्ट पाण्डेको शव अहिले पाेस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको इलाका प्र,हरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

३० वर्षीय पाण्डे विगत ५ वर्षदेखि न्यूज २४ मा कार्यरत थिए । हाल प्रदेश ५ को व्युरोको जि,म्मेवारी पनि सम्हालिरहेका पाण्डेको असfमयिक नि,धनप्रति न्यूज २४ परिवार मर्माहत बनेको छ । उनले टेलिजिभन र यस्को अनलाइन संस्करणका लागि गरेको योगदान अविष्मरणीय रहनेछ भने न्यूज २४ परिवारले पत्रकार पाण्डे योगदान कहिल्यै भुल्ने छैन ।

पत्रकारिताका अलावा कलाकारिता जगतमा पनि चिनिएका पाण्डे स्याङ्जाकाे विर्घामा जन्मिएका हुन् । पत्रकारिता र कलाकारितालाई माध्यम बनाएर उनी लामो समयदेखि सपरिवार बुटवलमा बस्दै आएका थिए ।न्युज 24 नेपाल

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।