सबैको चर्को बिरोधपछि सोफा छोड्न बाध्य भए ओली-प्रचण्ड, भीम राववले भने MCC कुनै हालतमा पास गर्न हुन्न ?…हेर्नुहोस|

काठमाडौँ – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले वि,रोध गरेपछि दुई अध्यक्षका लागि राखिएको सोफा हटाइएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बस्नका लागि मञ्चमा सोफा राखिएको थियो । अन्य नेताहरुका लागि कुर्सीको व्यवस्था थियो ।

दोस्रो दिनको बैठकमा नेता भीम राववले बैठक कक्षको मञ्चमा दुई अध्यक्षका लागि छुट्टै सोफा किन राखेको भनेर प्रश्न गरेका थिए । नेता रावलले क,म्युनिष्ट पार्टीको बै,ठकमा कुर्सीमै असमानता किन भनेर प्रश्न गरेका थिए । यो सामन्तवा,दी प्रवृति भएको भन्दै उनले हटाउन माग गरे । उनले सोफा हटाउन माग गर्दा सबैले ताली बजाएर समर्थन गरेका थिए । त्यसलगत्तै अध्यक्षद्वयका लागि मञ्चमा राखिएका सोफा हटाईएको एक नेताले जानकारी दिए । त्यसपछि अन्य सदस्यलाई जस्तै अध्यक्षका लागि कुर्सीको व्यवस्था त्यहाँ भएको थियो ।

बुधबार बैठक सुरुवातका दिन वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षभन्दा पछि राखेको भन्दै कार्यालय सचिवलाई आफू बस्ने कुर्सी अगाडि सार्न लगाएका थिए । शुक्रबारबारको बैठकमा प्रधानमन्त्री ओली उपस्थित थिएनन् । नेकपाको माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नेताहरुले वि,रोध गरेपछि मन्ञ भित्तामा टाँसिएका दुई अध्यक्षका तस्बिर बैठकको बीचमै हटाएका थिए ।

६ महिनापछि बसेको स्थायी कमिटी बै,ठकलाई उपेक्षा गरेकोमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको आ,लोचना भएको छ । बुधबारबाट सुरु भएको बैठकमा शुक्रबार एजेन्डामाथि धारणा राख्ने क्रममा स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली अनुपस्थित भएकोमा आ,लोचना गरेका हुन् ।

नेपालको सी,मा स,मस्या र स,माधान, सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र सांगठनिक एकताको बाँकी काम सम्पन्न गर्ने र एमसिसीजस्ता राष्ट्रिय एवं पार्टी जीवनका दी,र्घकालीन महत्वका एजेन्डा केन्द्रित छलफल हुने दिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री अनुपस्थित भएकोमा सदस्यहरुको असन्तुष्टि थियो ।

स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, रघुवीर महासेठ, लिलामणि पाखेरल, भीम रावल, पम्फा भुसाललगायतका नेताहरुले बैठकमा प्रधामन्त्री ओली किन उपस्थित नभएको भन्दै प्रश्न उठाएका थिए । नेता शाक्यले प्रधानमन्त्री बिना बैठक खल्लो भएको भन्दै बैठक राख्नै नमान्ने राखेपछि भागेर हुन्छ भन्दै प्रश्न गरेकी थिइन् । उनले यसरी पार नलाग्ने बताएकी थिईन् । शाक्यले बैठकमा प्रधानमन्त्री उपस्थित नभएको भन्दै यो बैठक धुम्बाराहीमा राख्नुपर्ने माग गरकी थिइन् ।

नेता रावलले ‘प्रधानमन्त्री किन नआएको ? पछि आ,लोचना गर्‍यो भने सरकारको वि,रोध भयो भन्ने ?’भन्दै प्रश्न गरेका थिए । नेता महासेठले प्रधानमन्त्री बीना छलफलको के औचित्य भन्दै प्रधानमन्त्री चाहियो भनेर कुरा राखेका थिए ।

अधिकांश सदस्यहरुले बैठकमा प्रधानमन्त्री किन अनुपस्थित भन्ने प्रश्न गरेपछि महासचिव विष्णु पौडेलमार्फत् अध्यक्ष पुष्पकमल दाहालले कार्यव्यस्तताका कारण अनुपस्थित भएको र कुनै पनि बेला उपस्थित हुने बताएका थिए । त्यसपछि अध्यक्ष दाहालले बैठक सुरु गरेका थिए । बैठकको सुरुको दिन सात एजेन्डामध्ये दुई अध्यक्षको सम्बोधन पनि थियो । त्यसैअनुसार बुधबार सम्बोधन गरेका ओली शुक्रबार बालुवाटारमै भएर बैठकमा अनुपस्थित भएका हुन् । यसैलाई लिएर नेताहरुले बैठकलाई प्रधानमन्त्रीले उपेक्षा गरेको आरोप लगाए र आ,पत्ति जनाएका थिए ।

शुक्रबारको बैठकमा सदस्यले नेपालको सी,मा स,मस्या र समाधान केन्द्रित भएर बोलेका छन् । बैठकमा १८ स्थायी कमिटी सदस्यहरुले आफ्ना धा,रणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बुधबारको बैठकमा सरकार र पार्टी सञ्चालनका विषयमा अध्यक्षद्वय ओली र दाहालका फरक–फरक धारणा आएका थिए । सरकारको काम प्रभावकारी भएको प्रधानमन्त्रीको दा,वीमा वरिष्ठ नेता नेपालले आ,पत्ति जनाएका थिए । त्यसपछि बसेको बैठकमा ओली अनुपस्थित भएका हुन् । बैठकका लागि सात एजेन्डा तय भएका छन् ।

बैठक व्यवस्थित बनाउन बिहीबार अध्यक्षद्वय ओली र दाहाल तथा अध्यक्ष दाहाल र बरिष्ठ नेता नेपालबीच छलफल भएको थियो । दुवै बैठकमा पार्टी महासचिव पौडेल सहभागी थिए । बिहीबारको यो संवादपछि शुक्रबार बैठक अगाडि पनि अध्यक्षद्वय ओली र दाहालबीच भेट भएको थियो । सरकारको राम्रो कामको पार्टी नेताहरुले बचाउ र प्रचार नगरेको प्रधानमन्त्री एवं अध्यक्ष ओलीको गुनासो छ ।

बैठकको दोस्रो दिन भारतसँगको सी,मा वि,वादमा केन्द्रीत भएर छलफल भएको छ । बैठकमा नेपालको सी,मा स,मस्या सुल्झाउन भएका रा,जनीतिक एवं कु,टनीतिक प्रयासबारे सरकारका तर्फबाट परराष्ट्रमन्त्री एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी गराएका थिए । ज्ञवालीबाहेक अन्य सदस्यले भारतसँगको सीमा वि,वाद समाधानका लागि विभिन्न सु,झाव दिएका छन् ।

‘भारतसँगको सी,मासँग सम्बन्धित मु,द्दाहरुबारे छलफल भयो । यो छलफलमा १८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो विचार राख्नु भयो,बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘भारतद्वारा अ,तिक्रमित भूमि समेटेर सरकारले नक्सा जारी गर्नु सकारात्मक काम भएको र अब कुटनीतिक संवादबाट नै नेपालको अ,तिक्रमित भूमि प्राप्त गर्न पहल गर्नुपर्छ भन्ने सबै साथिहरुको जोड थियो ।

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।