अस्पतालको लापरवाहीले ज्या’न गु’माएका राजु सदाका परिवारलाई ५ लाख सहयोग…हेर्नुहोस् ।

धनुषा : अस्पतालको लापरवाहीले ज्या’न गुमा’उनु परेको धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई प्रदेश सरकारले ५ लाख रुपैयाँ सहयोग गर्ने घो’षणा गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी विज्ञप्ति नै जारी गरेर सार्वजनिक गर्नु भएको छ ।

विज्ञप्तिमा उल्लेख गरे अनुसार घट’नाको छान’बिन गर्न गठित समितिले काम सुरु गरिसकेको मन्त्री यादवले छान’बिनमा दो’षी देखिने जोकोहीलाई पनि कानून संगत कार’बाही गरिने स्पस्ट पार्नु भएको छ ।

प्रदेश सरकारले बिहीबार मात्र १६ वर्षीय राजु सदाको मृ¥त्युबारे छा’नबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छान’बीन समिति बनाएको थियो ।

जेठमा भारतबाट आएका राजुलाई गाउँकै क्वारेन्टाइनमै राखिएको थियो । १७ दिनसम्म क्वारेन्टाइनमै बसेपछि उनलाई झाडापखाला लाग्दा ट्रिपरमा बसाएर प्रादेशिक अस्पतालको गेटसम्म ल्याइएको थियो ।

त्यही उनको स्वाब संकलन गरिएको थियो । तर समयमै रिपोर्ट नआएका कारण उनले झाड़ा पखालाको समेत राम्रो ऊ’पचार पाएनन र सोमवार मृ’त्यु भएको थियो ।

यस विषयमा प्रदेशिक अस्पतालले एउटा विज्ञप्ति जारी गरेर सरकारलाई मृ’त्यु वारे प्रष्ट पारे पनि स्थानीय र मृ’तक परिवारले भने डा‘क्टरको वयानमा सत्यता न रहेको आ’रोप लगाएका छन ।

मृ’त्यु पूर्व खिचिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल नै भएको छ । त्यस भिडियोमा अस्पतालको कुनै डा’क्टर र अस्पताल प्रशासनको उपस्थिति न देखिएको भन्दै लामो समय सम्म छटप’टीदा समेत अस्पतालमा उक्त समयमा कोही हेरचाह गर्न उपस्थित न भएको स्पस्ट देखिन्छ । NEWS24 NEPAL

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।